नेपालगञ्ज नगरपालिका

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
नेपालगञ्ज नगरपालिका
[[Image:{{{तस्वीर}}}|335px]]
स्थापना : २०१७ साल
अञ्चल: भेरी अञ्चल
जिल्ला: बाँके जिल्ला
क्षेत्रफल: -
जनसंख्या: - वडा संख्या: -
भौगोलिक अवस्थिति: तराई प्रदेश
मेयर:  ??
टेलिफोन कोड: --
वेबसाईट: -
 हे  वा  सं 
नेपालका नगरपालिकाहरू
पूर्वाञ्चल
मेची: फुङलिङ, फिदिम, इलाम, भद्रपुर, मेचीनगर, दमक, बिर्तामोड
कोशी: बिराटनगर उपमहानगरपालिका, उर्लाबारी, धरान, इनरूवा, इटहरी, धनकुटा, खाँदवारी, म्याङ्लुङ, भोजपुर
सगरमाथा: राजविराज, लहान, सिराहा, त्रियुगा, दिक्तेल कटारी, रामनगर-मिर्चैया
मध्यमाञ्चल
जनकपुर: जनकपुर, जलेश्वर, मलंगवा, कमलामाई, दोलखा भीमेश्वर, निगौर-गौशाला, हरिवन, मन्थली
बागमती: काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका, भक्तपुर, कीर्तिपुर, मध्यपुर ठिमी, बनेपा, धुलिखेल,पनौती, बिदुर, पाँचखाल, शंखरापुर, कार्यविनायक, चम्पापुर, चौतारा, निलकण्ठ
नारायणी: भरतपुर, रत्ननगर, हेटौंडा, बीरगञ्ज उपमहानगरपालिका, गौर, कलैया, चन्द्रनिगाहपुर, जितपुर
पश्चिमाञ्चल
गण्डकी: पोखरा उपमहानगरपालिका, लेखनाथ, गोरखा, व्यास, पुतलीबजार, वालिङ, लमजुङ
लुम्बिनी: रामग्राम, बुटवल, सिद्धार्थनगर, तौलिहवा,तानसेन, तम्घास, सन्धिखर्क
धवलागिरी: कालिका, कुस्मा, बेनी
मध्यपश्चिमाञ्चल
राप्ती: त्रिभुवननगर तुलसीपुर, खलंगा, सल्यान
कर्णाली: चन्दननाथ
भेरी: नेपालगञ्ज, गुलरिया, वीरेन्द्रनगर,नारायण, कोहलपुर, राजापुर
सुदुरपश्चिमाञ्चल
सेती: धनगढी, टीकापुर, दिपायल सिलगढी, चैनपुर
महाकाली: महेन्द्रनगर, अमरगढी, दसरथचन्द
 हे  वा  सं 

नेपालगञ्ज मध्य-पश्चिमाञ्चल विकासक्षेत्रको भेरी अञ्चलको बाँके जिल्लामा पर्ने नेपालको एक प्रमुख सहर हो। भारतको रूपेडिया सिमाना नजीक पर्ने यो सहर दुई देश बिचको ब्यापार सम्बन्धका कारणले पनि महत्वपूर्ण छ।

यो सहर पूर्व-पश्चिम राजमार्गको कोहलपुर चोकबाट १६ किलोमिटर दक्षिणमा पर्दछ। सहरको बिच भागमा बिरेन्द चोक छ। त्यस्तै धम्बोजी, त्रिभूवन-चोक, बी.पी. चोक यहाँका ब्यापारिक केन्द्र हो।

नेपालको पश्चिमी भेगको लागि यो सहर यातायात र आर्थिक कारोबारका हिसाबले महत्वपूर्ण केन्द्र हो। यहाँ नेपाल राष्ट्र बैङ्क लगायत थुप्रै बाणिज्य र विकास बैङ्कहरूका शाखा छन्।

यो सहर समुद्री सतह भन्दा १५० मिटर माथी रहेको छ। यो सहर नेपालका सबैभन्दा धेरै गर्मी हुने सहरहरू मध्येको एक हो। गर्मी मौसममा यहाँको वायुको तापक्रम ४२ डिग्रि सेल्सियस सम्म पुग्दछ। मध्यपश्चिमाञ्चल विकास क्षेत्रको प्रमुख व्यापारिक केन्द्र हो।

विषयसूची

संस्कृति [सम्पादन गर्ने]

यो सहर संस्कृतिक र धार्मिक दृस्टिकोणले निक्कै नै विभिधतापूर्ण छ। यहाँका बासिन्दाहरू हिन्दू, मुसलमान, बौद्ध लगायत अरू थुप्रै धर्ममा आस्था राख्दछन्। त्यस्तै, यहाँका बासिन्दाहरू विभिन्न सम्प्रदाय, जात-जाती र मूलका छन्। यो सहर नेपालको शान्तिपूर्ण बहूसांस्कृतिक सहर हो र यहाँका मानिसहरू एकआपसमा निक्कै सौहार्दपूर्ण वातावरणमा बस्दछन्।

तर ६३ सालमा मधेसी र पहाडियाहरू बिच दङ्गा भड्किँदा एकको मृत्यु र दर्जनौ धाईते भए। यस घटनाले पहिलोपटक नेपालगँञ्जका बिभिन्न जात-जाती बिच शान्ति कायम छ भन्ने धारणालाई गलत बनाईदियो।

सहरको मध्यभाग नजीक रहेको बागेश्वरी मन्दिर निक्कै प्रशिद्ध हिन्दू स्मारक हो। यस मन्दिर प्राङ्गण नजीकै रहेको पोखरिको बिचमा जुङ्गे महादेवको मुर्ती रहेको छ। यस मुर्तीमा महादेवको जुङ्गा छ, जुन अनौठो कुरा हो। पर्यटकीयस्थल महेन्द्रपार्क तथा सानो चिडियाखाना र रानीतलाउको आकर्षण बोकेको नेपालगञ्ज नगरपालिकामा १० हजार ५ सय ९२ घरधुरी संख्या छ।

नगर प्रशासन [सम्पादन गर्ने]

विक्रम सम्बत् २०१७मा स्थापित नेपालगञ्ज नगरपालिकामा अहिलेसम्म १० नगर पिताले कार्यभार सम्हालिसकेका छन्। नगरप्रमुखको रूपमा प्रतिनिधित्व गरेकामा क्रमशः मूलचन्द्र आजाद (स्वर्गीय), कृष्णजङ्ग शाह (स्वर्गीय), गीता राणा, नेमबहादुर शाक्य (स्वर्गीय), पूर्णमान आजाद, महावीरप्रसाद गुप्ता (स्वर्गीय), सफिक अहमद सिद्धिकी (स्वर्गीय), विजयकुमार गुप्ता, धवलशम्शेर राणा र रमेश अर्याल हुनुहुन्छ।

तस्बीर सङ्ग्रह [सम्पादन गर्ने]

यो पनि हेर्नुहोस् [सम्पादन गर्ने]