श्रीराम अवतार

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
राम
देवनागरी राम
संस्कृत राम:
वर्ग: देवता, विष्णुको अवतार
वासस्थान: अयोध्या
मन्त्र: जय श्री राम
अश्त्र: धनुष
जीवनसाथी: सीता
यस शृंखलाको एक भाग

हिन्दू धर्म

Aum

इतिहास · देवी-देवता
मूल्यवर्ग
पुराण

आस्था र विश्वास

दर्शन शास्त्र · धर्म
अर्थ · काम · मोक्ष
कर्म · संसार
योग · भक्ति · माया
पूजा · मन्दिर

वेद · उपनिषद
रामायण · महाभारत
भागवद् गीता · पुराण
धर्म शास्त्र · अन्य

सम्बन्धित विषयहरू

हिन्दू बसोबास भएका देशहरू
हिन्दू गुरु र सन्त
धर्म-सुधार · आलोचना
पञ्चाङ्ग · हिन्दू रीति-रिवाज
आयुर्वेद · ज्योतिष
चाडपर्व · शब्दावली पीडा उत्पीडन

यस बाकसलाई: हेर्नुहोस्  संवाद  सम्पादन

राम (रामचन्द्र), प्राचीन भारतमा जन्मिनु भएको, एक महापुरुष हुनुहुन्थ्यो। हिन्दू धर्ममा, राम, विष्णुको १० अवतारहरू मध्ये एक अवतार हुन। रामको जीवनकाल र पराक्रम, महर्षि वाल्मिकि द्वारा रचित, संस्कृत महाकाव्य रामायणको रूपमा लेखिएको छ। उहाँको विषयमा तुलसीदासले भक्ति काव्य श्री रामचरितमानसको रचना गर्नु भएको थियो। विशेष रूपले उत्तर भारत र नेपालमा राम धेरै पूज्यनीय मानिनु हुन्छ। रामचन्द्र हिन्दुत्ववादिहरको पनि आदर्श पुरुष हुनुहुन्छ।

राम, अयोध्याको राजा दशरथ र रानी कौशल्याको सबै भन्दा जेठो पुत्र हुनुहुन्थ्यो। रामकी पत्नीको नाम सीता थियो (जुन लक्ष्मीको अवतार मानिनु हुन्छ) र उहाँको तीन भाइ थिए, लक्ष्मण, भरत र शत्रुघ्न। हनुमान, भगवान रामको, सबै भन्दा ठूलो भक्त मानिनु हुन्छ। रामले राक्षस जातिको राजा रावणको वध गर्नुभयो। हिन्दू धर्मको कयौँ चाहाड पर्व, जस्तै दसैंतिहार, रामको जीवन-कथा सँग जोडिएको छ।

छोटकरी श्रीरामकथा[सम्पादन गर्ने]

आदौ राम तपो वनादी गमनम् हत्वा मृगा कञ्चनम्। वैदेवी हरणम् जटायु मरणम् सुग्रिव सम्भाषणम्॥ बाली निर्दलनम् समुद्र तरणम् लंका पुरी दाहनम्। पश्चाद्रावण कुम्भकर्ण हननम् यत्वात रामायणम्॥

जन्म[सम्पादन गर्ने]

भगवान श्रीरामको जन्म आधुनिक भारतमा पर्ने अयोध्या शहरका राजा दशरथको घरमा जेष्ठ पुत्रको रूपमा भएको थियो। रामायणका अनुशार भगवान विष्णुले आफ्ना सोह्रै कलाहरू राजा दरशथको घरमा अलग अलग रूपले श्रीराम (13 कला), लक्ष्मण (2 कला), भरतशत्रुधन क्रमशः एक एक कलामा विभाजीत गरेर चारवटा पुत्रको रूपमा जन्म लिएका थिए। ती मध्य सबै भन्दा जेठा श्रीराम जसलाई राम, रघुनाथ, राघव, रघुपति, रामचन्द्र आदी अलग अलग नामले चिनिन्छ। मर्यादा पुरुष श्रीराम पितृ बचन मान्नेहरूमा एक हुन्। उनकी माताको नाम कौशल्या थियो। राजा दशरथलाई धेरै दिन सम्म कुनै सन्तान नभएका कारण गुरु बशिष्ठको आज्ञानुशार पुत्रेष्ठी यज्ञा गराएका थिए। त्यसपछी राजा दशरथकी तिनवटी रानीहरूबाट चारवटा छोरा जन्मेका थिए।[१]

