नृसिँह अवतार

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
भगवान नर सिँह प्राकट्य अवस्थामा स्तंभ खण्डन गर्दै

हिन्दू धर्मका अनुसार नृसिँह "नरसिँह" अवतार भगवान विष्णु चौथो अवतार हो। दैत्यराज हिरण्यकशेपुको बध गर्नको निमित्त र भक्त प्रह्लादको उदार गर्नका निमित्त विष्णु भगवानले नरसिँहावतार धारण गर्नु परेको थियो।

हिरण्यकशेपुको कथा[सम्पादन गर्ने]

हिन्दु धर्म ग्रन्थका अनुसार कश्यप ऋषिको पत्नी दितीको गर्भबाट दुईटा बालक हिरण्याक्ष र हिरण्यकशेपु पैदा भएका थिए यिनिहरू ठुले भए पछि जता ततै उप्रदव मचाउन थाले। हिरण्याक्षलाई बराह भगवानले मारेका थिए। हिरण्य कशेपुले ब्रह्मा जिको घोर तपश्या गर्दा हिरण्य कशेपुको शरिरबाट आगोको ज्वाला निस्किन्थ्यो। यो देखेर ब्रह्मा जीले हिरण्यकशेपु भएको ठाउँ गएर इछ्छा अनुसार वरदान माग्ने आज्ञा गरे यो सुनेर हिरण्यकशेपुले ब्रह्माजी सँग अमर रहने वरदान माग्यो। ब्रह्माजीले जन्मे पछि मर्नै पर्ने सृष्ठीको निएम भएकाले कोही अरु वर माग्ने आज्ञा गरे।यो सुनेर ब्रह्मा जिसँग हिरण्यकशेपुले "घरको बाहिर घरको भित्र , रातीको अँधेरोमा दिनको घाममा. आकाशमा, पातालमा, जमीनमा, नर (मानिस)बाट, यक्षबाट, गंधर्वबाट, देवताबाट, किन्नरबाट कुन्जर(जनावर)बाट, हातबाट र हतियारबाट नमर्ने वरदान माग्यो। ब्रह्माजीले हिरण्यकशेपुको तपस्या घोर भएकोले मागेको वरदान दिए। ब्रह्माजीको वरदान पाएर हिरण्यकशेपु अमर भयो। हिरण्यकशेपुले तिनैलोकमा कब्जा जमायो। सबै जगतलाई आफ्नो बसमा गर्‍यो। पुरा सृष्ठीको मालिक म नै हो। म भन्दा ठूलो अरु कोही छैन भन्ने विश्वास सबैमा दिलाउन थाल्यो। पछि गएर उसको घरमा भक्त प्रह्लादको जन्म भयो।

भक्त प्रह्लादको कथा[सम्पादन गर्ने]

भक्त प्रह्लाद दैत्य राज हिरण्य कशेपु जस्तो पाखण्डीका छोरा भएर पनि सानै उमेर देखि हरि भक्तीमा रुची राख्न थाले। यो देखेर दैत्यराज हिरण्य कशेपुले प्रह्लादलाई संसारको अधिपति आफु भएको र आफु भन्दा ठूलो कोही हरि नभएको कुरा सम्झाउन खोज्यो तर प्रह्लादले समुद्र न देखेको मानिसले कुवालाई नै ठूलो भन्छ तपाईँ त एक कुवाको भ्यागुता जस्तै कुरा गर्नु हुन्छ भनि उल्टो जवाफ दिए यो सुनेर हिरण्यकशेपु रिसाएर प्रह्लादलाई आफ्नो छोरो भएकाले मार्न सकिन्न यसलाई राक्षसी शिक्षाको कमी भयो भनेर गुरुकहाँ पढाउन पठायो तर प्रह्लाद त्यहाँ पनि पढाई छोडेर हरि भक्ती तिरै लागे गुरुले धेरै सम्झाए तर प्रह्लादले हरि भक्ती छोडेनन्। झनै त्यहाँ भएका अन्य दैत्य पुत्रहरूलाई हरि भक्तीमा लगाए। यो देखेर गुरुले पनि हार मानी दैत्य राज हिरण्यकशेपु कहाँ पठाई दिए। हिरण्यकशेपुले फेरी प्रहलादलाई सम्झाउने कोशिस गर्‍यो तर प्रह्लादले हरि भक्ती भन्दा ठूलो कोही ज्ञान छैन भन्ने कुरा व्यक्त गरे। अब हिरण्यकशेपु साह्रै रिसाएर प्रह्लादका हात खुट्टा बाँधेर हातिहरूको बाटोमा छोड्न लगायो तर हातीहरूले प्रह्लादलाई देखेर कुचल्न सकेनन्। तब हिरण्य कशेपुले प्रह्लादलाई बाँधेर समुद्रमा बगाउन लगायो। प्रह्लादलाई सागरमा बगाईयो तर हरिकृपा, विष्णु भगवान स्वयं आएर प्रह्लादलाई बचाए। प्रह्लादलाई ज्ञान दिएर भगवान अन्तर्ध्यान भए।

