लखनऊ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लखनऊ
लखनऊ
लखनावती, लखनौती, लखनपुर
لکھنؤ
महानगर
सरकार
 • महापौरडा॰ दिनेश शर्मा
जनसङ्ख्या
 (2006)
 • जम्मा४,८७५,८५८
वेबसाइटlucknow.nic.in

लखनऊ (उच्चारण/ˈlʌknaʊ/; उर्दु: لکھنؤ, Lakhnaū, IPA: [ˈləkʰna.uː] ( ) भारतको राज्य उत्तर प्रदेशको राजधानी हो । यस शहरमा, लखनऊ जिल्ला तथा लखनऊ मण्डलको प्रशासनिक मुख्यालय पनि छ । लखनऊ शहर आफ्नो खास नजाकतर तहजीब वाला बहुसांस्कृतिक खूबीकोको लागि जानिन्छ । सन् २००६ मा यसको जनसङ्ख्या २,५४१,१०१ तथा साक्षरता दर ६८.६३% थियो ।[१] कानपुर पछि यो शहर उत्तर-प्रदेशको सबैभन्दा ठुलो शहर हो । शहरको बीचबाट गोमती नदी बहन्छ, जुन्स् लखनऊको संस्कृतिको हिस्सा हो ।

लखनऊ त्यस क्ष्रेत्रमा स्थित छ जसलाई ऐतिहासिक रूपले अवध क्षेत्रको नामले जानिन्थ्यो । लखनऊ सधै एक बहुसांस्कृतिक शहर रहेको छ । यहाँको शिया नवाबद्वारा शिष्टाचार, खूबसूरत उद्यान, कविता, सङ्गीत तथा राम्रो व्यन्जनलाई सधै संरक्षण दिएको थियो । लखनऊलाई नवाब को शहर को रूपमा पनि जानिन्छ।[२] यसलाई पूर्वको स्वर्ण शहर (गोल्डन सिटी) तथा शिराज-ए-हिन्द को रूपमा जानिन्छ ।[३] आजको लखनऊ एक जीवन्त शहर हो जसमा एक आर्थिक विकास देखिन्छ र यो भारतको तेज बढ्ने गैर-महानगरको शीर्ष पन्द्रहमध्ये एक हो ।[४] यो हिन्दीउर्दू साहित्यको केन्द्रमध्ये एक हो । यहाँ अधिकाङ्श मानिस हिन्दी बोल्छन् । यहाँको हिन्दीमा लखनवी अन्दाज छ, जुन विश्वप्रसिद्ध हो । यस बाहेक यहाँ उर्दू तथा अंग्रेजी पनि बोलिन्छ ।

इतिहास[सम्पादन गर्नुहोस्]

लखनऊको बरा इमामबाडबाट लिइएको एक विहंगम दृष्य, १८५८ ई०

लखनऊ प्राचीन कोसल राज्यको हिस्सा थियो । यो भगवान रामको विरासत थियो जसलाई उनले आफ्नो भाइ लक्ष्मणलाई समर्पित गरिदिएका थिए ।[५] अत: यसलाई लक्ष्मणावती, लक्ष्मणपुर या लखनपुरको नामले पनि जानियो, जुन पछि नाम बदलेर लखनऊ भयो । यहाँबाट अयोध्या पनि मात्र ८० मील दूरी मा स्थित छ ।[५] एक अन्य कथा अनुसार यस शहरको नाम, 'लखन अहीर' जो 'लखन किले' को मुख्य कलाकार थिए, को नाम मा राखिएको थियो । लखनऊको वर्तमान स्वरूपको स्थापना नवाब आसफुद्दौलाले १७७५ ई. मा गरेका थिए । अवधको शासकहरूले लखनऊलाई आफ्नो राजधानी बनाएर यसलाई समृद्ध गरे । तर त्यसपछिको नवाब विलासी र निकम्मे सिद्ध भए । यी नवाबको काहिल स्वभावको परिणामस्वरूप आगोमा चलेर लर्ड डलहौजीले अवधको बिना युद्ध नै अधिग्रहण गरेर ब्रिटिश साम्राज्यमा मिलाइयो । १८५० मा अवधको अन्तिम नवाब वाजिद अली शाहले ब्रिटिश अधीनता स्वीकार गरे । लखनऊको नवाबहरूको शासन यस प्रकार समाप्त भयो।[५]

सन् १९०२ मा नार्थ वेस्ट प्रोविन्सको नाम बदलेर यूनाइटिड प्रोविन्स अफ आगरा एण्ड अवध गरियो । साधारण बोलचालको भाषामा यसलाई यूनाइटेड प्रोविन्स या यूपी भनिन्छ । सन् १९२० मा प्रदेशको राजधानीलाई इलाहाबादबाट बदलेर लखनऊ बनाइयो । प्रदेशको उच्च न्यायालय इलाहाबाद नै बनिरहयो र लखनऊमा उच्च न्यायालयको एक खंडपीठ स्थापित गरियो । स्वतन्त्रता पछि १२ जनवरी सन् १९५० मा यस क्षेत्रको नाम बदलेर उत्तर प्रदेश राकियो र लखनऊ यसको राजधानी भयो । यस प्रकार यो अफ्नो पूर्व लघुनाम यूपीसग जोडि रहयो । गोविन्द वल्लभ पन्त यस प्रदेशको प्रथम मुख्यमन्त्री बने । अक्टोबर १९६३ मा सुचेता कृपलानी उत्तर-प्रदेश एवं भारतको प्रथम महिला मुख्यमन्त्री बनिन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. आइडेन्टिफिकेशन अफ माइनौरिटी कन्सन्ट्रेशन डिस्ट्रिक्ट्स पब्लिक इन्फोर्मेशन ब्यूरो
  2. first= (२० जून), "लखनऊ फेमस फर नवाब्स" (एचटीएमएल) (अंग्रेजीमा), आईबीबो . कॉम, पृ: ०१।  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता); |accessmonthday= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. first= (२० जून), "लखनऊ न्यूज" (एचटीएमएल) (अंग्रेजीमा), इन्डियाज न्यूज़, पृ: ०१।  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता); |accessmonthday= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २००८-१२-०९ मिति
  4. फास्टेस्ट ग्रोइंग सिटीज़ (१ टू १००) | सिटी मेयर्स स्टैटिस्टिक्स |
  5. ५.० ५.१ ५.२ first= (२० जून), "हिस्टोरिक सिटी लखनऊ" (एचटीएमएल) (अंग्रेजीमा), राष्ट्रीय सूचना केन्द्र, पृ: ०१।  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता); |accessmonthday= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २००८-०४-०७ मिति
  6. पब्लिक इन्फोर्मेशन ब्यूरो
  7. लखनऊका इतिहास वेब्याक मेसिन अभिलेखिकरण २००८-०४-०७ मिति