शिक्षा तथा विवाह[सम्पादन गर्ने]

भगवान श्रीराम र उनका भाइ लक्ष्मणलाई गुरु विश्वामित्रले प्राचिनकालको धनुर्विद्या सिखाएका थिए। पढ्नको लागि राम र लक्ष्मण दुवै भाइ गुरुको आश्रममा नै गएका थिए। यो बिचमा विश्वामित्र ऋषीले राम लक्ष्मणलाई धनुर्वदका साथै राजपाठ सम्बन्धीको ज्ञान पनि सिकाएका थिए। यसका साथै गुरुले दुवै भाईलाई विभिन्न तिर्थस्थानका साथै धेरै नगर, गाँउ तथा जंगलमा रहेका आश्रमहरूको सैर गराएका थिए। यसै गरी घुम्ने क्रममा एक दिन विश्वामित्रलाई मिथल्ला (जनकपुर)का राजा जनककी पुत्री सीताको सयम्वर हुन लागेको थाह भयो। तत्पश्चात विश्वामित्रले दुवै राजकुमारहरूलाई जनकपुर धाम लिएर गए। जानकीको सयंबरको तयारी पुरा शहर भर भैरहेको थियो। जनकपुर पुरा शहरमा खुसियाली थियो। शहरको चारै तिर मंगल वाद्यको धुन गुंजीएको थियो। पुरा शहर भरी नर्तक नर्तकीहरू आफ्नो आफ्नो कला प्रदर्शन गर्दै थिए। राजा जनकको दरबारको प्रांगणमा विवाह मण्डम तथा सयंबर स्थल सजाइएका थिए। पृथ्वी भरीका राजकुमारहरू त्यहाँ जम्मा भएका थिए। विश्वामित्रले राम लक्ष्मण राजकुमार भएको र उनीहरू पनि सयंवरमा भाग लिन आएको खबर राजा जनकलाई दिए। अरु राजकुमार जस्तै राम लक्ष्मणको पनि सम्मानका साथ स्वागत गरियो। केही छिन सयंवरको मुहुर्त सुरु भयो राजा जनकको पूजा कोठामा रहेको शिव धनुषलाई जानकीले मात्र सयंवर स्थलमा ल्याएर राखे। त्यसपछी राजा जनकले शिव धनुषको बारेमा सबैलाई जानकारी दिदै धनुष उठाउन जानकीले मात्र सकेकी छन् त्यसकारण जो पुरुषले यो धनुषमा ताँदो चढाएर बाण चलाउँछ त्यसै पुरुषलाई सीताले वरमाला पहिराउने कुरा घोषणा गरे। घोषणा सुनेर सबै वीरहरूले आफ्नो आफ्नो बल अजमाए तर धनुषलाई डगाउन पनि कसैले सकेन। त्यसपछी विश्वामित्रले रामलाई धनुष चलाउने आज्ञा दिए। गुरुको आज्ञा पाएर श्रीरामले धनुष उचालेर ताँदो चढाउन लाग्दा धनुष भाँचिएर तिन टुक्रा भयो। यो देखेर परशुरामलाई आफ्नो गुरुको धनुष भाँचेकोमा राम माथी धेरै रिश उठ्यो। उनी रामलाई मार्न अगाडी सरे। लक्ष्मणले परशुरामलाई रोक्ने प्रयास गरे यो बिचमा लक्ष्मण र परशुरामको ठुले विवाद पनि भयो तर रामले दुवैलाई शांत गरेर परशुरामको शक्ति खिचेर आफुले लिए। तब परशुराम शांत भएर भगवान श्रीरामको गुण गाउदै आश्रम तिर गए। त्यसपछी जानकीले श्रीरामलाई बरमाला पहिराईन्। राम बिवाह सम्पन्न भयो। केही दिन मिथिल्लामा बिताएपछी राजा जनकले राम लक्ष्मण र सितालाई सम्मानका साथ विधाई गरे।

त्यसपछी राम, सिता, र लक्ष्मण अयोध्या नगरीमा फर्किए।

वनवास[सम्पादन गर्ने]

