रामानुजाचार्य
नेपाली विकिपीडियाबाट
रामानुजाचार्य |
|
| जन्म: | सन् १०१७ |
|---|---|
| मृत्यु: | सन् ११३७ |
| कार्यक्षेत्र: | धर्म |
| साहित्यीक आन्दोलन: | विशिष्ट द्वैत |
रामानुजाचार्य (१०१७-११३७) विशिष्ट द्वैत वेदान्तका प्रवर्तक थिए। उनी वैष्णव थिए। उनको भक्ति परम्परामा धेरै प्रभाव रहेकोछ।
वैष्णव आचार्यहरूमा प्रमुख रामानुजाचार्यको शिष्य परम्परामा नैं रामानन्द भएका हुन् जसका शिष्य कबीर र सूरदास थिए। रामानुजले वेदांत दर्शनमा आधारित आफ्नो नयाँ दर्शन विशिष्ट द्वैत वेदान्त लेखेका थिए।
रामानुजाचार्यले वेदांतका अतिरिक्त सातौं - दशौं शताब्दीका रहस्यवादी एवं भक्तिमार्गी अलवार सन्तसित भक्तिको दर्शनलाई तथा दक्षिणको पंचरात्र परम्परालाई आफ्ना विचारको आधार बनाएका थिए।
जीवनी [सम्पादन गर्ने]
१०१७ ई.मा रामानुजको जन्म दक्षिण भारतको तिरुकुदूर क्षेत्रमा भएको थियो।