गुवाहाटी
गुवाहाटी सहरको दृश्य |
|
| महादेश(Continent)को नाम: | एसिया |
|---|---|
| देशको नाम: | भारत |
| राज्यको नाम: | आसाम |
| ऐतिहासिक नाम: | गौहाटी |
| जिल्ला: | कामरूप जिल्ला |
| प्रशासन: | मेयर |
| प्रमुख प्रशासक: | डाली बोरा |
| भाषा: | आसामी, हिन्दी, बोडो |
| जनसंख्या: | ८०८,०२१ |
| जनघनत्व: | ३९३५ |
| ईन्टरनेट TLD: | www.guwahatimunicipalcorporation.com |
| क्षेत्रीय टेलिफोन कोड : | (91)361 |
| हुलाक कोड(Postal Index No.): | 781XXX |
| गाडीको प्लेट संख्या(Vehicle No.): | एस 01 |
गुवाहाटी असम राज्यको राजधानी हो। ब्रह्मपुत्र नदीको किनारमा बसेको यो सहर, पूर्वोत्तर भारतको मुख्य सहर हो। प्राचीन हिंदू मंदिरहरूको दर्शनार्थ धेरै मानिसहरू यहाँ आउने गर्छन्। पिकक आइलैंडमा बनेको सुन्दर शिव मंदिर पनि आकर्षणको केन्द्र हो।
विषयसूची |
[सम्पादन गर्ने] स्मारक एवं दर्शनीय स्थल
[सम्पादन गर्ने] कामाख्या मंदिर
देशक अन्य मंदिरको जस्तै यस मंदिरको पनि आफ्नै महत्व छ। भनिन्छ कि सती पार्वतीले आफ्ना पिताद्वारा आफ्नो पति, भगवान शिवको अपमान गर्दा हवन कुंडमा हाम फालेर ज्यान दिएकिइ थिइन्। भगवान शिव आउन केही ढिलो भयो, तब सम्ममा उनकी अर्धांगिनीको शरीर जलीसकेको थियो। उनले सतीको शरीर आगाबाट निकाले र तांडव नृत्य आरंभ गरे। अन्य देवतागण उनको नृत्य चाहन्थे, अत: उनीहरूले भगवान विष्णुसित शिवलाई मनाउने आग्रह गरे। भगवान विष्णुले सतीको शरीरलाई ५१ वटा टुकुरा पारी दिएपछि मात्र भगवान शिवले नृत्य रोके। भनाई छ कि सतीको योनि (सृजक अङ्ग) गुवाहाटीमा खस्यो। यो मंदिर देवीको प्रतीकात्मक ऊर्जाको रूपमा समर्पित भएको हो।
गुवाहाटीदेखि 7 कि.मी. टाडा पश्चिमपटि नीलाचल हिलमा स्थित यो मंदिर आसामको वास्तुकलाको एक उदाहरण हो, जसको गजुर मौरीको चाका जस्तो छ। यहाँ देवीलाई बोकाको बलि दिइन्छ।
यहाँ धार्मिक श्रद्धा र विश्वासपूरवक मुख्य रूपले दुई पर्व मनाइन्छन्। जून/जुलाई महिनाको अंतमा पृथ्वीको मासिक चक्रको समाप्तिमा अम्बूची पर्वको आयोजन गरिन्छ। सेप्टेम्बरमा मनासा पर्वको बेला श्रद्धालुहरू पारंपरिक वेशभूषामा नृत्य गरेर देवीसित बर माग्नेगर्छन्।
[सम्पादन गर्ने] नवग्रह मंदिर
चित्राचल हिलमा स्थित यो मंदिर नवग्रहहरूलाई समर्पित छ, किनभनें देशमा नवग्रहको धेरै विश्वास गरिन्छ। यो मान्यता छ कि ग्रहले मानिसहरूको भाग्यलाई प्रभावित गर्छ।
[सम्पादन गर्ने] उमानन्द मंदिर
नदीको बीचमा पिकक हिलमा स्थित यो एक सुंदर मंदिर हो। भगवान शिवको यस मंदिरहको निर्माण 1594मा भएको थियो। यस मंदिरमा नाउबाट जानुपर्छ, जो बिहान 7.00 बजे देखि बेलुकी 5.30 बजे सम्म चल्छ।
[सम्पादन गर्ने] वशिष्ठ आश्रम
यो आश्रम वशिष्ठ मुनिको स्मृतिम बनिएको हो, जो एक प्रसिद्ध सन्त र विचारक थिए। उनले महान धर्मग्रंथ रामायणको रचना गरेका थिए।
[सम्पादन गर्ने] असम जू एवं बोटानिकल गार्डन्स
आसामको चिड़ियाघरमा धेरै प्रकारका जानवरहरू र पक्षीहरू देख्न पाइन्छ।
[सम्पादन गर्ने] हाजो
कसै-कसैको भनाई अनुसार गुवाहाटीदेखि 27 कि.मी. टाडा हाजो नामक स्थानमा नैं भगवान बुद्धले निर्वाण प्राप्त गरेकाथिए।
[सम्पादन गर्ने] पाव मक्का मस्जिद
"पाव"को अर्थ हुन्छ "एक चौथाई" - र यस्तो विश्वास छ कि यो मस्जिद मक्का स्थित मुख्य मस्जिदको एक चौथाईको बराबर पवित्र छ।