एक दिन राजा दशरथले श्रीरामलाई अयोध्याको राजपाठ सुम्पने बिचारले आफ्ना मन्त्रीगण, गुरु बशिष्ठ, र अन्य भद्र भलादमीहरूसँग आफ्नो जिज्ञासा राखे। सबैले राजा दशरथको योजनामा समर्थन दर्शाए। अयोध्यामा श्रीरामलाई राज्याभिषेकको तयारी गरियो पुरा शहर नै खुसमाय थियो। राज्यका जनताहरूलाई तिनै लोकका मालिक भगवान श्रीराम आफ्नो राजा हुने भएकाले खुसी थिए। यसै बेला श्रीरामकी सौते आमा कैकयीकी दासी मन्थराले कैकयीलाई उल्टो मति सिखाएर रामलाई वनवास पठाइ आफ्नो छोरा भरतलाई अयोध्याको राजपाठ सुम्पने आग्रह राजासँग गर्नु पर्ने सल्लाह दिई। कैकयीले पहिले त यसो गर्न मानिन् तर मन्थराले मिठा मसिना कुराको मोह जाल फिजाईँ। तब कैकयीले पनि राजा दशरथलाई आफ्नो पहिलेको दुईवटा वरदान यतिखेर भरतलाई राजा बनाउनु पर्ने र रामलाई 14 बर्षकोलागी वनवासमा पठाई पुरा गर्ने आग्रह गरिन्। राजा दशरथलाई स्वर्गको युद्धमा कैकयीले ठूलो सहयोग पुराएकी थिईन्। त्यसैबेला राजा दशरथले कैकयीलाई मागे बमोजिम दुईवटा वर दिने वाचा गरेका थिए। कैकयीले पनि आवश्यक परेका बेला म आफै मागौला भनेकी थिईन्। कैकयीले राजा दरशथलाई त्यो वरहरू अब पुरा गर्ने आग्रह गरेकाले राजा दशरथको भित्री मनले नमाने पनि बाहिर मुखले रामलाई 14 बर्षको वनवासमा जानु पर्ने र 14 वर्ष सम्म भरत अयोध्याका राजा बनाईने घोषणा गरे। भगवान श्रीरामले पनि पिताको आज्ञा मानेर 14 वर्ष वनवास जाने निर्णय गरे। रामको साथमा लक्ष्मणले र सीताले पनि वनवास जाने निर्णय गरे। भोलिपल्ट राम, सीता, र लक्ष्मण वनवासको लागि गए। राजा दशरथको यसै चिन्ताम मृत्यु भयो। त्यसबेला भरत आफ्नो मामाघर गएका थिए। उनी अयोध्या आएर सबैकुरा थाह पाए। भरत रामलाई फर्काउने प्रयासमा वनमा गए तर रामले पृती बचन पुरा नगर्दा सम्म अयोध्या न फर्कने निर्णय गरे। गुरु बशिष्ठले भरतलाई राम साधारण मानिस नभएर ईश्वरका अवतार हुन्। रामले यो 14 बर्षमा धेरै कामहरू गर्नु छ। भनि सम्झाए। त्यसपछी भरत रामको पूजा गर्न निमित्त एक जोडी खराउ लिएर अयोध्या फिर्ता भए। भगवान श्रीरामले सीता र लक्ष्मण सहित वनवासमा ऋषीहरूका आश्रम र धेरै जंगलहरूको सैर गरे। अन्तमा उनिहरूले पञ्चवटीमा गएर आफ्नो कुटी बनाएका थिए।[२]

सीता हरण[सम्पादन गर्ने]

