क्षत्री

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

क्षत्रीय छेत्री

जाति खस देश बारेमा प्राचीन तथा मध्यकालीन ग्रन्थहरूमा विविध टिप्पणी भइराखेको पाइन्छ। प्राचीन ग्रन्थले उल्लेख गरेअनुसार काश्मिर र नेपाल उपत्यकाबीचको भूभाग खस-भूमि थियो। माथि नै उल्लेख गरियो भारततिर आउने क्रममा आर्य जातिको एक शाखा भारतको सिन्धु र गंगा नदीका समतल मैदानतिर नलागी पहाडै पहाड काश्मिरतिर लाग्यो। हिमालय, काराकोरम र हिन्दूकुशजस्ता तीन पर्वतशृङ्खलाको मिलनबिन्दु काश्गर नै यिनको आश्रयस्थल बन्यो, जसको संस्कृत रूप खसगिरी शब्द बनेको छ। यही शब्द भारतीय आर्यहरूको संस्कृत भाषामा खसको रूपमा व्यवहारमा आयो। तदनुरूप यहीँका बासिन्दा क्रमशः काश्मिरबाट पहाडको बाटो नेपाल प्रदेशतर्फसंक्रमण गरे। बाबुराम आचार्यले ठीकै विश्लेषण गरेका छन् : मध्यकालको आरम्भसम्मका खस आर्यहरू वर्तमान नेपालको सुदूरपश्चिममा व्यापक रूपमा आवाद भइसकेको देखिन्छ। तीनताक कुमाउ र गढवालको साथै वर्तमान नेपालको कर्णाली नदीको प्रसवण-क्षेत्रसम्म फैलिएर कार्तिकेयपुर वा कत्युरलाई राजधानी बनाई एक स्वतन्त्र खस राज्य फुलीफली रहेको पाइन्छ।

दुर्गम पहाडी जङ्गलहरू दुरस्तर नदी-नालाहरू र नेपालको केन्द्रस्थलमा रहेको शक्तिशाली लिच्छवि, वैश्य र मल्ल राजाहरूले खसहरूलाई प्युठानभन्दा पश्चिमतर्फरहेको सखीको लेकबाट पर्ूवतर्फबढ्नबाट रोक्ने भरमग्दुर प्रयास गरिरहेका थिए, तर पनि यिनीहरू भने क्रमिक रूपमा पर्ूवतर्फआइरहेका देखिन्छन्। हुन त मनुस्मृतिले हिमाली क्षेत्रमा रहेका खसहरूलाई वात्य अपसंस्कृत आर्य जातिका रूपमा होच्याएको पाइन्छ तर यी खस हरू भने स्वयंलाई खस कै रूपमा गर्व गर्न हिचकिचाउँदैनथे। त्यतिमात्र होइन, उनीहरू आफ्नो जातीय पहिचान खस माथि गर्व पनि गर्दथे। यस्तो एउटा उदाहरण शक्तिशाली खसिया राजा अशोकचल्ल र्-इ. १२५१-७४)को एउटा अभिलेखले प्रदान गर्छ जहाँ स्वयंलाई उनले गर्वका साथ खस-देश-राजाधिराज अर्थात् खस देशका महाराजाधिराज भनी उल्लेख गरिराखेको पाइन्छ। तर समय एकनास रहन सकेन, एघारौं शताब्दीको मध्यतिर जुम्लाको सिंजा नदीको किनारालाई राजधानी बनाई नागराजद्वारा संस्थापित यो खस राज्यका अधिपतिहरू स्वयंलाई खस भन्नबाट तर्किन थाले। त्यतिमात्र होइन कालान्तरमा यो साम्राज्य नै विघटनको शिकार बन्यो र इतिहासको मात्र विषय बन्यो। विशाल खसराज्य आफ्नो उत्कर्षो समयमा सम्पूर्ण पश्चिम तिब्बत र कुमाउ गढवालसम्म अधिकार जमाउन सफल