टिकाराम सुब्बा लेप्चा
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
इलाम, आइतबारे पञ्चकन्या निवासी टीकाराम सुब्बा लेप्चा समानुपातिकतर्फ नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। ५४ वर्षीय लेप्चाले २०३० सालमा विद्यार्थी राजनीतिमार्फत आफ्नो राजनैतिक यात्रा शुरु गर्नुभएको हो। आफ्ना बुबा कांग्रेसमा सक्रिय रहनुभएकाले उहाँ राजनीतिमा लाग्न प्रेरित हुनुभएको थियो। २०३६ सालमा जनमतसंग्रहका सन्दर्भमा तत्कालीन स्वास्थ्यमन्त्रीसँग झगडा र कुटपीट भएपछि उहाँ १० वर्षसम्म भारत, आसाममा निर्वासित हुनुभएको थियो। नेपाली काङ्ग्रेस क्षेत्र नं.१ का क्षेत्रीय सभापति लेप्चाले यसअघिका संसदीय निर्वाचनहरूमा उम्मेदवारी दिनुभएको छैन। एसएलसी सम्मको अध्ययन गर्नुभएका सभासद लेप्चा अविवाहित हुनुहुन्छ। राजनीति बाहेक ठेक्कापट्टा र व्यापार उहाँको पेशा हो भने साहित्य लेखन रुचिको विषय। उहाँ आफ्नो पुस्तक प्रकाशनको तयारीमा हुनुहुन्छ। लेप्चा जातिको हकहितका निम्ति क्रियाशील रहँदै आएका उहाँ लेप्चा उत्थान मञ्चका महासचिव तथा थेन्सुङ गुम्वा समितिका सल्लाहकार रहनुभएको छ। प्रजातन्त्र प्रतिको प्रतिबद्धता, राजनैतिक इमान्दारी र जनतासँगको निकत सम्पर्कले आफूलाई संविधानसभामा पुर्याएको ठान्ने लेप्चाले संविधानसभामा आदिवासी, विशेष गरी लेप्चा जातिको अधिकार सुनिश्चित गर्ने कार्यमा आफ्ना प्रयास केन्द्रित गर्ने अठोट गर्नुभएको छ।