मनुस्मृति

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्


भारतीय परम्परामा मनुस्मृतिलाई (जो मानव-धर्म-शास्त्र, मनुसंहिता आदि नामहरूले प्रसिद्ध छ) प्राचीनतम स्मृति एवं प्रमाणभूत शास्त्र रूपमा मान्यता प्राप्त छ। धर्मशास्त्रीय ग्रन्थकारहरूका अतिरिक्त शंकराचार्य, शबरस्वामी जस्ता दार्शनिक पनि प्रमाणरूपले यस ग्रन्थलाई उद्धृत गर्दछन्। परम्परानुसार यो स्मृति स्वायंभुव मनुद्वारा रचना गरिएको बताइन्छ, वैवस्वत मनु अथवा प्राचनेस मनुद्वारा रचिएको होइन। मनुस्मृतिबाट यो पनि थाह लाग्छ कि स्वायंभुव मनुका मूलशास्त्रको आश्रय गरेर भृगुले स्मृतिलाई नयाँ रूप दिए, जो प्रचलित मनुस्मृतिको नामले प्रसिद्ध छ। यो भार्गवीया मनुस्मृति जस्तै नारदीया मनुस्मृति पनि प्रचलित छ।

मनुस्मृति’ त्यो धर्मशास्त्र हो जसको मान्यता जगविख्यात छ। न केवल भारतमा अपितु अन्य देशहरूमा पनि यसका प्रमाणहरूको आधारमा निर्णयहरू भएकाछन् र आज पनि भइरहेछन्। हिन्दूहरू धर्मशास्त्रको रूपमा मनुस्मृतिलाई विश्वको अमूल्य निधि मान्दछन्। भारतमा वेदहरूका उपरान्त सर्वाधिक मान्यता र प्रचलन ‘मनुस्मृति’को नैं हुन्छ। यसमा चारै वर्ण, चारै आश्रम, सोह्र संस्कार तथा सृष्टि उत्पत्तिका अतिरिक्त राज्यको व्यवस्था, राजाको कर्तव्य, धेरै प्रकारका वाद-विवादहरू, सेनाको प्रबन्ध आदि सबै विषयहरूमा परामर्श दिएकोछ जो कि मानव मात्रको जीवनमा घटित हुन सम्भव छ यो सबै धर्म-व्यवस्था वेदमा आधारित छ। मनु महाराजको जीवन र उनको रचनाकालका विषयमा इतिहास-पुराणहरू स्पष्ट छैनन्। तथापि सबै एक स्वरले स्वीकार गर्दछन् कि मनु आदिपुरुष थिए र उनको यो शास्त्र आदिःशास्त्र हो। मनुका समस्त मान्यताहरू सत्य हुनुका साथ-साथ देश, काल तथा जाति बन्धनले रहित भएको कुरा हिन्दू धर्मका पण्डितहरू बताउँदछन्।

भूमिका[सम्पादन गर्ने]

‘मनुस्मृति’ भारतीय संस्कृतिको अभिन्न अङ्ग हो। यसको गणना विश्वका यस्ता ग्रन्थहरूमा गरिन्छ, जसबाट मानवले वैयक्तिक आचरण र समाज रचनाको लागि प्रेरणा प्राप्त गरेकोछ। यसमा प्रश्न केवल धार्मिक आस्था वा विश्वासको छैन। मानव जीवनको आवश्यकताहरूको पूर्ति, सबै प्रकारका आपसी सहयोग र सुरुचिपूर्ण ढंगले हुनसकोस्, यो अपेक्षा र आकांक्षा प्रत्येक सामाजिक व्यक्तिमा हुन्छ। विदेशमा यस विषयमा पर्याप्त खोज भयो, तुलनात्मक अध्ययन भयो, र समालोचनाहरू पनि भए। हिन्दू समाजमा यसको स्थान वेदत्रयीको उपरांत छ। मनुस्मृतिका धेरैवटा संस्करण उपलब्ध छन्। कालान्तरमा धेरै प्रक्षेप(परिवर्तन) हुनु स्वाभाविक हो। पछाडि जोडिएका अंशहरू छुट्याउन साधारण व्यक्तिले सक्तैनन्। ठूला विद्वानहरूले मात्र तुलनात्मक अध्ययन गरेपछि यस्तो गर्न सक्लान्।

मनुस्मृतिका प्रणेता एवं काल[सम्पादन गर्ने]