बनेथ्यो र यस साम्राज्यलाई सपादलक्ष शिखरिसाम्राज्य भनिन्थ्यो। उक्त साम्राज्यअर्न्तर्गत गण्डकी प्रदेश, कर्णाली प्रदेश, कर्ुमाञ्चल, केदारखण्ड, खारी प्रदेश, गुगे, स्तपराङ्ग, मानसरोवर, खोटाङ तथा ज्यानजुनसम्म फैलिएको थियो। यस साम्राज्यको सिमाना पर्ूवमा त्रिशुली नदीसम्म पनि आइपुग्यो र यसले तीन पटकसम्म नेपाल उपत्यकामाथि आक्रमण गरी हाहाकार तुल्यायो। यस्तो वैभव र शक्तिशाली खस अधिराज्य विखण्डनमा जानुपुर्व यसका शासकहरू नै आफ्नो चल्ल थरको �� ाउँमा मल्ल लेख्न थाले। यसरी चल्लबाट मल्लमा झर्ने प्रथम खसिया राजामा अशोक चल्लका छोरा जितारी मल्ल प्रथम थिए। धेरै सम्भव छ, यसप्रकार स्वयंलाई खसियाधिपति भनी गर्व गर्ने खस नरेशहरू नै मल्लमा परिणत भएपछि यस साम्राज्यका रैती दुनियाँदारहरू पनि पुरानो खस गौरव र पुख्र्यौलीको धरोहरबाट स्वयंलाई पन्छाउँदै स्थान विशेषलाई नै आफ्नो थरको परिचयवाचक पदावली बनाउन थाले। ती मध्ये क्षत्री पनि एउटा प्रमुख उपजातिका रूपमा देखापर्योक। धेरै हदसम्म मध्यकालको यस खस जातिलाई प्रतिनिधित्व गर्ने क्षत्री प्रमुख र पर्यायवाची थरका रूपमा विकसित बन्यो तथापि खस थर विशेष मात्र नभएर समग्र खस अधिराज्यको राष्ट्रबोधक परिचय थियो। जसअर्न्तर्गत क्षत्रीबाहेक ब्राहृमण, वैश्य र शूद्र सबै वर्ण्रा जात पर्दथे। अन्यथा खस जाति नेपालको एउटा सुविख्यात, लडाकु र वीर जाति हो, जो नेपाल, सिक्किम, भुटान, कुमाउँ, गढवाल, काँगडासम्म व्याप्त रहृयो र हालसम्म त्यही स्थिति रहेको छ। संयोग नै भन्नु पर्यो, खस जाति र यस जातिको राज्य केन्द्र पनि प्राचीनकालदेखि नेपाल नै रहृयो। त्यसैले यो देश खस देश पनि कहलायो। त्यसै गरी गान्धार, मादक, मत्स्य र विगर्तमा पनि खसहरूको शासन थियो। महाभारतमा बारम्बार खस जातिको प्रसङ्ग आउँछ।

उता खस जातिको प्राचीनता पनि त्यति नै पुरानो छ। यिनको चर्चार् इसापूर्व ३००० देखि सुरु हुन्छ। तिनताका यिनीहरूमध्ये एसिया, काबूल, पंजाव, सिन्धुक्षेत्र, यमुना क्षेत्र, पश्चिमी तिब्वत र गण्डकी क्षेत्रको यत्रतत्र फिजिएर बसेका थिए। दुर्भाग्यवश यत्रो विशाल जातिको अध्ययन/अनुसन्धान निकै कम मात्र भएको छ, जसले गर्दा यस जातिको यश र गौरव विस्मृतिमा हराएको मात्र होइन, तिनका सन्ततिहरू त्यस नामबाट परिचित हुन तर्किनसम्मको स्थिति बन्दै गयो। कस्तो विडम्वना ! तिनका सन्ततिहरू जो विशुद्ध यसै देशका उपज हुन्, ती स्वयंलाई भारतको चितौरगढका राजपुतसँग जोड्दछन भने ब्राहृमणचाहिँ कान्यकुब्ज र गौडदेशको सपना देख्छन्। यस कुरामा सुवेदीबाहेक बालकृष्ण पोखरेल र इतिहासशिरोमणि बाबुराम आचार्यको पनि सहमति रहेको पाइन्छ। आचार्यले खस-आर्य मूलका जातिमाथि विस्तृत अध्ययनको निष्कर्षा खस-आर्यहरूले आफ्नो मूल घर भारततर्फदेखाउनु र्व्यर्थ छ भनेका छन् भने पोखरेलद्वारा पनि लामो अनुशिलनपश्चात् नेपाली क्षत्री-बाहुनद्वारा आफ्नो उद्भवलाई एकाएक भारततर्फजोड्ने परम्पराको भर्त्सना गरेका छन्। दर्ुभाग्यको कुरा अझै पनि अधिकांश नेपाली क्षत्रीहरू स्वयंको कुललाई भारतीय राजपुत खलकसँग आबद्ध गराउनमा गर्व गर्ने र जोड दिने प्रचलनका शिकार बनेका छन्। यसप्रकारको एउटा भद्दा उदाहरण हालै प्रकाशित लामा कार्की वंशावली -२०५३)ले प्रस्तुत गरेको छ, जसअनुसार ती लामा कार्कीले �� कुरीहरूकै जस्तो चितौरगढको राजखलकसँग आफ्नो वंशलाई जोड्ने धृष्टता गरेका छन् जो सत्यभन्दा धेरै टाढा हो। वंशावलीको निष्कर्षछ- लामा कार्कीको पुरातन थलो हो भारत मध्य-प्रदेशको अवन्ती चम्पा राज्य। त्यसै गरी श्रीपाली बस्नेतहरूले पनि आफूहरू राजस्थानको श्रीमालबाट नेपाल पसेको देखाउनमा ठूलो कसरत गरेको पाइयो। उनीहरूका मतमा श्रीमालबाट नै श्रीपाल भएको हो। वस्तुतः खस उद्भवका कार्की र बस्नेतहरू खस अधिराज्य -नेपाल) कै भूमिपुत्र हुन्, यिनको कुनै भारतीय राजपुतसँगको सम्बद्धता एउटा कोरा कल्पना मात्र हो। वास्तविकता होइन। यी कुराहरू अझ अधिकांश क्षत्री-बाहुनको हकमा पनि सत्य हो। यस प्रसङ्गमा शिरोमणिको भनाइ निकै घतलाग्दो छ ः "राजपुतानाका राजपुतहरूको मूलवंशको अन्वेषण गर्ने अनुसन्धाताहरूले यिनका मूल पुरुषहरूमध्ये अधिकांश हु“ण, शक र जाटहरू भएको बताएका छन्। जाटहरू हिमालयबाट बर्साई सरेका खसहरू हुन् भन्ने पनि केही विद्वान्हरूको मत रहेको पाइन्छ। हु“ण र शकहरू भारतका मूल निवासी होइनन् भन्ने कुरा इतिहासका सामान्य विद्यार्थीहरूले पनि जान्न सक्छन्। यस अवस्थामा नेपालका कु“वर, थापा, बस्न्यात, विष्ट, कार्की आदि क्षत्रीयहरूले आफूलाई भारतवर्षाट आएका राजपुत हौं भनी नाक फुलाउनु र्व्यर्थ छ। यी कुरा ब्राह्मणहरूमा पनि लागू हुन्छन्।" नेपालमा मूलतः ककेशीयाई उद्भवका आर्य, मंगोलियन उद्भवका मंगोल र द्राविडियन मूलका द्राविड गरी तीन मानव उद्भवका जात जातिहरूको बसोबास छ। ती मध्ये क्षत्री-वंश ककेशियाई नश्लको आर्य वर्गमा पर्दछन्। यी क्षत्रीहरू ठकुरी, झर्ररात्री र खत्री क्षत्रीका रूपमा विभाजित छन्। यी झर्ररात्रीहरूलाई पनि दूर्इ श्रेणीमा