मर्स्याङ्दी गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मर्स्याङ्दी
मर्स्याङ्दी गाउँपालिकाको वडा विभाजनको अवस्थिति
मर्स्याङ्दी गाउँपालिकाको वडा विभाजन
देश नेपाल
प्रदेशप्रदेश नं. ४
जिल्लालमजुङ जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षअर्जुन गुरुङ (एमाले)
 • उपाध्यक्षहोमबहादुर बिक (माओवादी)
 • कार्यकारीधर्मराज लम्साल
क्षेत्रफल
 • जम्मा५९७.२५ किमी (२३०.६० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१८,७५९
 • घनत्व३१/किमी (८१/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-५२
केन्द्रसाविकको भुलभुले गाविसको कार्यालय

मर्स्याङ्दी गाउँपालिका लमजुङ जिल्लामा अवस्थित छ ।[१][२] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा लमजुङ जिल्लामा साविकका घनपोखरा, खुदी, ताघ्रिङ, घेर्मु, बाहुनडाँडा, सिम्पानीभुलभुले गाउँ विकास समितिहरूलाई समेटेर मर्स्याङ्दी गाउँपालिका घोषणा गरिएको हो ।[३][४]

भौगोलिक अवस्थिति[सम्पादन गर्नुहोस्]

मर्स्याङ्दी गाउँपालिकाको क्षेत्रफल ५९७.२५ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ९ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसङ्ख्या १८,७५९ रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा गोरखा जिल्लादोर्दी गाउँपालिका, पश्चिममा क्व्होलासोथार गाउँपालिकाकास्की जिल्ला, उत्तरमा मनाङ, कास्कीगोरखा जिल्ला तथा दक्षिणमा बेसीसहर नगरपालिका, दोर्दीक्व्होलासोथार गाउँपालिका रहेका छन् ।[५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  3. "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७ 
  4. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  5. "गाउँपालिका र नगरपालिकाहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]