मास

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
मास
सुकेको मासको दाना
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(श्रेणीविहीन): Angiosperms
(श्रेणीविहीन): Eudicots
(श्रेणीविहीन): Rosids
गण: Fabales
कुल: Fabaceae
उपकुल: Faboideae
Tribe: phaseoleae
वंश: Vigna
प्रजाति: V. mungo
द्विपद नाम
Vigna mungo
(L.) Hepper

मास एक दलहन बाली हो । मासलाई संस्कृतमा "माष" अथवा "बलाढ्य", बंगालीमा "माष" वा "कलाई", गुजरातीमा "अडद", मराठीमा "उडीद", पंजाबीमा "माँह", अंग्रेजी, स्पेनिशइटालियनमा "विगना मुंगो", जर्मनमा "उर्डबोहने", फ्रेंचमा "हरीकोट उर्ड", पोलिशमा "फासोला मुंगो", पुर्तगालीमा "फेजों-द-इण्डिया", हिन्दीमा "उडद" र लैटिनमा "फेसिओलस रेडिएटस" भन्दछन्।

यसको द्विदलिय बोट लगभग एक हाथ उचाँइको हुन्छ र नेपालमामा सर्वत्र धान, कोदो, कपासको खेतीसँग तथा एक्लै पनि बोएको देखिन्छ। यसबाट प्राप्त हुने दाल भोजन र औषधि, दुबैरूपमा उपयोगी हुन्छ। मास दुइ जातको हुन्छ ।

१. "कालो" अथवा "ठुलो" यो बर्षाको आरंभमा छरिन्छ, २. "हरीयो" अथवा "सानो" , यसलाई कालो मास छरेको दुई महीना पछी छरिन्छ।

यसको हरीयो फलको तरकारी र बीजको दाल, पापड, बडी इत्यादि भोज्य पदार्थ बनान्छ। आयुर्वेदको मतानुसार यसको दाल स्निग्ध, पौष्टिक, बलकारक, शुक्र, दुग्ध, मांस र मेदवर्धक, वात, श्वास र बवासीर जस्ता रोगहरूको लागी हितकर र पेट सफा गर्दछ। रासायनिक विश्लेषणहरू बाट मासमा स्टार्च ५६ प्रतिशत, अल्बुमिनाएड्स २३ प्रतिशत, तेल सवा दुई प्रतिशत र फास्फोरस ऐसिड सहित क्षार साढी चार प्रतिशत पाइएको छ।

मासको गुण चिसो हुन्छ, अतः यसको सेवन गर्दा शुद्ध घिउमा हींगको झानन लगाएर खानु उचित हुन्छ। मासमा पनि कार्बोहाइड्रेट, विटामिन्स, केल्शियम र प्रोटीन पर्याप्त मात्रामा पाइन्छ। बवासीर, गठिया, दम एवं लकवाको रोगिहरूले यसको सेवन कम गर्नु पर्छ।

प्रकार[सम्पादन गर्ने]

मास बजारमा तीन प्रकारले प्रयोगमा आउछ।

  • गेडा
  • दाल
  • धोएको
मासको दाल धोएको

संदर्भ[सम्पादन गर्ने]

  • H.K. Bakhru (1997), Foods that Heal. The Natural Way to Good Health, Orient Paperbacks, ISBN 81-222-0033-8 

बाहिरिय लिंक[सम्पादन गर्ने]