पर्यटन
नेपाली विकिपीडियाबाट
पोखरा, नेपालको लोकप्रिय पर्यटकीयस्थल
व्यापार, मनोरञ्जन वा रमाइलोका लागि गरिने यात्रालाई पर्यटन भनिन्छ। विश्व पर्यटन संगठनको परिभाषा अनुसार पर्यटकले "आफ्नो सामान्य परिवृत्ति बाहिर, चौबीस (२४) घण्टाभन्दा बढी तर एक क्रमागत वर्षभन्दा कम समय, मनोरञ्जन, व्यापार र त्यस ठाउँमा आयश्रोत हुने क्रियाकलाप बाहेक अरू उद्देश्यका लागि यात्रा गरि बस्ने" मान्छेलाई जनाउँछ।[१] विश्व समाजमा पर्यटन एक लोकप्रिय फुर्सदको मनोरञ्जनात्मक क्रियाकलाप भएको छ। सन् २००७ मा, ९० करोड ३० लाखभन्दा बढी अन्तराष्ट्रिय पर्यटकको आगमन भएको थियो, जुन सङ्ख्या २००६ को भन्दा ६.६% बढी हो। २००७ को अन्तराष्ट्रिय पर्यटन आय ८५६ अरब थियो।[२]
सन्दर्भ [सम्पादन गर्ने]
- ↑ "UNWTO technical manual: Collection of Tourism Expenditure Statistics" (PDF), 1995, pp. 14
- ↑ "UNWTO World Tourism Barometer June 2008" (PDF), June 2008Volume 6 No. 2
| This लेख has not been added to any categories. Please help out by adding categories to it so that it can be listed with similar लेखs. (फेब्रुअरी २०१२) |