गणेश
नेपाली विकिपीडियाबाट
भगवान गणेश
हिन्दू धर्मावलम्बीहरूले सबैभन्दा पहिले पूजा गर्ने देवताको नाम हो गणेश । हात्तीको शिर तथा मान्छेको जस्तो शरिर भएका ठूलो भूँडीवाल भगवान गणेशलाई विघ्न हर्ता तथा सिद्धि दिने सिद्धि विनायक भनेर पूजा गरिन्छ । ऋद्धि र सिद्धि यीनका श्रीमती हुन् । नेपाल तथा भारतमा धेरै मानिसहरूको नाम गणेश राखिएको हुन्छ ।
गणेश शब्दको उत्पत्ति गण+ईश मिलेर भएको हो जसको अर्थ हुन्छ गण हरूका देवता । शिवगणमा प्रमुख गण नन्दी कहलाइन्छन् । नन्दी सहित सवै गणहरूका देवता चाहीँ गणेश कहलाइन्छन् ।
गणेश शव्दले धेरैवटा अर्थ बोकेको हुन्छन्:
- गणेश लेखनमा सिद्धहस्त मानिएका छन् । त्यसैले कसैले धेरै राम्रोसित र तीब्र गतिमा लेख्न सक्छ भने उसलाई गणेश उपमा दिइन्छ ।
- गणेश शब्दले चाकडी तथा चाप्लुसी भन्ने पनि जनाउँछ ।
- गोवरगणेश भन्नाले चैं केही पनि नजान्ने बुद्धु भन्ने बुझिन्छ ।
- श्रीगणेश शव्दले भनें कुनै पनि कुराको शुरूवात भन्ने जनाउँछ ।
|
|||||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|