कफी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कॉफी
A cup of coffee.
कालो कॉफी
प्रकारतातो वा चिसो
उत्पत्ति भएको देशइथियोपिया
स्थापना१५औँ शताब्दी (पेय पदार्थ)
रङगाढा खैरो, कालो, हल्का खैरो

कॉफी एक वनस्पति तथा यसबाट बनाइने पेयपदार्थ हो। कॉफीको बोट दस मिटर सम्म अग्लो हुन सक्छ तर सामान्यतया छोटो पारिन्छ। कफीको उत्पति अफ्रिकाको इथियोपियामा भएको थियो र हाल यसको खेती दक्षिण अमेरिका, मध्य अमेरिकादक्षिणपूर्व एसियामा हुन्छ। धेरै देशको अर्थतन्त्रमा यसको ठुलो सं. १९95 सालमा हिरा गिरीले बर्माबाट ल्याएको कफीको वीउ गुल्मीको आँपचौरमा रोपण गरे पछि नेपालमा कफी खेती सुरूवात भएको मानिन्छ रहेको छ। सं. १९95 सालमा हिरा गिरीले बर्माबाट ल्याएको कफीको वीउ गुल्मीको आँपचौरमा रोपण गरे पछि नेपालमा कफी खेती सुरूवात भएको मानिन्छ।

इतिहास[सम्पादन गर्नुहोस्]

कॉफी विश्व परिवेशमा[सम्पादन गर्नुहोस्]

कॉफी खेती विश्वका सय भन्दा बढी देशमा गरिएको छ। ब्राजिल सबैभन्दा बढी कॉफी उत्पादन गर्ने देश हो। अमेरिका कॉफी बढी खपत गर्ने देश हो। युरोप कॉफीको प्रति व्यक्ति उपभोगका हिसाबमा अगाडि छ।

नेपालमा कॉफी उत्पादन[सम्पादन गर्नुहोस्]

वि.सं. १९९५ मा नेपालमा हिरा गिरीद्वारा कॉफी भित्र्याइएको थियो। वि.सं. २०३२ सालमा नगदे बालीको स्तरमा कफी खेतीका लागि प्रोत्साहन गरिए पछि वि.सं. २०४७ सालमा कृषकहरूको सङ्गठन स्थापित भयो। वि.सं. २०४९ को ऐन अनुसार राष्ट्रिय चिया तथा कॉफी विकास बोर्डको स्थापना भयो।

मध्य पहाडका ४० जिल्लाहरूमा कॉफी खेती गरिएको छ। केही जिल्लाहरूमा भने व्यवसायिक रूपमा खेती गरेको पाइन्छ - यसमा ललितपुर, गुल्मी, पाल्प, स्याङ्जा, कास्की, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक र अर्घाखाँची जील्लाहरू पर्दछन् भने अन्य जिल्लाहरूमा पनि यसको विस्तार भइरहेको छ।

रूपन्देहीको मणिग्राममा पहिलो कॉफी प्रशोधन केन्द्र "नेपाल कॉफी कम्पनी प्रा.लिं" को २०४० मा स्थापना भएसँगैँ अन्तराष्ट्रिय बजारमा नेपाली कॉफीको बिक्री वितरण सुरु भयो। आर्थिक वर्ष २०५२/५३ मा १६ टन कॉफी हॉलैंड पठाइएको थियो।

नेपालमा अरेबिका जातको कफीको उत्पादन गरिन्छ। करिब ८०० मिटर उचाइमा विषादीको प्रयोग बिना नै कॉफी खेती हुने भएकाले विश्व बजारमा ऑरगॅनिक, र चिसो हावापानीमा उत्पादित कॉफीको रूपमा चिनिन्छ।

नेपाल सरकारले कॉफी नीति २०६६ पास गराएको व र कॉफी नीति कार्यान्वयन निर्देशिका २०६६ स्वीकृत गराएको छ।

मानव स्वास्थ्य र कॉफी[सम्पादन गर्नुहोस्]

अन्य[सम्पादन गर्नुहोस्]

पेय कॉफीको दानाहरूबाट बनाइन्छ। कॉफीमा पाइने कॅफिन भनिने एक मनोस्फूर्तिदायक वा साइकोॲक्टिव (मस्तिष्कलाई प्रभावित गर्ने) उत्तेजक औषधिय गुण हुनाले यसले मानिसलाई ताजा रहन मद्दत गर्दछ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य लिङ्कहरू[सम्पादन गर्नुहोस्]

"https://ne.wikipedia.org/w/index.php?title=कफी&oldid=1120120" बाट अनुप्रेषित