मनुस्मृतिकोके काल एवं प्रणेताको विषयमा नवीन अनुसंधानकारी विद्वानहरूले पर्याप्त विचार गरेकाछन्। कसैको मत यो छ कि "मानव" चरण (वैदिक शाखा)मा आधारित भएको कारण यस ग्रन्थको नाम मनुस्मृति भएको हो। कसैले भन्छन्- मनुस्मृतिभन्दा पहिला कुनै मानव धर्मसूत्र थियो (जसरी मानव गृह्यसूत्र आदि छन्) जसको आश्रय लिएर कसैले एक मूल मनुस्मृति बनायो जो पछि गएर परिवर्तन् हुँदैर वर्तमान रूपमा प्रचलित भयो। मनुस्मृतिका अनेक मत वा वाक्य जो निरुक्त, महाभारतादि प्राचीन ग्रन्थमा पाइंदैनन्, यसका कारणमाथि विचार गर्दा धेरै उत्तर प्रतिभासित हुन्छन्। यस प्रकारक अनेक तथ्यहरू बूहलर (Buhler, G.) (सैक्रेड बुक्स अफ ईस्ट सीरीज, संख्या २५), मदृ मदृ काणे (हिस्ट्री अफ धर्मणात्रमा मनुप्रकरण) आदि विद्वानहरूले पर्याप्त विवेचना गरेकाछन्। यो अनुमान तर्कसंगत प्रतीत हुन्छ कि मनुको नामले धर्मशास्त्रीय विषय परक वाक्य समाजमा प्रचलित थिए, जसको निर्देश महाभारतादिमा छ तथा जुन वचनको आश्रय लिएर वर्तमान मनुसंहिता बनाइयो, साथै प्रसिद्धिको लागि भृगु नामक प्राचीन ऋषिको नाम यसको साथ जोडियो। मनुभन्दा अघि पनि धर्मशास्त्रकार थिए, यो मनुको "एके" आदि शब्दहरूबाट नैं ज्ञात भएको हो। कौटिल्यले "मानवा: (मनुमतानुयायीहरू)को उल्लेख गरेकाछन्।

पाश्चात्य विद्वानहरूको मत अनुसार मनु परम्पराको प्राचीनता भएर पनि वर्तमान मनुस्मृति ईसा पूर्व चतुर्थ शताब्दीभन्दा प्राचीन होइन(यो कुरा अलग हो कि यसमा प्राचीनतर कालका अनेक कुराहरू संगृहीत भएका छन्) यो बात यवन, शक, कांबोज, चीन आदि जातिहरूको निर्देशबाट ज्ञात हुन्छ। यो पनि निश्चित छ कि स्मृतिको वर्तमान रूप द्वितीय शताब्दी ईसा पूर्वसम्ममा दृढ बनाइयो र यस पछि यसमा कुनै परिवर्तन् गरिएन।

मनुस्मृतिको संरचना एवं विषयवस्तु[सम्पादन गर्ने]

मनुस्मृति भारतीय आचार-संहिताको विश्वकोश हो, मनुस्मृतिमा बारह अध्याय तथा दुई हजार पाँच सय श्लोकहरू छन्, जसमा सृष्टिको उत्पत्ति, संस्कार, नित्य र नैमित्तिक कर्म, आश्रमधर्म, वर्णधर्म, राजधर्म तथा प्रायश्चित आदि विषयहरूको उल्लेख छ। ब्रिटिश शासकहरूले पनि मनुस्मृतिलाई नैं आधार बनाएर 'इण्डियन पेनल कोड' बनाए तथा स्वतन्त्र भारतको संविधानसभाले पनि संविधान बनाउँदा यसै स्मृतिलाई प्रमुख आधार मानेकाथिए।

(१) जगतको उत्पत्ति;

(२) संस्कारविधि; व्रतचर्या, उपचार;

(३) स्नान, विवाहलक्षण, महायज्ञ, श्राद्धकल्प;

(४) वृत्तिलक्षण, स्नातक व्रत;

(५) भक्ष्याभक्ष्य, शौच, अशुद्धि, स्त्रीधर्म;

(६) वानप्रस्थ, मोक्ष, संन्यास;

(७) राजधर्म;

(८) कार्यविनिर्णय, साक्षिप्रश्नविधान;

(९) स्त्रीपुंसधर्म, विभाग धर्म, धूत, कंटकशोधन, वैश्यशूद्रोपचार;

(१०) संकीर्णजाति, आपद्धर्म;

(११) प्रायश्चित्त;

(१२) संसारगति, कर्म, कर्मगुणदोष, देशजाति, कुलधर्म, निश्रेयस।

टीकाहरू[सम्पादन गर्ने]

