ब्रह्माण्ड

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

यो लेख अंग्रेजी बाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ।

ब्रह्माण्ड
हबल दूरबीनले खिंचेको ब्रह्माण्डको एक भागको चित्र

ब्रह्माण्ड शव्दले ती सम्पूर्ण कुराहरूको बोध गराउँछ जस अन्तर्गत प्रकृति, अन्तरीक्ष र समय, पदार्थ (all forms of matter)र उर्जा, भौतिक नियम र सृष्टि सञ्चालन आदि चलेकोछ। ब्रह्माण्डभित्र सम्पूर्ण आकाश गंगा(galaxy), तारा, ग्रह, उपग्रह आदि आदि अटाएकाछन्।

ब्रह्माण्ड शव्दलाई सबै कुरा अटाउने भनेर परिभाषित गरिएकोछ। परन्तु अर्को शव्दमा भन्दा "ब्रह्माण्ड" जसलाई अङ्ग्रेजीमा "Universe" भनिन्छ, धेरैको विचार अनुसार महाब्रह्माण्ड(Multiverse)मा फैलिंदो स्थिति जसबाट चुँडिएको भागलाई ब्रह्माण्ड भनेर भनिन्छ। धेरैवटा ब्रह्माण्ड(Universes)को समूहलाई महाब्रह्माण्ड(Multiverse) भनिन्छ। उदाहरणको निम्ति संसारका धेरैवटा परिकल्पना अनुसार नयाँ ब्रह्माण्डहरू निर्धारित मापको आधारमा सृष्टि हुन्छन्। ती ब्रह्माण्डहरू साधरणतया हाम्रो ब्रह्माण्डदेखि अलगिएको विश्वास गरिएको हुँदा व्यवहारिक तौरमा ठिम्याउन असम्भव छ। ब्रह्माण्डका पुराना अंशहरू (जो हामीदेखि धेरै टाडा छन्)को अवलोकनबाट यो तथ्य फेला परेकोछ कि पूरै ब्रह्माण्डको सृष्टिमा एउटै स्थायी नियम रहेको छ। परन्तु बुलबुले ब्रह्माण्ड सिद्धान्त (bubble universe theory) अनुसार अनन्त विविधताले सृष्टिको निर्माण भएको हो। आजसम्म ब्रह्माण्डका विषयमा धेरै परिकल्पनाहरू(Hypothesis) र सिद्धान्तहरू अघि सारिए। जसमा कोपर्निकसले सूर्य केन्द्रित(heliocentric) अथवा "ग्रहहरू सूर्यलाई केन्द्र बनाएर घुम्छन् र सूर्य स्थायी हुन्छ" भन्ने परिकल्पना तयार गरे। यो भन्दा अघि संसारका धेरै भागहरू ( भारत, ग्रीक, चीन आदि)का मानिसहरू सौरमण्डललाई पृथिवी केन्द्रित(geocentric) मान्थे र सम्पूर्ण सूर्य र अन्य ग्रह पृथिवीको धुरीमा घुमेको मान्थे। शताव्दियौंको अध्ययन फलस्वरूप सही तथ्यहरू फेला पर्दै गए, जसमा कोपर्निकसको सूर्य केन्द्रित(Heliocentric) सिद्धान्त, सर आइजक न्यूटनको गुरूत्वाकर्षण शक्ति(Gravitational)को सिद्धान्त, सूर्य केन्द्रित सौर-मण्डल(Solar System)को अध्ययन, बाट मिलेको जानकारी । त्यसपछि आकाशगंगा(Milky Way), मन्दाकिनीहरू(Galaxies)र माइक्रोवेव पृष्ठभूमि विकिरण(microwave background radiation)को खोज अनि सतर्कता पूर्वक गरिएको अध्ययन अनि विश्लेषणबाट प्राप्त यी मन्दाकिनीहरू(galaxies)को स्थिति आदिको बारे जानकारी मिल्यो र आधुनिक ब्रह्माण्ड विज्ञानलाई अरु तथ्य पहिल्याउन बल मिल्यो। आड्फ्ड्फ्


एक पल्ट पृथ्वीको वायुमण्डललाई छोडी सकेपछि हामी अंतरिक्षमा हुन्छौं। आकाशमा उडि रहेको हवाई जहाज पनि अंतरिक्षमै हुन्छ। यदि हामी ६०० मील पृथ्वीभन्दा माथि गयौं भने हामी बाहिरी अंतरिक्षमा पुग्छौं। तर यो मात्र बाहिरी अंतरिक्षको शुरुवात नै हुने छ यस्को अन्त कहाँ छ भन्ने कसैलाई थाह छैन। हामी अंतरिक्षमा करोडौं करोड मील अंतरिक्षमा उडन सक्छौं। आज सम्मपनि हामी अंतरिक्षको अन्त सम्म पुग्न सकेका छैनौं।

सृष्टि[सम्पादन गर्ने]

वर्तमान वैज्ञानिक सिद्धान्त अनुसार ब्रह्माण्डको उत्पत्ति महाभीषण ताप र अत्यन्त घनत्व (Themechanics)को स्थितिमा महा विस्फोट (Big Bang) बाट भएको हो र यसपछि ब्रह्माण्डको विस्तार सुरु भएको हो। आदिकालको युग (Planck epoch)मा सम्पूर्ण पदार्थहरू र उर्जा एकिकृतकेन्द्रित) भएर भीषण घनत्व प्राप्त गरे पश्चात् महाविस्फोट अथवा महाविस्तार आरम्भ भयो, जो विस्तार भइरहेछ र जसको कारण आजको स्थितिमा पुगेकोछ। भर्खरको अध्ययन अनुसार यो थाह लागेको छ कि यो विस्तार अन्ध उर्जाको कारण भइरहेछ। धेर जसो पदार्थ र उर्जा पृथिवीबाट अवलोकन गरे जस्तो नभएर मौलिक रूपमा भिन्न छन्।

ब्रह्माण्डको आयू[सम्पादन गर्ने]

ब्रह्माण्ड अवलोकनको भर्खरैको व्याख्या अनुसार ब्रह्माण्डको आयू १३.१३ (± ०.१२),[१] बताइएको छ। र ब्रह्माण्डको अवलोकन योग्य(observable) व्यास लगभग ९३००००००००० प्रकाश वर्ष भएको बताइएकोछ। [२]

बाहिरका लिंकहरू[सम्पादन गर्ने]

श्रोत[सम्पादन गर्ने]

  1. Chang, Kenneth. "Gauging Age of Universe Becomes More Precise", New York Times, 2008-03-09. अन्तिम पहुँच मिति:2008-09-24.
  2. Lineweaver, Charles (2005), "Misconceptions about the Big Bang"