कामसूत्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कामसूत्र महर्षि वात्स्यायनद्वारा लिखित तथा विश्व प्रसिद्ध प्राचीन कामशास्त्र (Sexology) हो । महर्षि वात्स्यायनको कामसूत्र विश्वको प्रथम यौन संहिता मानिएको छ । सात भाग (अधिकरण), ३६ अध्याय, ६४ प्रकरणमा बाँडिएको यो ग्रन्थ स्त्री र पुरुष दुबैले समानरूपमा अध्ययन र मनन गर्नुपर्ने बताईएको छ । आलिँगन, चुम्बन, स्पर्श, दाँत र नङ्को प्रयोग, सित्कार, यौन अङ्गको आधारमा स्त्री र पुरुषको वर्गीकरण, स्त्री र पुरुषमा हुनुपर्ने ६४ कला, वर्जित सम्बन्ध, स्वीकृत सम्बन्ध देखि कामक्रियाको समयमा अपनाउनुपर्ने विधि बारेमा वर्णन गरिएको यस ग्रन्थको विश्वका प्रायः सबैजसो भाषामा अनुवाद र उद्दरण गरिएको पाईन्छ ।[१]

काम सूत्रका सात भाग[सम्पादन गर्नुहोस्]

कामसूत्रको ७ भागहरू देहाय बमोजिम रहेका छन:-

कामदेव र रति
  • १ सामान्य परिचय
  • २ इच्छा तथा मिलन
  • ३ पत्नि विवाह
  • ४ पति पत्निको कर्तव्य
  • ५ परस्त्री संबन्ध
  • ६ सेवक सेविका संबन्ध
  • ७ व्यतित्व परिमार्जन

स्त्री /पुरुषको रूप, अङ्ग, श्रृगार, व्यवहार, व्यक्तित्व, स्त्री पुरुषको सम्बन्ध र रतिराग का विषयमा विवेचना गरिएको यस ग्रन्थको प्रभाव भारतीय कला, शिल्पकला एवं साहित्यमा पनि देखिन्छ । राजस्थान का दुर्लभ यौन चित्रकारी तथा खाजुराह, कोणार्क आदि का जीवन्त शिल्पकला पनि कामसूत्रबाट प्रभावित छ । रीतिकालीन कविहरूले कामसूत्रको मनमोहक झांकि प्रस्तुत गरेका छन । गीत गोविन्द का गायक जयदेवले लघु पुस्तिका ‘रतिमंजरी’मा कामसूत्र का सार संक्षेप प्रस्तुत गरेका छन ।

नारीका चार भाग[सम्पादन गर्नुहोस्]

महर्षि वात्सायनले आफ्नो कृति कामसूत्रमा नारीलाई ४ प्रकारमा वर्गीकरण गरेका छन्, ती हुन् :[१]

  • पद्मिनी: यस वर्गका स्त्रीको शरीर न धेरै अग्लो न त धेरै होचो अर्थात् ठिक्कको हुन्छ। स्त्री मध्ये यी सर्वश्रेष्ठ वर्गमा पर्छन्। यिनका आँखा हरिणका जस्ता, तिलको फूल जस्तो सलक्क परेको स-साना पोहरा भएको नाक हुन्छ । मुहार पूर्णिमाको चन्द्रमाको जस्तो चम्किलो र बोली विनम्र हुन्छ । यिनको पुष्ट र ठाडा स्तन केशराशी कालो र चिल्लो हुन्छ अनि शरीरबाट कमलको सुगन्ध जस्तो बासनायुक्त हुन्छ । यिनको कम्मर सिंहको जस्तो खिरिलो, कमलको फूलको नालजस्ता पातला लामा औँला भएका, झन्डै घुँडासम्म छोइने सिलिक्क परेको हात, हात्तीको सूँडजस्ता तिघ्रा, गुलाफी ओठ, धनुषजस्तो आँखीभौँ अनि राजहंस जस्तो लचकदार चाल हुन्छ।
  • चित्रिणी:

यस वर्गमा पर्ने नारीका सबै अङ्ग सुन्दर हुन्छन्। यिनको उचाई, मोटाई, स्तर, केशराशि र नाक-नक्सा पनि पद्मिनी वर्गकै स्त्रीको जस्तो हुन्छ। तर, यिनका आँखा ठूला रमादकतापूर्ण हुन्छन्। शरीरको रङ सुनझैँ पहेँला, मोटा तिघ्रा र छरितो शरीर हुन्छ। यिनको शरीरबाट महको सुगन्ध आउँछ।

