बराह अवतार

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
चित्र:बराह.gif
बराह अवतार

हिन्दू धर्मका अनुशार भगवान विष्णुले बराह "बँदेल"को रूप लिएर पृथ्वीलाई लातिले हानेर समुन्द्रमा डुबाउने "हिरण्यक्ष" नाम गरेको राक्षसको बध गरेका थिए। जलमा डुबेको पृथ्वीलाई पूर्ववत गरी पूथ्वीको उदार गरेका थिए।

[सम्पादन गर्ने] हिरण्याक्ष कथा

चित्र:हिरण्याक्ष बराह.gif
हिरण्याक्ष बराह युद्ध

पौराणिक कालमा कश्यप ऋषिकी पत्नी दितीलाई गर्भ रहेको 3 वर्ष सम्म पनि बच्चा जन्मिएन। यो देखेर सबै देवताहरू र ऋषी कश्यप ब्रह्माजीसँग सोध्न गए। ब्रह्माजीले सबै कुरा सुने आफ्नो योग दृष्टी लगाए। त्यसपछी ब्रह्माजीले सबैलाई गर्भबाट 2 वटा बालकहरू जन्मिने तर अनिष्टकार बालकको जन्म हुने बताए।यो सुनेर सबै चिन्तित भएर आफ्नो आफ्नो धाममा फर्किए। केही दिन पछाडी दितीको गर्भबाट हिरण्याक्ष तथा हिरण्यकशेपु नामका दुईवटा बालकहरूको जन्म भयो। बालकै छँदा यि दुवैले स्वर्ग मर्त्य तिनै लोकमा उप्रदव मचाउन थाले। हिरण्याक्ष ठूलो भए पछि महाबली असुर भयो। ब्रह्माजीको कठोर तपश्या गरेकाले ब्रह्माजीले हिरण्याक्षलाई इछ्छा अनुसारको बरदान माग्ने अनुमती दिए। ब्रह्माजीको आज्ञा पाएर हिरण्याक्षले सँधै अमर रहन पाउने बरदान माग्यो। ब्रह्माजीले जन्मिएपछी मर्नु पर्छ अमरताको बरदान दिन सकिदैन यो बाहेक केही अरु बरदान माग्ने कुरा राखे तर हिरण्याक्ष आफु अमरता बाहेक अरु कोही बर नमाग्ने ढिट गर्न थाल्यो। हिरण्याक्षले गरेको तपश्यालाई ध्यानमा राखेर ब्रह्माजीले जनावर बाहेक मनुष्य, देवता, यक्ष, किन्नर,आदी कसैको हातबाट मृत्यु नहुने बरदान दिए।हिरण्याक्षले जनावर सामान्य नै हो भन्ने सोच गरेर ब्रह्माको बरदान स्विकार गर्‍यो तै पनि जनावर जो आमाको कोखबाट पैदा नभएको जनावरले मात्र मार्न पाउने बचन राखेरै छोड्यो। ब्रह्माको बरदान पाएर हिरण्याक्षले जता ततै उत्पात मचाउन थाल्यो। यसरी उत्पात मचाउदै जनावरहरू यसै पृथ्वीमा छन् यो पृथ्वी नै जलमा डुबाइ दिँदा आफु सँधै जिवित रहने छु भन्ने मनसायले एक दिन पृथ्वीलाई लात्तीले हानेर पाताल पुर्याई दियो। तब सारा चराचर जगत नै जलमग्न भयो। यो देखेर ब्रह्मादी देवताहरू चिन्तित भएर भगवान बिष्णुको आराधना गरे। त्यसैबेला ब्रह्माजीको नाकबाट भगवान बिष्नुले बँदेलरूप लिएर अवतरीत भए। उनले हिरण्य असुर मारेर भुमीलाई आफ्नो दाँतले उठाएर पूर्ववत गरे। बराह भगवानले नै श्राद्ध पद्धती चलाएको कुरा हिन्दू ग्रंथमा लेखिएको छ।[१]

[सम्पादन गर्ने] सामाग्री स्रोत

  1. सुब्बा होम नाथ केदारनाथ कृत सुक सागर

[सम्पादन गर्ने] हेर्नुहोस्

भगवान विष्णुका अवतारहरु
Ayyavali Vishnu.PNG
मुख्य अवताहरु
अन्य अवतारहरु
व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा