लिङ्ग

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
शिश्नको संरचना:
1 — मूत्राशय,
२ — जघन संधान,
३ — पुरस्थ ग्रन्थि,
४ — कोर्पस कैवर्नोसा,
५ — शिश्नमुण्ड,
६ — अग्रत्वचा,
७ — कुहर (मूत्रमार्ग),
८ — वृषणकोष,
९ — वृषण,
१० — अधिवृषण,
११— शुक्रवाहिनी


शिश्न (Penis) कशेरुकी र अकशेरुकी दुबै प्रकारको केही नर जीवहरूको एक बाह्य यौन अंग हो।

शिश्न प्रविधी रूपदेखि स्तनधारी जीवहरूको प्रजनन हेतु प्रवेशी अंग अंग हो, साथै यो मूत्र निष्कासनको लागि पनि एउटा बाहिरी अंगको रूपमा कार्य पनि गर्छ। शिश्न आमतौरले स्तनधारी जीवहरू र सरीसृपहरूमा पाइन्छ।

नेपालीमा शिश्नलाई लिङ्ग पनि भन्छन् तर यसको प्रयोगमा अन्तर हुन्छ, जहाँ शिश्नको प्रयोग वैज्ञानिक र चिकित्सीय सन्दर्भहरूमा हुन्छ त्यहीं लिंगको प्रयोग आध्यात्म र धार्मिक देखि संबंधित हुन्छ। दोस्रो अर्थमा लिङ्ग शब्दले कुनै पनि व्यक्तिको पुरुष अथवा स्त्री हुने भान गराउँछ।

नेपालीमा शिश्नको अशिष्ट नामहरू पनि छन्। यस अशिष्ट शब्दहरूको प्रयोग व्यस्कहरूले मजाकमा अथवा लडाई झगडा गर्दा प्रयोग गर्छन।

मनुष्य शिश्न[सम्पादन गर्ने]

संरचना[सम्पादन गर्ने]

मानव शिश्नको शरीर रचनाको आरेख। (ठूलो आकारमा हेर्न थिच्नुहोस)

मानव शिश्न जैविक ऊतकको तीनवटा स्तंभहरूबाट मिलेर बन्दछ। पृष्ठीय पक्षमा दुई कोर्पस कैवर्नोसा एक अर्का संग-संगै तथा एक कोर्पस स्पोंजिओसम उदर पक्षमा यो दुईटैको माझमा स्थित हुन्छ। कोर्पस स्पोंजिओसमको वृहत र गोलाकार सिरा शिश्नमुण्डमा परिणित हुन्छ जुन अग्रत्वचा द्वारा सुरक्षित रहन्छ। अग्रत्वचा खक्लो त्वचाको संरचना हुन्छ जसलाई यदी पछाडी तिर तान्यो भने शिश्नमुण्ड देखिन थाल्छ। शिश्नको तल तिरको त्यो क्षेत्र जहाँ देखि अग्रत्वचा जोडीको हुन्छ अग्रत्वचाको बंध (फेरुनुलम) भनिन्छ।

शिश्नमुण्डको टुप्पामा मूत्रमार्गको अंतिम हिस्सा जसलाई कुहरको रूपमा जानिन्छ, स्थित हुन्छ। यो मूत्र त्याग र वीर्य स्खलन दुबैको लागि एकमात्र बाटो हुन्छ। शुक्राणुको उत्पादन दुईटै वृषणहरूमा हुन्छ र यसको संग्रहण संलग्न अधिवृषण (एपिडिडिमिस)मा हुन्छ। वीर्य स्खलनको बेला शुक्राणु दुई नलिकाहरू जस्लाई शुक्रवाहक (वास डिफेरेंस)को नामबाट जानिन्छ र जुन मूत्राशयको पछाडी तिर स्थित हुन्छन् बाट भएर जान्छ। यस यात्राको दरम्यान सेमिनल वेसाइकल र शुक्रवाहकद्वारा स्रावित तरल शुक्राणुहरूमा मिलछ र जुन दुई स्खलन नलिकाहरूको माध्यम बाट पुर:स्थ ग्रन्थि (प्रोस्टेट) भित्र मूत्रमार्गमा गयेर मिलछ। प्रोस्टेट र बल्बोयूरेथ्रल ग्रन्थिहरू, यसमा अझ धेरै स्रावहरूलाई जोडछ र वीर्य अंतत: शिश्नको माध्यमबाट हुँदै बाहिर निकलिन्छ।

रैफ शिश्नको तलको जहाँ शिश्नको पार्श्व आर्ध जोडिन्छमा स्थित एक दृश्य रिज हुन्छ। यो कुहर (मूत्रमार्गको मुख) बाट शुरु भएर वृषणकोष (वृषणको थैली) लाई पार गर्दै पेरिनियम (अण्डकोशको थैली र गुदाको बीचको क्षेत्र) सम्म जान्छ।