हिरण्य कशेपु बध[सम्पादन गर्ने]

नरसिँहावतार

केही दिनपछी हरि ज्ञान प्राप्त गरेर प्रह्लाद घर फर्किए। प्रह्लादलाई देखेर हिरण्यकशेपु फेरी प्रह्लादलाई सम्झाउन लाग्यो। तब प्रह्लादले हरि भन्दा ठूलो कोही नभएको र हरि सबै ठाउँमा रहेको कुरा दोहराए। रिसले चुर भएको हिरण्यकशेपुले "यदी तेरो हरी सबै ठाउँमा छ भने मेरो साम्ने हरिलाई देखा" भन्यो। तब प्रह्लादले हरिको ध्यान गर्दै बिष्णुको आवाहन गरे। केही छिनमै भगवान विष्णु खम्बाबाट नृसिँह अवतारमा प्रकट भए। यो देखेर हिरण्यकशेपुले खम्बालाई तरवारले काट्यो। तब भगवान नूसिँह पनि रिसाएर हिरण्यकशेपुलाई मार्न अघाडी सरे नृसिँह भगवानको आधा शरिर सिँहको र आधा शरिर मान्छेको थियो। यसो भएकाले उनी न जनावर थिए न मान्छे। जतिखेर हिरण्यकशेपुलाई मारियो त्यो समय संध्या समय थियो त्यो समयमा न त घाम थियो न रातको अँधेरो। तब सबै विधी मिलाएर भगवान नरसिँहले हिरण्य कशेपुलाई घरको वीच ढोकामा आफ्नो काखमाथी राखेर नँग्रा धसी मारे। ब्रह्माजीको सबै वाचा मिलाएर मारे पछि गएर नरसिँहको क्रोधले सारा संसार जल्न लाग्यो। नरसिँहको क्रोध शान्त पार्न ब्रह्मा, शिव, लक्ष्मी आदी देवी देवताहरू आएर प्राथना गरे तर क्रोध झन बढ्दै गयो। अंतमा प्रह्लादले प्रार्थना गर्दा नरसिँहको कोप शान्त भयो। प्रह्लाई ज्ञान दिएर नृसिँह भगवान अन्तर्ध्यान भए। प्रह्लादले पनि हरि भक्तीमा ध्यान दिएर राज पाठ सम्हाले। प्रह्लादलाई ज्ञान सिकाउनको निमित्त भगवान विष्णूले दत्तात्रय अवतार लिएका थिए। दत्तात्रयले पनि प्रह्लादलाई धेरै ज्ञान सिकाएका थिए।[१] 100px

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. पृष्ठको सबै सामाग्री सुब्बा होमनाथ केदारनाथ कृत सुकसागरबाट लिएको

हेर्नुहोस्[सम्पादन गर्ने]