बराङ्दी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बराङ्दी
Barangdi
बराङ्दीको आधिकारिक छाप
राष्ट्र नेपाल
विकास क्षेत्रपश्चिमाञ्चल
अञ्चललुम्बिनी
जिल्लापाल्पा
जनसङ्ख्या
 (बि.स.२०६८)
 • जम्मा२,३५१[१]
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
 • ग्रीष्म (डिएसटी)बुटवल
क्षेत्रीय सङ्केत०७५

बराङ्दी नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी अञ्चलमा पर्ने पाल्पा जिल्लामा अवस्थित एक गाउँ विकास समिति[२] हो । बराङ्दीको सिमाना पूर्बमा चापपानी, उत्तरमा खानिगाउँ र दक्षिणमा बौघापोखराथोकबौघागुम्बा सम्म पुगेको छ । यस गाविस मा प्राय बस्याल थर भएका मानिसहरूको बसोबास बाक्लो छ । यस ठाँउको औसत ताप्क्रम ३० डिग्री सेल्सियस र न्युनतम तापक्रम ३ डिग्री सेल्सियस हुने गर्दछ ।

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

बि.स.२०६८ को जनगणना अनुसार बराङ्दी गाविस को जनसङ्ख्या २,३५१ रहेको छ । यो गाविसमा ५६६ वटा घर छन ।[१]

रहनसहन[सम्पादन गर्नुहोस्]

चापपानी उदगमस्तल बनाउने मरेखोला यसै ठाउँमा अबस्थित छ । नारायणडाँडा, घिमिरेडाँडा, झिरभंज्याङ, सातानखोला, साफाखुम, फालाले, ढाबखोला आदि यस ठाँउका मुख्य गाउँहरु हुन । जनसङ्ख्या २,३५१ रहेको यस्तो ठाउँमा कफी, अदुवा, मौरी पालन तरकारीखेती आदि निकै राम्रोसँग फस्टाएको छ । सदरमुकाम: तानसेनसँग सिमाना जोडिएको यो गाविस को विकास राम्रोसँग भएको पाहिन्छ । टेलीफोन आदि उपलब्ध हुने यस्तो ठाउँमा साक्षरता प्रतिशत निकै कम छ । प्राय मकै, गहुँ, धान यस ठाउँबाट उत्पादन हुने गर्दछन । गिनिज बुक अफ वर्ल्ड रेकर्डस हातमा धेरै बल अटाउने नारायण र दुनियाँ भरी सबैभन्दा ठुलो धातुको महाम्युर्तुन्जय शिव मुर्ति यस ठाँउमा आवस्थित छ । बराङ्दिखोलाको माछा निकै पोशिलो हुने गर्दछ र निकै स्वादिलो पनि छ । बराङ्दी खोलाकै भरमा बराङ्दीका अधिकांस मानिसहरूको जीवन चलीरहेको छ । साधारण तय कच्चा बाटो भए पनि बस, जिप आदि चल्ने गर्दछ ।

बसोवास[सम्पादन गर्नुहोस्]

यो गाविस मा बस्याल, घिमिरे, न्यौपाने, थापा, राना, विश्वकर्मा, भुशाल, सोमै आदि थर भएका मानिसहरु यस ठाउँमा छन ।

वन सम्पदा[सम्पादन गर्नुहोस्]

यस गाविस मा मुख्यतय चिलाउने, साल, खल्लुक, आँप, बरेख, आदि काठ यस ठाउँमा पाइन्छ ।

आर्थिक विकास[सम्पादन गर्नुहोस्]

सरकारी लगानिको कारण तानसेन देखि रानीमहल सम्मको बाटो निर्माण भएको छ । करिब १० किलोमिटर भएको सो बाटो नारायणडाँडा, अहल, हात्तीढुङा, बैगुन्ठे हुँदै रानीमहल पुगेको छ । यस गाविस मा श्री बेद उच्च मा.वि, श्री जन नि.मा.वि. लगायत अन्य विद्यालयहरु छन ।

धार्मिक सम्पदा[सम्पादन गर्नुहोस्]

यस ठाउँमा मालारानी देविथान, श्री शिवालय मन्दिर, कालिका मन्दिर, आदि छन ।

जिव जनावर[सम्पादन गर्नुहोस्]

स्याल, गोहोरो, चितुवा, कालिज, मृग, भार्से, सर्प आदि जनावर पाइन्छन ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२६ मिति
  2. "गाउँ विकास समिति", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]