राम, सीता र लक्ष्मण पञ्चवटीमा बसिरहेको बेला एक दिन उनीहरूको आश्रममा आधुनिक श्रीलंकाका तत्कालीन् राजा लंका पति रावणकी बहिनी सुपर्नखा आएर राम लक्ष्मणसँग विवाह गर्ने आग्रह गर्न लागी। राम, लक्ष्मणले धेरै सम्झाए तर सुपर्नखाले आफ्नो जिद्दी न छोडेकाले लक्ष्मणले रिसाएर उसको साथमा रहेको भाईलाइ मारी सुपर्नखाको नाख काटेर पठाएका थिए। सुपर्नखाले आफ्नो सबै हाल बताई। यो देखेर रावणलाई राम लक्ष्मणमाथी रिस उठ्यो। रावणले आफ्ना 2 जना मुख्य मन्त्रीहरू खर र दुषणलाई राम र लक्ष्मणहरूको बध गर्न निमित्त पठायो। खर र दुषण आफ्नो पुरा सेनाको साथ राम लक्ष्मण भएको ठाउँ गएर युद्ध गरे तर रामले खर दुषण दुवैलाई मारिदिए। यसैले श्रीरामलाई "खरारी" पनि भनिएको छ। यो थाह पाएर रावणले मायावी दानव मारिचीलाई राम लक्ष्मणसँग छलकपट गर्न पठायो। मारिच रावणको आज्ञानुसार रामको कुटी नजीकै गएर सुनौलो मृगको रूप धारण गरी चर्नलाग्यो। यो देखेर सीताले श्रीरामलाई त्यो मृग ल्याउने आग्रह गरीन्। श्रीरामले सीतालाई धेरै सम्झाए तर सीताले आफ्नो जिद नछोडेकाले लक्ष्मणलाई सीताको रक्षा निमित्त कुटीमा छोडेर आफू त्यो मृगको पछि लागे। केही छिनमै रामले मारिचलाई मारे। मारिच मर्दा रामको जस्तै आवाज निकालेर "भाई लक्ष्मण म मरेँ" भन्यो यो आवाज कुटीमा रहेका लक्ष्मण र सीताले सुने। लक्ष्मणले सीतालाई यो राक्षसहरूको चाल हो भनेर धेरै सम्झाए तर सीताले लक्ष्मणलाई रामको खोजीमा जान बाद्य गरिन्। लक्ष्मण लाचार भएर रामको खोजीमा गए। त्यसैबेला रावणले महात्माको भेषमा सीताको कुटीमा गएर सीता हरण गरेको थियो। रावणले आफ्नो पुष्पक विमानमा राखेर लंका तर्फ लैजाँदै गरेको बेला जटायु नामका गिद्धले उसलाई रोक्न खोजेका थिए तर रावणले आफ्नो तरवारले जटायूको पखेटा काटि दिएकोमा जटायु जमीनमा झरे। सीताले आफ्ना गहनाहरू फुकालेर जमीनमा खसालिन्। गहनाहरू त्रीकुट गिरीमा शभा गरिरहेका बाँदरहरूले भेटाए बानर राज सुग्रीवले हनुमानलाई गहनाहरू सुरक्षीत ठाउँमा राख्न लगाए।

सीताको खोजी[सम्पादन गर्ने]