मनुमाथिकई व्याख्याहरू प्रचलित छन्--(1) पेधातिथिकृत भाष्य; (2) कुल्लूककृत मन्वर्थ मुक्ताव ली टीका; (3) नारायणकृत मन्वर्थ विवृत्ति टीका; (4) राघवानन्द कृत मन्वर्थ चंद्रिका टीका; (5) नंदनकृत नन्दिनी टीका; (6) गोविंदराज कृत मन्वाशयानसारिणी टीका आदि। मनुका अनेक टीकाकारहरूको नाम ज्ञात छन्, जसका टीकाहरू लुप्त भए, जस्तै--असहाय, भर्तृयज्ञ, यज्वा, उपाध्याय ऋजु, विष्णुस्वामी, उदयकर, भारुचि या भागुरि, भोजदेव धरणीधर आदि।

महत्व[सम्पादन गर्ने]

भारतमा वेदहरूको उपरान्त सर्वाधिक मान्यता र प्रचलन ‘मनुस्मृति’को नैं छ। यसमा चारै वर्ण, चारै आश्रम, सोह्र संस्कार तथा सृष्टि उत्पत्तिका अतिरिक्त राज्यको व्यवस्था, राजाको कर्तव्य, धेरै प्रकारका वाद-विवादहरू, सेनाको प्रबन्ध आदि सबै विषयहरूमा परामर्श दिएकोछ जो कि मानव मात्रको जीवनमा घटित हुन सम्भव छ यो सबै धर्म-व्यवस्था वेदमा आधारित छ। मनु महाराजको जीवन र उनको रचनाकालका विषयमा इतिहास-पुराणहरू स्पष्ट छैनन्। तथापि सबै एक स्वरले स्वीकार गर्दछन् कि मनु आदिपुरुष थिए र उनको यो शास्त्र आदिःशास्त्र हो। मनुका समस्त मान्यताहरू सत्य हुनुका साथ-साथ देश, काल तथा जाति बन्धनले रहित भएको कुरा हिन्दू धर्मका पण्डितहरू बताउँदछन्

मनुस्मृतिका केही छानिएका श्लोक[सम्पादन गर्ने]

धृति क्षमा दमोस्तेयं, शौचं इन्द्रियनिग्रहः धीर्विद्या सत्यं अक्रोधो, दशकं धर्म लक्षणम ॥ ( धर्मका दस लक्षण छन् - धैर्य , क्षमा , संयम , चोरी नगर्नु, स्वच्छता , इन्द्रियहरूलाई वशमा राख्नु , बुद्धि , विद्या , सत्य र क्रोध नगर्नु ( अक्रोध ) )

नास्य छिद्रं परो विद्याच्छिद्रं विद्यात्परस्य तु। गूहेत्कूर्म इवांगानि रक्षेद्विवरमात्मन: ॥ वकवच्चिन्तयेदर्थान् सिंहवच्च पराक्रमेत्। वृकवच्चावलुम्पेत शशवच्च विनिष्पतेत् ॥

कुनै पनि शत्रुले आफ्नो छिद्र (निर्बलता)लाई नजानोस् र स्वयं शत्रुका छिद्रहरूलाई जान्नु, जसरी कछुआ आफ्नो अंगहरूलाई गुप्त राख्छ, त्यसै गरी शत्रु प्रवेश गर्ने छिद्रको गुप्त राख्नु। जसरी बकुल्लोले ध्यानमग्न भएर माछा पक्रिने गर्छ, त्यसरी अर्थसंग्रहको विचार गर्नु, शस्त्र र बलको वृद्धि गरेर शत्रुलाई जीतनको लागि सिंहको समान पराक्रम गर्नु। चितुवाको समान लुकेर शत्रुहरूलाई पक्रिनु र नजीकबाट आएका बलवान शत्रुहरूसित शश (खरायो)को समान भाग्नु र पछि उनीहरूलाई छल गरी पक्रिनु।

नोच्छिष्ठं कस्यचिद्दद्यान्नाद्याचैव तथान्तरा। न चैवात्यशनं कुर्यान्न चोच्छिष्ट: क्वचिद् व्रजेत् ॥

न कसैलाई आफ्नो जूठो पदार्थ दिनु र न कसैको भोजन खानु, न अधिक भोजन गर्नु र न भोजन गरे पश्चात हात-मुख नधोई यता उता जानु।

तैलक्षौमे चिताधूमे मिथुने क्षौरकर्मणि। तावद्भवति चांडाल: यावद् स्नानं न समाचरेत ॥

अर्थ - तेल-मालिश गरेपछि, चिताको धूंवामा बसेपछि, मिथुन (संभोग) गरेपछि र केश-मुंडन पश्चात - व्यक्ति तबसम्म चांडाल (अपवित्र) रहन्छ जब सम्म स्नान गर्दैन- अर्थात् यी कामहरूपछि नुहाउनु जरूरी छ।