नारद पुराण

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
नारद पुराण  
150px
नारद पुराण, गीताप्रेस गोरखपुरको आवरण पृष्ठ
लेखक वेदव्यास
देश भारत
भाषा संस्कृत
शृंखला पुराण
विषय विष्णु भक्ति
प्रकार हिन्दू धार्मिक ग्रन्थ
पृष्ठ २२,००० श्लोक

नारद पुराण स्वयं महर्षि नारदको मुखले भनिएको एक वैष्णव पुराण हो।महर्षि व्यास द्वारा लिपिबद्धगरिएको १८ पुराणहरूमध्येको एक हो। प्रारंभमा यो २५,००० श्लोकहरूको संग्रह थियो तर वर्तमानमा उपलब्ध संस्करणमा केवल २२,००० श्लोकहरू मात्र उपलब्ध छन्।[१] यस पुराणका विषयमा भनिन्छ कि यसको श्रवण गर्नाले पापी व्यक्ति पनि पाप मुक्त हुन्छन्। पापीहरूको उल्लेख गर्दै भनिएकोछ-जो व्यक्ति ब्रह्महत्याको दोषी हुन्छ, मदिरापान गर्दछ, मासु भक्षण गर्दछ, वेश्यागमन गर्दछ, तामसिक भोजन खान्छ तथा चोरी गर्दछ; त्यो पापी हो। यस पुराणको प्रतिपाद्य विषय हो विष्णु भक्ति। संपूर्ण नारद पुराण दुइ प्रमुख भागहरूमा विभाजित छ। पहिलो भागमा चार अध्याय छन् जसमा सुत र शौनकको संवाद छ, ब्रह्मांडको उत्पत्ति, विलय, शुकदेवको जन्म, मन्त्रोच्चारको शिक्षा, पूजाको कर्मकांड, विभिन्न मासहरूमा पर्ने विभिन्न व्रतहरूको अनुष्ठानहरूको विधि र फल दिइएकाछ। दूसरे भागमा भगवान विष्णु के अनेक अवतारों की कथाएँ हैं।[२] यो पुराण यस दृष्टिले काफी महत्त्वपूर्ण छ कि यसमा अठारह पुराणहरूको अनुक्रमणिका दिइएकोछ।

भाग[सम्पादन गर्ने]

यस बाकसलाई: हेर्नुहोस्  संवाद  सम्पादन

हिन्दू धर्म
माथि एक श्रेणीको भाग

Om
इतिहास · देवता
सम्प्रदाय · आगम
विश्वास र दर्शनशास्त्र
पुनर्जन्म · मोक्ष
कर्म · पूजा · माया
दर्शन · धर्म
वेदान्त ·योग
शाकाहार  · आयुर्वेद
युग · संस्कार
भक्ति {{हिन्दू दर्शन}}
ग्रन्थ
वेदसंहिता · वेदांग
ब्राह्मणग्रन्थ · आरण्यक
उपनिषद् · श्रीमद्भगवद्गीता
रामायण · महाभारत
सूत्र · पुराण
शिक्षापत्री · वचनामृत
सम्बन्धित विषय
दैवी धर्म ·
विश्वमा हिन्दू धर्म
गुरु · मन्दिर देवस्थान
यज्ञ · मन्त्र
शब्दकोष · हिन्दू पर्व
विग्रह
प्रवेशद्वार: हिन्दू धर्म

HinduSwastika.svg

हिन्दू मापन प्रणाली

नारद पुराण दुइ भागहरूमा विभक्त छ- पूर्व भाग र उत्तर भाग।

पूर्व भाग[सम्पादन गर्ने]

पूर्व भागमा एक सौ पच्चीस अध्याय छन्।[३] यस भागमा ज्ञानका विविध सोपानहरूको सांगोपांग वर्णन प्राप्त हुन्छ। ऐतिहासिक गाथाहरू, गोपनीय धार्मिक अनुष्ठान, धर्मको स्वरूप, भक्तिको महत्त्व दर्शाउने विचित्र र विलक्षण कथाहरू, व्याकरण, निरूक्त, ज्योतिष, मन्त्र विज्ञान, बाह्र महीनाका व्रत-तिथिहरू साथ जोडिएका कथाहरू, एकादशी व्रत माहात्म्य, गंगा माहात्म्य तथा ब्रह्माका मानस पुत्रहरू-सनक, सनन्दन, सनातन, सनत्कुमार आदिको नारदसितको संवादको विस्तृत, अलौकिक र महत्त्वपूर्ण आख्यान यसमा प्राप्त हुन्छ। अठारह पुराणहरूको सूची र उनका मन्त्रहरू संख्याको उल्लेख पनि यस भागमा संकलित छ।

उत्तर भाग[सम्पादन गर्ने]

उत्तर भागमा बयासी अध्याय सम्मिलित छन्।[३] यस भागमा महर्षि वसिष्ठ र ऋषि मान्धाताको व्याख्या प्राप्त हुन्छ। यहाँ वेदहरूका छः अंगहरूको विश्लेषण छ। यी अंग हुन्- शिक्षा, कल्प, व्याकरण, निरूक्त, छंद र ज्योतिष।