विभक्त गर्न सकिन्छ। पहिलो श्रेणीका क्षत्री हुन्- बाह्रौं शताब्दीमा भारतीय मुसलमान शासकहरूको थिचोमिचो सहन नसकी आफ्नो धार्मिक आस्था एवं संस्कृतिको बचाउका लागि नेपाल पसेका सानातिना शासक र प्रशासकीय वर्गका क्षत्री र दोस्रो श्रेणीमा प्राचीनकालदेखि अवैदिक अवस्थामै कर्णाली क्षेत्रमा प्रवेश गरी समयक्रममा हिन्दूकरण भई नेपाल अधिराज्यव्यापी भएका क्षत्रीहरू।

जहाँसम्म क्षत्री जातको उद्भवको प्रश्न छ यिनीहरू मध्य एसियाको ककेशियाबाट पूर्वतर्फलागेका आर्य जातिसँग सम्बन्धित छन् भन्ने एउटा मत रहेको छ। उक्त समूहले हिन्दू धर्म आविष्कार गर्नुपर्ूव नै उनीहरूमा जात व्यवस्था प्रारम्भ भइसकेको देखिन्छ। यस क्रममा उक्त वर्गभित्र पुरोहित वर्गको उदय भएर त्यसलाई ब्राहृमण भन्ने नाम प्रदान गरियो। उता आफूले चर्चेको क्षेत्रको सुरक्षामा तैनाथ गरिएको आफ्नै वर्गभित्रको अर्को समूहलाई चाहिँ क्षत्रीय भन्ने नाम दिइयो। कालक्रममा यिनीहरू नै क्षत्री भए। पछिबाट व्यापक हिन्दूकरण, संस्कृतिकरण र यौनिक विकृतिको फलस्वरूप क्षत्री समूहमा पनि विविध प्रकारको उदय भयो। उता यी दूर्इ समूह बाहेकका जनसाधारणहरूलाई चाहिँ विस भन्ने नाम दिइँदा कालक्रममा यिनीहरू वैश्य नामकृत भए भने अन्य जातिका पराजित समूहहरू चाहिँ शूद्र का रूपमा कायम हुन आउँदा विभिन्न चार वर्ण्र्ो उदय हुनपुगेको देखापर्छ। अर्को मान्यताअनुसार पश्चिम एसियामा विकसित ककेशियाली जातिको एउटा समूह बेबीलोनियाको कस्साइट, इरान र इराकको बीचमा पर्ने खसिस्तान, अफगानिस्तान र पाकिस्तानको उत्तरमा पर्ने बाल्हिक, हिन्दूकुश, वडाखसान, काश्मिर, कुमाउँ, गढवाल हुँदै पश्चिम नेपालको कर्णाली प्रदेशमा प्रवेश गरेको प्राचीन जाति खसको वैदिक आर्यसँग कुनै प्रकारको सरोकार नै छैन। वस्तुतः यिनीहरू अवैदिक खस भई नेपालका प्राचीन तथा आदिवासीमध्ये एक थिए। कालक्रममा मैदानी क्षेत्रबाट नेपाल प्रवेश गरेका आर्यहरूको प्रभावको कारण मात्र यिनीहरू वर्ण्रायवस्थामा प्रवेश गरेका हुन्। अन्यथा यिनीहरू आर्य जातिकै एउटा शाखा भए तापनि उक्त शाखा आर्यहरूमा धार्मिक एवं जातीय कट्टरता आउनुपर्ूव नै खैबर भन्ज्याङबाट कन्धार, पख्तुन, गिल्गिट घाँटी हुँदै पाकिस्तानको हुन्जा क्षेत्रबाट श्रीनगर, जम्मु र शिमलाको बाटो अल्मोडाबाट कर्णाली क्षेत्र प्रवेश गर्योम। यसै कारण खस जातिमा जात धर्मको कट्टरता थिएन। त्यसको विपरीत तिनले आफ्नै प्रकारको उदारवादी वर्ण्रायवस्था र धार्मिक प्रचलनको विकास गरेका थिए। त्यति मात्र होइन तिनीहरू भारतीय आर्यहरूको कट्टर वर्ण्रावस्था र कर्मकाण्डीय हिन्दूवादबाट पनि पृथक रहे। तिनको आफ्नै भौगोलिक क्षेत्र भएको कारण पनि यस्तो सम्भव भयो भने हालसम्म पनि जुम्ला चौध विशका मतवाली खसहरूले उक्त तथ्यको प्रतिनिधित्व गरिनै रहेका छन्।