रावणले सीताको हरण गरेर लंकाको अशोक बाटीकामा राखेको थियो। यता राम लक्ष्मण दुवै भाईहरू कुटीमा आएर हेर्दा सीतालाई नदेख्दा दु:खीत भएर जंगलमा सीताको खोजी गर्न थाले तर सीताको कुनै थाहा पत्ता लगाउन सकेनन्। भगवान श्रीरामलाई त सबै कुरा थाहा थियो तर उनले मानव लिला देखाउनका निमित्त धेरै प्रकारको विलाप गर्दै जंगल जंगल घुम्न थाले। यसरी घुम्दा घुम्दै उनिहरूले जटायुको आवाज सुने जटायु रामको नाम पुकारी रहेका थिए। राम लक्ष्मण दुवै भाईहरू जटायु भए ठाउँ गए। जटायुले श्रीरामलाई सीताको पुरा वृतांत सुनाएर आफ्नो प्राण त्यागे। यसरी जटायुले प्राण त्यागी सके पछि रामले उनको संस्कार गरे। केही दिन पछि राम लक्ष्मण त्रीकुट गिरीमा पुगे त्यहाँ उनिहरूको भेट हनुमान सुग्रीव,जाम्बवान, लगाएत अन्य वीर वानरहरूसँग भयो। भगवान श्रीरामलाई सुग्रीवले सीताजीका गहनाहरू देखाए। तब रामले सुग्रीवसँग मित्यरी पनि लगाए। सुग्रीव किष्कांधका बाँनर राजा बालीका भाइ थिए तर दुईभाईमा आपसी वैरभाव बढेकाले बालीको डरबाट बच्नको लागि सुग्रीव यहाँ आएर लुकी बसेको कुरा रामलाई ज्ञात भयो। त्यसपछी श्रीरामलाई सुग्रीवको मद्दत गर्ने इछ्छा भयो उनले किष्कांधबाट बालीलाई बोलाउन लगाए। बाली सुग्रीवको लडाईँ गराएर बालीलाई मारी सुग्रिवलाई हमेशाको लागि निडर गराए। यसरी बालीलाई मारेर सुग्रीवलाई किष्कांधाका राजा बनाई सकेपछी बाँदरहरूको सेनालाई सिताको खोजीको जिम्मा दिईयो। हनुमान, जाम्बवान, अंगद आदी अनगिनती बाँनर तथा भालुको फौँज सिताको खोजीमा जंगल जंगल डुले तर केही टुङ्गो लागेन तब उनिहरूको भेट जटायुका भाइ सम्पाती नामका गिद्धसँग भयो। सम्पातीले उनीहरूलाई सीताजीलाई रावणले लंकामा लिएर राखेको कुरा ज्ञात गराए। यो थाहा पाएर सबै बाँनर तथा भालुको सेना समुद्र तटमा जम्मा भएर आपसमा कसरी लंका जान सकिन्छ भनेर छलफल गर्न थाले। तब हनुमानले समुद्रलाई नाघेर सीता भेटेर आउने अठोट गरे। त्यसपछी हनुमान बाँकी सेनालाई त्यहिँ छोडेर समुद्रमा उडे। हनुमान लंकामा गएर सबै भन्दा पहिले अशोक बाटीकामा सितालाई भेटे। फेरी रावणको बगैँचाको नास गर्न थाले यो खबर थाह पाएर रावण पुत्र अक्षयकुमार हनुमानसँग लड्न गयो हनुमानले अक्षय कुमारलाई मारिदिए। त्यसपछी लंकामा हाहाकार मचियो। सबै हनुमानको डरले काँप्न थाले। तब रावणपुत्र मेघनाथले हनुमानलाई ब्रह्मपासमा बंधक बनाएर रावण भए ठाउँ पुगायो। तब रावणले हनुमानलाई रामको दुत भएको थाहा पायो। रावणका

भिविषणले दुतलाई मार्न हुदैन बरु हनुमानले हाम्रो बगैचाको नास गरे वापत यिनलाई कुनै अरु सजाय दिनु पर्छ भन्ने कुरा राखे। सबैले भिविषणको मतानुशार हनुमानको पुछरमा घिउमा मुछेको कपडा लपेटेर त्यसमा आगो लगाउने सल्लाह गरे। त्यस पछि हनुमानको पुछरमा घिउ मुछीएको कपडा बाँधेर आगो लगाएर हनुमानलाई छोडियो। हनुमानले पनि आफ्नो बल्दै गरेको पुछर लिएर पुरा लंकामा आगो लगाएर रावणको लंकालाई छिन भरमै जलाएर खाक पारे। त्यसपछी हनुमान सीता भए ठाउँ गएर बिदा मागी फिर्ता भए। हनुमानलाई कुरेर बसेका बाँनर सेनाहरूले हनुमान आएको देखेर खुसी भए हनुमानले पनि आफु लंका गएर सीतालाई भेटेको र लंका जलाएको कुरा भने। त्यसपछी सबै किष्कंधा पुगेर रामलाई भेटी सीता भेटिएको खबर सुनाए।

राम रावण युद्ध[सम्पादन गर्ने]

