पर्यटन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
काठमाडौंको स्वयम्भूनाथ, विश्वसम्पदामा रहेको नेपालको एक पर्यटकीयस्थल
पोखरा, नेपालको लोकप्रिय पर्यटकीयस्थल

व्यापार, मनोरञ्जन वा रमाइलोका लागि गरिने यात्रालाई पर्यटन भनिन्छ। विश्व पर्यटन सङ्गठनको परिभाषा अनुसार पर्यटकले "आफ्नो सामान्य परिवृत्ति बाहिर, चौबीस (२४) घण्टाभन्दा बढी तर एक क्रमागत वर्षभन्दा कम समय, मनोरञ्जन, व्यापार र त्यस ठाउँमा आयश्रोत हुने क्रियाकलाप बाहेक अरू उद्देश्यका लागि यात्रा गरी बस्ने" मान्छेलाई जनाउँछ।[१] विश्व समाजमा पर्यटन एक लोकप्रिय फुर्सदको मनोरञ्जनात्मक क्रियाकलाप भएको छ। सन् २००७ मा, ९० करोड ३० लाखभन्दा बढी अन्तराष्ट्रिय पर्यटकको आगमन भएको थियो, जुन सङ्ख्या २००६ को भन्दा ६.६% बढी हो। २००७ को अन्तराष्ट्रिय पर्यटन आय ८५६ अरब थियो।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "UNWTO technical manual: Collection of Tourism Expenditure Statistics" (PDF), World Tourism Organization, १९९५, पृ: 14, अन्तिम पहुँच २००९-०५-०६  वेब्याक मेसिन अभिलेखिकरण २०१०-०९-२२ मिति
  2. "UNWTO World Tourism Barometer June 2008" (PDF), en:World Tourism Organization, June २००८, अन्तिम पहुँच २००८-०८-०१  |month= प्यारामिटर ग्रहण गरेन (सहायता)Volume 6 No. 2

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]