पछि चौधौं शताब्दीमा एकातिर विशाल खस साम्राज्य बाईसी-चौबीसी राज्यमा विखण्डित हुनपुग्यो भने अर्कातिर त्यहाँ विकसित विभिन्न क्षत्रीहरू हिन्दूकृत हुने र अधिराज्यभर विस्तारित हुने क्रम पनि तीव्र बन्यो। तथापि सबै नेपालीहरूले बुझ्न र सच्याउन पर्ने विषय के छ भने हाल नेपालमा देखापरेका विभिन्न थरका क्षत्रीहरू मात्र होइन खस परिवारका सबै जातजाति भारतमा मुसलमानी आक्रमणपछि नेपाल प्रवेश गरेका शरणार्थी वा आप्रवासी होइनन्। त्यसको विपरीत समयक्रममा हिन्दूकृत भई वर्ण्रायवस्थामा आवद्ध भएका नेवारसरहका आदिवासी हुन्। वस्तुतः कार्की, कटुवाल, बस्नेत, थापा, खड्का आदि जो जे नामबाट सम्बोधित भएका छन् ती स्वयंले यिनको उद्भव र विकासलाई इंगित गर्छन्। किनभने ती सबै या त कर्णाली भेगका स्थान विशेषका होइनन् भने पद विशेषका पर्याय शब्द हुन्। यसले पनि यिनीहरू भारत वा अन्यत्रबाट होइन नेपालभित्रैबाट विकसित जाति भन्ने प्रमाण प्रस्तुत गरिरहेका छन्। तिनीहरूको धार्मिक तथा पुजाविधिले पनि वैदिक आर्य अवैदिक खसका बीच ठुलो लक्ष्मणरेखा कोर्छन्, जसअनुसार खसहरू देवताका रूपमा मस्टो पूजा मात्र गर्थे। यिनको कुनै पुरोहित-पण्डित हँुदैनथ्यो। त्यसै गरी यिनीहरू तान्त्रिक विधिअर्न्तर्गत धामीद्वारा पूजाविधि सम्पन्न गर्थे। त्यसैकारण वैदिक मैदानी आर्यहरूले विभिन्न स्मृति ग्रन्थ र पुराणहरूमा खसहरूलाई धर्मवाहृय, अपवित्र र ब्रात्य जस्तो निचबोधक शब्दले सम्बोधन गरेका हुन्। तद्नुरूप एउटा लामो प्रक्रियापछि शासकवर्ग ठकुरीमा परिणत भयो भने र्सवसाधारण खसले पनि मैदानी आर्यबाट संस्कृतिकरण हुने क्रममा जनै धारण गरी क्षत्री बनेका भए तापनि यिनै खसका कतिपय सन्तान चाहिं अझै पनि पाकै खस वा मतवाली खसका रूपमा पश्चिम नेपालमा अस्तित्वमा रहिआएकै छन्। त्यसैले यी सबै तथ्यलाई आत्ममन्थन र आत्मचिन्तन गर्ने बेला पनि आइसकेको प्रष्टै छ। त्यसपछि मात्र यस राष्ट्रको निर्माणमा कसको कति र के योगदान रह्यो भन्ने प्रसङ्गको अर्थ रहन्छ। किनभने आज अस्तित्वको प्रश्न पहिलो र अनि मात्र सह-अस्तित्वको प्रश्न तर्ेर्सिन पुगेको तथ्यलाई उपेक्षा गर्नु आत्मघातबाहेक अरु हुनेछैन।