मीमांसा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

मीमांसा दर्शन हिन्दूहरूको छ दर्शन मध्ये एक हो। सामान्यतया जैमिनी ऋषि द्वारा प्रणीत पूर्व मीमांसालाई नै मीमांसा भन्ने गरिन्छ। वेदव्यास द्वारा प्रणीत ब्रह्मसूत्रलाई उत्तर मीमांसा भनिन्छ। पक्ष-प्रतिपक्षलाई लिएर वेदवाक्यहरूको निर्णीत अर्थको विचारको नाम नै मीमांसा हो। उक्त विचार पूर्व आर्य परम्पराबाट चल्दै आएको हो। किन्तु आजभन्दा करिब सवा पाँच हजार वर्ष पूर्व सामवेदका आचार्य कृष्ण द्वैपायनका शिष्यले त्यसलाई सूत्रबद्ध गरे। सूत्रहरूमा पूर्व पक्ष र सिद्धान्तका रूपमा बादरायण, बादरि, एतिशायन, काष्र्णाजिनि, आत्रेय, आश्मरथ्य, आलेखन, लाबुकायन और कामुकायन महर्षिहरू उल्लेख छन्। जसको विस्तृत विवेचन सूत्रहरूका भाष्य वार्तिकहरूमा गरिएको छ। जसका कारण सहस्राधिकरण भएको हो। जर्मन विद्वान मैक्समूलर भन्छन् कि - "यो दर्शन शास्त्र कोटिमा आउन सक्दैन, किन कि यसमा धर्मानुष्ठान कै मात्र विवेचन गरिएको छ। यसमा जीव, ईश्वर, बन्ध, मोक्ष र त्यसका साधनहरूका काँही पनि विवेचन गरिएको छैन।" मैक्समूलर मतका पक्षपाती कोही कोही भारतीय विद्वान् पनि यसलाई दर्शन भन्नमा संकोच गर्छन, किन कि न्याय, वैशेषिक, सांख्य, योगवेदान्तमा जुन प्रकार तत् तत् प्रकरणहरूमा प्रमाण र प्रमेयहरूका द्वारा आत्मा-अनात्मा, बन्ध मोक्ष आदिको मुख्य रूपले विवेचन पाइन्छ, त्यसरी मीमांसा दर्शनका सूत्र, भाष्य र वार्तिक आदिमा दृष्टिगोचर हुदैन।