टेलिफोन

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
एक साधारण टेलीफोन

टेलीफोन दूर सञ्चारको एक आधुनिक यन्त्र हो। यस्को माध्यमले टाढा टाढाका मानिषहरू एक अर्का सँग कुरा-कानी गर्न सक्षम हुन्छन्। यो यन्त्र तार सँग जोडीयेको हुन्छ। ब्यक्ति जब यस यन्त्रमा केही बोल्छ तब यस यन्त्रले आवाजलाई तरंगमा परिवर्तन गराएर तार भित्रैबाट अर्को यस्तै यन्त्रलाई पठाउँछ। अर्को यन्त्रले फेरी त्यो तरंगलाई आवाजमा परिवर्तन गराएर सुन्ने ब्यक्तिलाई पठाउँछ।

इतिहास[सम्पादन गर्ने]

टेलिफोनको खोज एलेक्जेंडर ग्राहम बेलले गर्नु भयेको थियो। टेलीग्राफ र टेलीफोन दुबै तारमा आधारित इलेक्ट्रिकल सिस्टम हो। एलेक्जेंडर ग्राहम बेलले टेलीग्राफलाई सुधारने प्रक्रियामा टेलीफोनको खोज गर्नु भयो। जब उहाँले टेलीग्राफ माथि प्रयोग शुरु गर्नु भयो तब तेती बेला त्यो ३० वर्ष देखि स्थापित माध्यम थियो। त्यो माध्यमले एक चोटीमा एक सन्देश पठाउन सकिन्थ्यो। ग्राहम बेल संगीतको शौकिन हुनुहुन्थ्यो। संगीतलाई मात्र कानले हैन दिमागले सुन्नुहुन्थ्यो। उँहा ध्वनीको स्वरूपको ज्ञाता पनि हुनुहुन्थ्यो। यसैले उहाँलाई टेलीफोनको अविष्कार गर्न मद्दत पुग्यो। उहाँले पहिला इलेक्ट्रिक टेलीग्राफ बनाउनु भयो। यस पछि १८७५मा उहाँको भेंट भयो स्मिथ सोनियन इंस्टीच्यूटको निदेशक जोसेफ हेनरी सित। उहाँले ग्राहमको टेलीफोनको विचार सुनेर उत्साह प्रकट गर्नु भयो। त्यस पछि थोमस वाटसन र ग्राहम बेल दुबै टेलीफोनको विचारलाई साकार रूप दिन लागि परे। तब गएर उहाँहरूले टेलीफोनको अविस्कार गर्नु भयो।
वर्ष १८६०मा एलीशा ग्रे र एलेक्जेंडर ग्राहम बेल दुबै जानाले टेलीफोन बनाउने तरीकाको खोज गरि सकेका थिए। दुबै जाना आ-आफ्नो डिजाइन लिएर पटेंट अफिस तर्फ कुदे, तर ग्राहम बेलले पहिले पेटेंट गराउन सफल हुनु भयो। यस पछि दुबै जाना कानूनी लडाई लडन थाले। अन्तमा एलेक्जेंडर ग्राहम बेलको जीत भयो। यही कारण हो कि आज हामी टेलीफोनको पहिलो अविष्कारकको नाम ग्राहम बेल जान्दछौं एलिशा ग्रे होइन।

कस्तो थियो शुरुको फोन?[सम्पादन गर्ने]

पहिला टेलीफोनमा ध्वनी सन्देश जाने र आउने एउटै तारको प्रयोग गरिन्थ्यो र जमीन मुनिबाट टेलीग्राम सिस्टम जस्तै टेलीफोनबाट पनि सन्देश पठाइन्थ्यो। त्यसमा एउटै ठाँउ हुन्थ्यो जस्लाई बोल्ने बेला मुखको छेउमा ल्याएर बोलिन्थ्यो र सुन्ने बेला कान नजीक ल्याएर सुनिन्थ्यो।

विकास क्रम[सम्पादन गर्ने]

१८९६को एउटा फोन स्विडेनबाट

त्यती बेला टेलीफोनमा म्याग्नेटो वा ब्याट्री लगाइन्थ्यो जस्ले गर्दा उच्च भोल्टेज उत्पन्न हुन्थ्यो। यो एक्सचेंज अपरेट गर्नको लागि एउटा सिग्नलको काम गर्थ्यो। १८७७-८८मा एडिसनले कार्बन माइक्रोफोन बनाउनु भयो, जस्लाई टेलिफोनमा लगाउन थालियो। यस कार्बन माइक्रोफोनलाई १९२०मा रेडियोमा कार्यक्रम प्रसारणको समयमा लगाउन थालियो। टेलीफोनमा चार तारको सर्किटको प्रयोग गरिन्थ्यो।

नेपाल दूरसञ्चार[सम्पादन गर्ने]

नेपाल दूरसञ्चार वि.सं. १९७०मा काठमाडौंमा म्याग्नेटो सिस्टमको स्थापना भई नेपालमा दूरसञ्चार सेवाको थालनी भएको हो। अत्यन्तै सीमित भागमा शुरु गरिएको यो सेवा नै दूरसञ्चार सेवा विस्तारको पहिलो खुड्किलो हो। वि.सं. १९७१मा काठमाडौँ र रक्सौलबीच ओपन वायर लाइनको स्थापना भएपछि पहिलो ट्रंक टेलिफोन सेवाको शुरुवात भएको हो। वि.सं. १९९१मा टेलिफोन हेड अफिस कार्यालयको स्थापना थियो। वि.सं. १९९२मा काठमाडौँमा २५ लाइनको अटोमेटिक टेलिफोन एक्सचेन्जको स्थापना भएपछि देशमा स्थानीय टेलीफोन सेवाको श्रीगणेश भयो। नेपाल दूरसञ्चार कम्पनीको स्थापना कम्पनी ऐन २०५३ अन्तर्गत २०६० माघ २२ गते भएको हो। यो २०६१ वैशाख १ देखि कम्पनीका रूपमा अस्तित्वमा आएको हो। कम्पनीमा परिणत भएपछि कम्पनी सञ्चालक समितिको पहिलो बैठकले व्यावसायिक रूपमा यसलाई नेपाल टेलिकमको रूपमा परिचित गराईयो।

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]