  • शङ्खिनी:

यस वर्गका स्त्री पनि पद्मिनी वर्गका जस्तै मृगनयनी हुन्छन्। तर, आँखा पद्मिनीभन्दा केही ठूला र हेर्दा शीतल दिने खालका हुन्छन् । यिनका वक्ष कठोर र ठूला हुन्छन्। अनि, शरीरबाट खरानीको गन्ध आउँछ। यिनको घाँटीमा तीनवटा रेखा हुन्छन्। यी मृदुभाषी र निर्भयी हुन्छन् । यिनीहरू मोटा, अग्ला र फराकिलो नितम्ब भएका हुन्छन्।

  • हस्तिनी:

यी शारीरिकरूपमा मोटा र अग्ला हुन्छन्। रक्तिम आँखा भएका, केशराशि ठाडा, खस्रा, मोटा, कैला र हाँगा फाटेका हुन्छन्। यिनको नाकको पोहरा ठूल्ठूला मोटा नितम्ब, डल्ला तिघ्रा, काँध साना र मोटा हुन्छन् भने यिनको शरीरबाट मदिराको गन्ध आउँछ।

काम-विषयक अन्य प्राचीन ग्रन्थ[सम्पादन गर्नुहोस्]

  • ज्योतिरीश्वर कृत पंचसायक :- मिथिलानरेश हरिसिंहदेवका सभापण्डित कविशेखर ज्योतिरीश्वरद्वारा प्राचीन कामशास्त्रीय ग्रन्थहरूलाई आधार ग्रहण गरी यस ग्रन्थको रचना गरेका हुन्। ७ अध्याय तथा ३९६ श्लोकमा सङ्ग्रहिति यो ग्रन्थ लोकप्रिय रहेको छ।
  • पद्मश्रीग्यान कृत नागरसर्वस्व:- कलामर्मग्य ब्राह्मण विद्वान वासुदेवबाट प्रेरित भै बौद्धभिक्षु पद्मश्रीग्यान दशौँ शताब्दि तिर रचित यसमा ३८ परिच्छेद भित्र ३१३ श्लोक छन्।
  • जयदेव कृत रतिमंजरी :- एकदमै सानो आकारमा रहेको ६० श्लोकमा वर्णित यस लघु ग्रन्थ साहित्यमा अति नै प्रचलित छ।
  • कोक्कोक कृत रतिरहस्य(Ratirahasya) :-वात्सायनको कामसूत्र पछि सर्वाधिक प्रसिद्दि प्राप्त यस ग्रन्थको रचना दशौँ शताब्दिको अन्त तिरमानिएको छ । यसको नाम, यसको रचना कोक्कोक(पारिभद्रका नाति एंव तेजोकका पुत्र)बाट भएको छ। यसको प्रसिद्धिको कारण कतै कतै यौन शास्त्रलाई नैकोक शास्त्र पनि भन्ने चलन छ । यसमा १५ अध्याय र ५५५ श्लोकहरू छन । कामसूत्र केही जटिल तथा सङ्केतात्मक भएकोले रतिरहस्यको प्रसिद्दि बढेको भनाई छ । पश्चिमी विद्वानहरूले कामसूत्रको पनि खोज गर्नु अघिको समयमा भारतिय उपमहाद्वीपमा रतिरहस्य वढि प्रचलित रहेको थियो। कामसूत्र कामदेवलाई अर्पण गरिएको छ भने रतिरहस्य कामदेव का स्त्री रति लाई अर्पण गरिएको छ । कामसूत्रमा ४ अङ्कलाई प्रधान मानिएको छ भने यसमा ५ अङ्कलाई प्रधान मानिएको छ।
  • कल्याणमल्ल कृत अनंगरंग:- लोदिवंश का मुस्लिम शासक अहमद खान का पुत्र लाड खानको कौतुहलता साम्य पार्न प्रचलित कामशास्त्रहरूमा आधारित यस ग्रन्थको रचना भूप मुनिका नामले प्रसिद्ध कलाविदग्ध कल्याणमल्लद्वारा भएको विश्वास गरिन्छ। यस ग्रन्थ १० अध्याय रहेका छन् । [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]