आदि शंकराचार्य

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
AdiShankara1.jpg
आदि शंकराचार्य
तिथि 509 से 477 ई॰पू॰ [१]
जन्मस्थान कलडी, केरल, भारत
दर्शन अद्वैत वेदांत
गुरू गोविंद भगवत्पाद
प्रभाव हिंदू धर्म, हिंदू दर्शन
प्रणेता दशनामी संप्रदाय, षणमत

आदि शंकराचार्य, जसलाई शंकर भगवद्पादाचार्यको नामले पनि जानिन्छ, वेदांतका अद्वैत मतका प्रणेता थिए। उनको विचारोपदेश आत्मापरमात्माको एकरूपतामा आधारित छन् जसको अनुसार परमात्मा एउटै समयमा सगुणनिर्गुण दुइटै स्वरूपमा रहन्छ। स्मार्त संप्रदायमा आदि शंकराचार्यलाई शिवको अवतार मानिन्छ।

जीवन[सम्पादन गर्ने]

मानवताका ज्योतिर्मय सूर्य जगद्गुरू शंकराचार्य: एक संन्यासी बालक, जसको आयु मात्र ७ वर्ष थियो, गुरूगृहका नियमानुसार एक ब्राह्मणको घर शिक्षा माँग्न पुग्यो। त्यस ब्राह्मणको घरमा • शिक्षा दिनको लागि अन्नको एउटै दाना थिएन। ब्राह्मण पत्नीले त्यस बालकको हातमा एउटा अमला राखिन् र रुँदै आफ्नो गरीबीको वर्णन गरिन्। उसको त्यस्तो अवस्था देखेर त्यस प्रेम-दया मूर्ति बालकको हृदय द्रवित भयो। उ अत्यन्त आर्त स्वरमा माता लक्ष्मीको स्तोत्र रचेर परम करुणामयीसित निर्धन ब्राह्मणको गरीबी हरण गर्ने प्रार्थना गर्न्थाल्यो। उसको प्रार्थनामा प्रसन्न भएर माता महालक्ष्मीले त्यस परम निर्धन ब्राह्मणको घरमा सुनको अमलाहरूको वर्षा गरिदिइन्। जगत् जननी महालक्ष्मीलाई प्रसन्न गराएर त्यस ब्राह्मण परिवारको दरिद्रता समाप्त गर्ने, दक्षिणको कालाडी गाउँमा जन्मेको त्यो बालक थियो- ‘शंकर’ पछि गएर ‘जगद्गुरू शंकराचार्य’को नामले विख्यात भए। यस महाज्ञानी शक्तिपुंज बालकको रूपमा स्वयं भगवान शंकरले नैं यस धरतीमा अवतार लिएको बताइन्छ। उनका पिता शिवगुरू नामपुद्रिको घरमा विवाहका धेरै वर्षसम्म जब कोही संतान भएनन् तब उनले आफ्नी पत्नी विशिष्टादेवीको साथ पुत्र प्राप्तिको कामनाले धेरै समयसम्म चंद्रमौली भगवान शंकरको कठोर आराधना गरे। अन्तमा प्रसन्न भएर भगवान शंकरले उनलाई सपनामा दर्शन दिए र भनें- ‘वर माँग।’ शिवगुरूले आफ्ना इष्टसित एउटा दीर्घायु सर्वज्ञ पुत्र माँगे। भगवान शंकरले भने- ‘बाबु, दीर्घायू पुत्र सर्वज्ञ हुँदैन र सर्वज्ञ पुत्र दीर्घायू हुँदैन। भन तिमी कस्तो पुत्र चाहन्छौ?’ तब धर्मप्राण शास्त्रसेवी शिवगुरूले सर्वज्ञ पुत्रको याचना गए। भगवान शिवले फेरि भने- ‘बाबु तिमीले सर्वज्ञ पुत्र पाउनेछौ। म आफैं तिम्रो पुत्रको रूपमा तिम्रो घरमा अवतार लिनेछु।’

स्रोत[सम्पादन गर्ने]

  1. यस विषयमा केही विवाद छ तपस्यानन्द, स्वामी (२००२), शंकर दिग्विजय, pp. १५-२४  यो तिथि दिइन्छ। हेर्नुहोस् तिथिहरू