चुलिपोखरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चुलिपोखरी मोरङ जिल्ला टाडी गाउँ विकास समिति वडा नं : ७ मा अबस्थित चुलिपोखरी ३ बिगाहा क्षेत्रफल मा फैलिएको छ । पर्यटकीय, धार्मिक, साँस्कृतिक तथा जैविक विविधताको हिसाबले एकदमै मत्वपूर्ण रहेको यस पोखरी मोरङ जिल्लाको सदरमुकाम बिराटनगरबाट करिब ७० किलोमिटर उतरपूर्व रहेको छ । महेन्द्र राजमार्गबाट करिब करिब १९ किलोमिटर उत्तर मा रहेको यस क्षेत्रमा पोखरी ,चराचुरुंगी जंगल देख्न सकिन्छ भने यहाबाट तराइको मनोरम दृश्यहरू पनि देख्न सकिन्छ । डाँडाहरूको बीचमा खाडल जस्तो परेको चुलीपोखरी क्षेत्रका स्थानिय वासिन्दाका लागि संसारी पूजा गर्ने मुख्य थलो हो । यतिमात्र नभएर भाकल मन्साउने मानिसहरु समेत यस स्थानमा आएर पोखरीको पूजा आजा गर्ने गर्दछन् । विकट स्थानमा रहेको चुलीपोखरी आसपास डाँडाहरूमा घना जंगल छ । स्थानीय चुलाचुली समुदायिक बन क्षेत्र भित्र फैलिएको यो पोखरी सुन्दरताका दृष्टिले निकै आकर्षक छ र यस क्षेत्रमा यातायातको समुचित विकास गरिएको खण्डमा आन्तरिक पर्यटकहरु यस क्षेत्रमा आएर रमाउन सक्ने देखिन्छ । धार्मिक दृष्टिले पनि चुलिपोखरी क्षेत्र निकै महत्त्वपूर्ण छ । यस क्षेत्रमा धार्मिक रूपमा एउटा महाराजको थान रहेको छ । यसलाई कोचराजा र कोचेनी रानीसँग सम्बन्धित गरिएको पाइने हुनाले राजवंशीहरूको थानका रूपमा लिने गरिएको छ । तर हाल आएर राजवंशीहरूले यस स्थानलाई भुलिसकेका छन् । तसर्थ स्थानीय राई र नेवार समुदायका मानिसहरूले नै यसलाई महाराज र बूढासुब्बा मान्दै पूजाआजा गर्ने गरेको पाइन्छ । चुलीपोखरी क्षेत्र जैविक विविधताका दृष्टिले पनि निकै महत्त्वपूर्ण मानिन्छ । यस भेगमा हरियाली जंगल रहेको छ, जहाँ अनेक प्रकारका वनस्पति र जिवजन्तुहरु पाइने गर्दछन् ।यहाँ प्रसस्त मात्रामा जंगली जडिबुटी पनि पाइन्छ तसर्थ त्यस्ता वस्तुहरु मन पराउनेहरु र तिनीहरूको अध्ययन गर्न चाहनेहरुका लागि यो स्थान निकै महत्त्वपूर्ण हुन सक्दछ । यस लै हामी टाँडी बासीहरूले प्रचार प्रसार र यातायातको सुबिधा पुर्याउन सकियो भने यो टाँडी को मात्रै नभएर नेपालकै एउटा महत्त्वपुर्ण पर्यटकीय गन्तव्यको बन्नेमा कुनै दुइ मत छैन ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]