शिक्षा
शिक्षाका अंतर्गत मुख्य रूपले स्वर, वर्ण आदिको उच्चारण विधिको विवेचन छ। मन्त्रहरूको तान, राग, स्वर, ग्राम र मूर्च्छता आदिको लक्षण, मन्त्रहरूका ऋषि, छंद एवं देवताहरूको परिचय तथा गणेश पूजाको विधान यसमा बताइएको छ।
कल्प
कल्पमा हवन एवं यज्ञादि अनुष्ठानहरूका सम्बंधमा चर्चा गरिएकोछ। यसका अतिरिक्त चौदह मन्वन्तरको एक काल वा ४ लाख ३२ हजार वर्ष हुन्छन्। यसलाई ब्रह्माको एक दिन भनिन्छ। अर्थात् काल गणनाको उल्लेख तथा विवेचन पनि गरिन्छ।
व्याकरण
व्याकरणमा शब्दहरूका रूप तथा उनको सिद्धि आदिको पूरा विवेचन गरिएकोछ।
निरुक्त
यसमा शब्दहरूका निर्वाचनमाथि विचार गरिएकोछ। शब्दहरूका रूढ यौगिक र योगारूढ स्वरूपलाई यसमा बुझाइएको छ।
ज्योतिष
ज्योतिष अन्तर्गत गणित अर्थात् सिद्धान्त भाग, जातक अर्थात् होरा स्कंध अथवा ग्रह-नक्षत्रहरूको फल, ग्रहहरूको गति, सूर्य संक्रमण आदि विषयहरूको ज्ञान आउँछ।
छन्द
छन्द अन्तर्गत वैदिक र लौकिक छंदहरूका लक्षण आदिको वर्णन गरिन्छ। यी छन्दहरूलाई वेदहरूका चरण(गोडा) भनिएको छ, किन कि यी बिना वेदहरूको गति हुँदैन। छन्दहरू बिना वेदहरूका ऋचाको सस्वर पाठ हुन सक्तैन। यसकारण वेदहरूलाइ 'छान्दस' पनि भनिन्छ। वैदिक छन्दहरूमा गायत्री, शम्बरी र अतिशम्बरी आदि भेद हुन्छन्, जबकि लौकिक छन्दहरूमा 'मात्रिक' र 'वार्णिक' हुन्छन्। भारतीय गुरूकुल अथवा आश्रमहरूमा शिष्यहरूलाई चौदह विद्याहरू सिकाइन्थ्यो- चार वेद, छः वेदांग, पुराण, इतिहास, न्याय र धर्म शास्त्र

सामाग्री[सम्पादन गर्ने]

अतिथिलाई देवताको समान मानिन्छ। अतिथिको स्वागत देवार्चन सम्झेर गरिनुपर्छ वर्णहरू र आश्रमहरूको महत्त्व प्रतिपादित गर्दै यस पुराणले ब्राह्मणलाई चार वर्णहरूमा सर्वश्रेष्ठ मान्दछ। ब्राह्मणसित भेंट हुँदा सदैव उनलाई नमन गर्नुपर्छ। क्षत्रियको कार्य ब्राह्मणहरूको रक्षा गर्नु हो तथा वैश्यको कार्य ब्राह्मणहरूलाई भरण-पोषण र उनीहरूको इच्छाको पूर्ति गर्नु हो।[३] दण्ड-विधान, विवाह तथा अन्य सबै कर्मकाण्डमा ब्राह्मणहरूलाई छूट र शूद्रहरूलाई कठोर दण्ड दिने कुअराको उल्लेख गरिएको छ।आश्रम व्यवस्था अंतर्गत ब्रह्मचर्यको कठोरता सित पालन गर्न तथा गृहस्थाश्रममा प्रवेश गर्नेहरूलाई अन्य तीन आश्रमहरू (ब्रह्मचर्य, वानप्रस्थसन्यास)मा विचरण गर्ने हरूको ध्यान राख्ने कुरा बताइएको छ। यस प्रकार वर्णाश्रम व्यवस्थाम यस पुराणले ब्राह्मणहरूको सर्वाधिक पक्ष लिएको देखिन्छ। क्षत्रिय र वैश्यहरूप्रति यसको स्वार्थी दृष्टिकोण छ जब कि शूद्रहरूप्रति कठोरताको व्यवहार प्रतिपादित छ, जसले गर्दा हिन्दू समाजमा भयङ्कर भेदभावलाई बल मिल्ने गर्छ।

यस पुराणमा गंगावतरणको प्रसँग र गंगाको किनारमा स्थित तीर्थहरूको महत्त्व विस्तारसित वर्णित गरिएको छ। सूर्यवंशी राजा बाहुका पुत्र सगर थिए। विमाता द्वारा विष दिंदा उनको नाम 'सगर' भएको थियो। सगरद्वारा शकयवन जातिहरूसित युद्धको वर्णन पनि यस पुराणमा पाइन्छ। सगर वंशमा नै भगीरथ भए। उनको प्रयासले गंगा स्वर्गबाट पृथ्वीमा आएको बताइन्छ। यसकारण गंगालाई 'भागीरथी' पनि भनिन्छ। पुराणमा विष्णुको पूजाको साथ-साथ रामको पूजाको पनि विधान प्राप्त हुन्छ। हनुमानकृष्ण उपासनाका विधिहरू पनि बताइएकोछ।[३] कालीशिवको पूजाका मन्त्र पनि दिइएका छन्। प्रमुख रूपले यो वैष्णव पुराण हो। यस पुराणका अन्तमा गोहत्या र देव निन्दालाई जघन्य पाप मानेर भनिएको छ कि 'नारद पुराण'को पाठ यस्ता मानिसहरूका सम्मुख कदापि गरिनु हुँदैन।

सन्दर्भ[सम्पादन गर्ने]

  1. "Indore Festivals" (in अङ्ग्रेजी) (एचटीएमएल) 
  2. "संत नारद" (in अङ्ग्रेजी) (एएसपी) 
  3. ३.० ३.१ ३.२ ३.३ नारद पुराण।भगवान होमपेज

टीका टिप्पणी[सम्पादन गर्ने]

   क.    ^ नारदोक्तम् पुराणं तु नारदीयं प्रयच्छते।

अतिरिक्त पठन[सम्पादन गर्ने]


हिन्दू पुराणहरु

स्रोत[सम्पादन गर्ने]