लोमान्थाङ गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लोमान्थाङ
मुस्ताङ जिल्लामा अवस्थित लोमान्थाङको एक दृश्य
मुस्ताङ जिल्लामा अवस्थित लोमान्थाङको एक दृश्य
लोमान्थाङको झण्डा
लोमान्थाङको आधिकारिक छाप
लोमान्थाङ गाउँपालिकाको वडा विभाजनको अवस्थिति
लोमान्थाङ गाउँपालिकाको वडा विभाजन
देश नेपाल
प्रदेशप्रदेश नं. ४
जिल्लामुस्ताङ जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षसुवर्णकुमार बिष्ट (नेपाली काँग्रेस)
 • उपाध्यक्षपेमाडोल्मा बिष्ट (नेपाली काँग्रेस)
 • कार्यकारी-
क्षेत्रफल
 • जम्मा७२७ किमी (२८१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१,८९९
 • घनत्व२.६/किमी (६.८/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६९
केन्द्रसाविकको लोमान्थाङ गाविसको कार्यालय

लोमान्थाङ गाउँपालिका मुस्ताङ जिल्लामा अवस्थित छ ।[१][२] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा मुस्ताङ जिल्लामा साविकका लोमान्थाङ, छोसेरछोन्हुप गाउँ विकास समितिहरूलाई समेटेर लोमान्थाङ गाउँपालिका घोषणा गरिएको हो ।[३][४] लोमान्थाङ गाउँपालिकाको क्षेत्रफल ७२७ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ५ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसङ्ख्या १,८९९ रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा चीन, पश्चिममा चीन, उत्तरमा चीन र दक्षिणमा दालोमे गाउँपालिकासम्म छ ।[५]

लोमान्थाङका केही फोटोहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  3. "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७ 
  4. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  5. "गाउँपालिका र नगरपालिकाहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]