शिक्षा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शिक्षालाई समान्री भाषामा ज्ञान प्राप्त गर्नु वा सिक्नु भन्ने हुन्छ । शिक्षा संस्कृत भाषाको शिक्ष् धातूबाट उधृत गरिएको हो , जसको अर्थ सिक्नु वा सिकाउनु हुन्छ । त्यस्तै शिक्षालाई अङ्ग्रेजीमा Education भनिन्छ। Education शब्द Latin भाषाको Edu र Catum मिलेर बनेको हो । Edu को अर्थ आन्तरिक र Catum को अर्थ बाहिर निकाल्नु हुन्छ। Educationबाट Educere,Educare,हुँदै Education भ‍‍एको हो ।

शिक्षा अदान प्रदान गर्ने प्रक्रिया प्राचीन काल देखि चलिदै आएको छ । "विद्यालयको चौघेराभित्र रहेर दिइने औपचारिक शिक्षालाई मात्र शिक्षा हो" भन्नुलाई शिक्षाको संकुचित अर्थका रूपमा लिईन्छ

भने मानिस जन्मिएदेखि मृत्युपर्यन्त प्राप्त गरिने सम्पुर्ण अनुभवलाई शिक्षा भनिन्छ भन्नु शिक्षाको ब्यापक अर्थ हो।

यसरी हेर्दा शिक्षा भनेको जिवनपर्यन्त चलिरहने प्रक्रिया हो । जसअन्तर्गत ब्यक्तिको बौद्दिक,शारीरिक,सामाजिक,आर्थिक,भौतिक,नैतिक आदि सम्पुर्ण पक्षको वा ब्यक्तिको सर्वाङ्गीण विकास गराउनु नै शिक्षा हो भनिनु शिक्षाको बास्तबिक अर्थ हो।

शिक्षाका केही बहुचर्चित परिभाषाहरू निम्नानुसार छन

पृथ्बीमा ज्ञानभन्दा शुद्द अरु केही छैन ‍‍‍-भागवत गीता

आत्मानुभुती नै शिक्षा हो - शंकराचार्य

प्रत्येक मानिसको मष्तिष्कमा अदृष्य रूपले बिद्यमान संसारको त्यो सर्वमान्य विचारलाई प्रकाशमा ल्याउनु नै शिक्षा हो -सुकरात

शिक्षा भनेको मानिसको आन्तरीक शक्तिको स्बभाविक, सर्वाङ्गीण र प्रगतिशिल विकास हो -पेस्तालोजी

"शिक्षा सबैभन्दा शाक्तिशाली हतियार हो, जसलाई चलाई तिमी संसार बदल्न सक्छौ।"-नेल्सन मण्डेला

ज्ञान तथा सिप सिक्ने तथा सिकाउने पद्धति हो। शिक्षाले मानिसालाई अन्धकारबाट उज्यालो तर्फ लम्काउँछ। शिक्षा निरन्तर चलीरहने प्रक्रिया हो। यो जन्मे देखि नमरुन्जेलसम्म कुनै न कुनै रूपमा चलिरहेको हुन्छ। ज्ञान सिकाउने तथा विद्यार्थीलाई पढ्न सघाउने काम शिक्षक, गुरु तथा अध्यापकले गर्दछन्। शिक्षा धेरै किसिमको हुन्छ।


शिक्षाका प्रकार

  • साधारण शिक्षा
  • विशिष्ट शिक्षा
  • प्रत्यक्ष शिक्षा
  • अप्रत्यक्ष शिक्षा
  • ब्यक्तिगत शिक्षा
  • सामुहिक शिक्षा

साधारण शिक्षा कुनै पनि व्यक्तिले आफ्नो जीवनको बारेमा प्राप्त गरेको आधारभुत शिक्षा लाइ साधारण शिक्षा भनिन्छ। यस्तो शिक्षाले व्यक्तिलाई साधारण जिवन जिउने आधार दिन्छ।तर विशिष्ट सीप दिदैन।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]


शिक्षा नै मानवको तेस्रो अँखा हो।तर आधुनिक ब्याक्तित्व हरूले यसलाई पहिलो आखा नै भन्न रुचाउँछन् किनभने दृश्टिबिहिन ब्यक्तिहरु पनि यसैको कारणले गर्दा नै चर्चामा आइरहेका छन। त्यस्तै गरी शिक्षालाई मुख्य तया तीन प्रकारका छन जुन देहाय बमोजिम छन: १)औपचारिक शिक्षा (formal education) २)अनौपचारिक शिक्षा ( non-formal education ) ३)अनियमित शिक्षा (informal education )

  1. औपचारिक शिक्षा : औपचारिक शिक्षा भनाले कक्षाकोठामा आधारित शिक्षा बुझिन्छ, जुन हामी गुरु वा शिक्षित व्यक्तिबाट हासिल गर्छौ‌‌‍‌। हामी औपचारिक शिक्षा बिध्यालयबाट प्राप्त गर्छौ।
  2. अनियमित शिक्षा: अनियमित शिक्षा भनाले त्यों शिक्षा बुझिन्छ , जुन शिक्षा हामी संरचित पाठ्यक्रम भन्दा बाहिर हासिल गर्छौं।
  3. अनौपचारिक शिक्षा:औपचारिक र अनियमित शिक्षा को कमिलाई पुरागर्न नयाँ शिक्षाको विकास गरियो जसलाई अनौपचारिक शिक्षा भनिन्छ। यस किसिमको शिक्षा दुवै औपचारिक शिक्षा र अनियमित शिक्षाको मिश्रणबाट बनेको हुन्छ ।