भक्ति थापा
नेपाली विकिपीडियाबाट
भक्ति थापा नेपाल अंग्रेज युद्धको बखत नेपालका बरिष्ठ सैनिक थिए । उनले झण्डै ८० बर्षको उमेरमा नेपाल अंग्रेज युद्धमा देउथलको लडाइको नेतृत्व गरेका थिए । उक्त युद्धमा अंग्रेज हमलामा परि उनको मृत्यु भएको थियो । उनको सहासको कदर कर्दै अंग्रेजले उनको शवलाई पूर्ण सैनिक सम्मानका साथ फर्काएको थियो । अंग्रेजहरूले उनको सम्मानमा एक स्मारक पनि बनाए जुन हाल भारतको उत्तरखण्ड राज्यमा अवस्थित छ । उनलाई नेपालको राष्ट्रिय विभूति मानिन्छ ।