सीताको खबर पाइसके पछि भगवान श्रीरामले किष्कंधामा बाँदर र भालुको सभा बसालेर सबैसँग सीतालाई कसरी ल्याउन सकिन्छ भन्ने सल्लाह गरे। सबैले लंकामा गएर रावणलाई सम्झाउने यदी मानेन भने युद्ध जीतेर सीतालाई ल्याउने राय प्रकट गरे। त्यसपछी राम, लक्ष्मण, सुग्रीव, हनुमान लगायत अनगिन्ती बाँदर र भालुको सेनाले लंका जाने तयारी गरे। सबै फौँज समुद्रको किनारामा जम्मा भए सागरले श्रीरामलाई पुल बनाएर आफ्नो सेना तार्ने आग्रह गरेकाले श्रीरामले स्वर्गबाट नल र निल दुईवटा कालिगढलाई बोलाएर रामेश्वरम नजीकै राम सेतुको निर्माण गराए उक्त राम सेतु दक्षिण भारतको समुद्रमा आज पनि देख्न सकिन्छ। सबै फौँज राम सेतु पार गरेर श्रीलंका पुग्यो। रामको सेनाहरूले लंका नजीकै पुगेर आफ्नो शिविर बनाएर बसे। त्यस पछि श्रीरामले रावणको दरबारमा बालीपुत्र अंगदलाई दुत बनाएर पठाए। अंगदले रावणलाई सम्झाउने कोशिस गरे तर घमण्डी रावणले आफु बाँचुल्जेल सीता वापस नगर्ने अठोट गरेकाले अंगद फिर्ता भए। हुनत रावण पनि चार वेदको ज्ञाता अपार ज्ञान भएको ज्ञानी र तपश्वी थियो। उसले आफ्नो मृत्यु भगवान श्रीरामकै हातबाट होस् भन्ने बिचारले जानी जानी सीताको हरण गरेको थियो तर सीता माथी उसले कुनै कुकर्म गरेको थिएन।[३] त्यस पछि रावणलाई उसैका भाइ भिविषणले सीतालाई स-सम्मान फिर्ता गरिदुनु पर्छ भनी सम्झाउने कोशीश गरे तर रावणले उनको कुरा मानेन उल्टो विभिषणलाई घरबाट निकाली दियो। त्यसपछी विभीषण राम तर्फ गएर रामकै सहयोग गर्न थाले। रावणले आफ्नो सेना तयार गरेर रामको सेनासँग लड्न पठायो तर रामको सेनाले रावणको सबै सेना मारेर सिध्याए। यसै गरी रावणले फेरी आफ्नो छोरा मेघनाथलाई रामसँग लड्न पठायो मेघनाथले युद्धमा ठुले पराक्रम देखाएको थियो। लक्ष्मणलाई बाण लगाएर मुर्छा पारेको थियो।[४] तर हनुमानले दोर्णाचल पर्वतबाट संजीवनी बुटी ल्याएर लक्ष्मणलाई होसमा ल्याए।हनुमान दोर्णा गिरी ल्याउदै त्यसपछी लक्ष्मणले मेघनाथलाई मारे। यसै गरी रावणले आफ्नो भाइ कुम्भकर्णलाई रामसँग लड्न पठायो तर त्यसलाई पनि श्रीरामले स्वर्ग पठाए। यसै गरी रावणले आफ्नो गुप्त छोरा अहिरावणलाई युद्धमा पठायो त्यो पनि रामकै हातबाट मर्न गयो। त्यस पछि रावणको पातालवासी छोरा नरकांतले राम लक्ष्मणलाई सुतेको मौका पारेर पाताल पुरायो। उसले पातालमा राम लक्ष्मणलाई एक

मन्दिरमा बली दिने मनसायले लुकाएर राखेको थियो। तर हनुमानले बेलैमा गएर नरकान्तलाई मारेर राम लक्ष्मणलाई फिर्ता ल्याए। त्यसपछी रावण आफै युद्धमा गयो। देवराज इन्द्रले रावणलाई रथमा स्वार भएको र राम जमीनमा देखेर रामकोलागी आफ्नो रथ र सारथी पठाईदिए। राम रावणको युद्ध भयंकर मच्चियो। हजारवटा हात र दसवटा शिर भएको रावणको नाभिमा अमृत भएका कारण रावणका सबै टाउकाहरू काटेर जमीनमा झारे पनि फेरी नयाँ टाउका निर्माण हुन थाले। अंतमा भिविषणको राय अनुशार श्रीरामले अग्नी बाणको प्रयोग गरेर रावणको नाभिमा रहेको अमृत शोषण गरे। त्यसपछी रावणको बध गरे। भगवान श्रीरामले रावण मारि सके पछि विभिषणलाई लंकाको राजगद्दी सुम्पेर सीतालाई फिर्ता लिई अयोध्या फर्के।

  • नोट:- यो लेख रामायण पढेको आधारमा मौलिकतामा लेखिएको छ। यसमा पात्रहरूको नाम, स्थानको नाम र कथामा केही त्रुटी हुन सक्छ। कृपया यो लेखलाई सुधार्नको लागि सबैसँग आग्रह गरिन्छ। लेख सुधारी सके पछि यो नोटिसलाई हटाई दिनु होला।

