मोबाइल फोन
नेपाली विकिपीडियाबाट
|
मोबाइल फोन
|
|
|
|
|
|
|
|
| खोजकर्ता | मार्टीन कूपर |
| प्रारम्भिक वर्ष | 1973 |
| कम्पनी | मोटोरोला |
| उपलब्ध | वैश्विक |
मोबाइल फोन एउटा सानो यन्त्र (Device)को नाम हो जुन एउटा दूरसञ्चारको माध्यम हो। यो यन्त्रको मद्दतले हामी कुनै पनि ब्यक्ति सँग टाढा होस वा नजीक, देशमा होस वा बिदेशमा एकै क्षणमा अंक (Number) थिचेर (Dial गरेर) एक अर्का सँग कुरा गर्न सक्छौं। यस यन्त्रको सहायताले हामी मात्र कुरा होईन अरु पनि कयौँ काम एकै क्षणमा गर्न सक्छौँ। हामी यसको सहायताले संदेशहरू पनि आदान-प्रदान गर्न सक्छौँ। मोबाइल फोन रेडियो तरंग प्रयोग गरेर बिटिएस(BTS)सँग सम्पर्क गर्दछन्। यसकालागि मोबाइल फोन(मोवाइल टर्मिनल)ले दुई फ्रिक्वेन्सी प्रयोग गर्ने गर्दछन्।