राम राज्याभिषेक तथा सीता त्याग[सम्पादन गर्ने]

भगवान श्रीराम अयोध्यामा फर्किए पछि अयोध्यावासीहरूको खुसिको सिमा नै रहेन। चारै तिर श्रीरामको जयकारा गुंजायमान थियो। सबै अयोध्यावासीहरू सक्षात विष्णुका अवतार राम र लक्ष्मिको अवतारकी सीतालाई आफ्नो मुलुकमा पाएकाले खुसी थिए। सबैले श्रीराम जानकीको भव्यताका साथ स्वागत गरे। गुरु बशिष्ठले शुभ मुहुर्त हेरेर रामको राज्याभिशेष गरे। रामले पनि प्रजाहरूलाई आफ्नै सन्तान तुल्य पालन गरिरहेका थिए। आज पनि हाम्रो समाजमा सुखका दिनहरूलाई "रामराज्य" भनेको सुन्न पाइन्छ। आफु अयोध्यापति भैसके पछि श्रीरामले आफ्ना केही गुप्तचरहरूलाई राती अयोध्या नगरमा कसले आफ्नो बारेमा के भन्दै छ? भन्ने खबर बुझ्न पठाए। गुप्तचरहरू पनि श्रीरामको आदेशानुसार नगरमा घुम्दै चियो गर्न थाले। सबै नगरवासीहरू श्रीराम जानकीको गुण गान गाउँथे तर नगरको एक धोबीले आफ्नो स्वास्नीसँग झगडा गर्दै "म यो मुलुकका राजा राम जस्तो हैन बुझिस्, जसले अर्काको पोइल गएकी स्वास्नीलाई ल्याएर फेरी आफ्नो गृहणी बनाएर राखेका छन्।" भनेको सुनियो। त्यो सुनेर गुप्तचरहरू राजा राम भए ठाउँ गएर धोबीको कुरा सुनाए। यो सुनेर श्रीरामले लक्ष्मणसँग सीतालाई लिएर जंगलमा छोडेर आउने कुरा गरे। लक्ष्मणले पनि रामको आज्ञा अनुशार गर्भवती सीतालाई जंगलमा रहेका ऋषीमुनीहरूका आश्रम देखाउने निउँले जंगलमा लिएर छोडेर आए। जंगलमा भटकी रहेकी सीताको भेट महर्षि बालमीकीसँग भयो। बालमिकीले सीतालाई आफ्नो कुटीमा छोरी तुल्य बनाएर राखे। त्यहाँ सीताका दुइवटा पुत्र लव र कुशको जन्म भयो। लव कुश ठूला भए पछि श्रीरामले आफ्ना पुत्रहरू भएको थाह पाएर अयोध्यामा बोलाए। लामो समयको राज्यकाल पुरा गरेर भगवान श्रीराम आफ्नो मानव लिला समाप्त गरेर बैकुण्ठ गए।

श्रीराम अवतार चित्रावली[सम्पादन गर्ने]

यहाँ रामायणमा भएका केही चित्रहरूको सूची राखिएको छ। जसलाई रामायण लेखन तथा अन्य राम कथामा आधारीत लेखहरूमा प्रयोग गर्न सकिने छ।

चित्र:Ram sita.jpg
श्रीराम विवाह
चित्र:Ram and sita.jpg
भगवान श्रीराम तथा उनकी धर्म पत्नी सीता
चित्र:Panchavati.gif
पञ्चवटीमा राम लक्ष्मण र सीता
भगवान श्रीराम
चित्र:Ravan.jpg
लंका पति रावण
चित्र:Rama Ravan.jpg
रावण युद्ध मैदानमा
चित्र:श्री हनुमान.jpg
राम भक्त हनुमान
श्री हनुमान
चित्र:Jaihanuman.jpg
श्री हनुमान

सन्दर्भ[सम्पादन गर्ने]

  1. भानुभक्तीय रामायण
  2. रामायण मुख्य कथा
  3. राम चरित्र मानस
  4. तुलसी कृत रामायण

हेर्नुहोस्[सम्पादन गर्ने]

भगवान विष्णुका अवतारहरू
मुख्य अवताहरू
अन्य अवतारहरू