प्राङ्गारिक मल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
घोडाको लादीबाट बनाइएको प्राङ्गारिक मल

प्राङ्गारिक मल सामान्य भाषामा भन्नुपर्दा गाईवस्तु तथा जनावरको मल हो । गाउँघरमा प्राय गाई, भैसी तथा बाख्रा पालिने हुँदा तिनीहरूको मललाई नै प्राङ्गारिक मल भन्ने गरिन्छ तर अरु घरपालुवा जनावरको मल पनि प्राङ्गारिक मल हो। प्राङ्गारिक मल खेतिका लागि अत्यावश्यक हुन्छ । जुनसुकै खेति कार्यका लागि पनि प्राङ्गारिक मलको प्रयोग हुन्छ, तर बालि अनुसार प्राङ्गारिक मलको मात्र पनि कम वा बढी हालिन्छ। प्राङ्गारिक मललाई अझ विस्तृत रूपमा परिभाषित गर्दा यो मल जनावरको मल, मुत्ररूख तथा घाँसका हरिया तथा सुकेका पात आदिको कुहिएको मिश्रण हो।

बनाउने तरिका[सम्पादन गर्नुहोस्]

सर्वप्रथम प्राङ्गारिक मल बनाउन गोबर वा वस्तुभाउको मल तथा सोतर लिनुपर्छ । मलको दुईगुणा सोतरको मात्रा राखी राम्रो ठाउँमा मल र सोतर राम्रोसँग मिश्रित गरेर थुप्रो लगाउनु पर्छ। थुप्रो लगाएको मललाई महिनाको एक पटक मल र गोबर राम्रोसँग फिटिने गरी पल्टाउनु पर्छ। यसरी महिनको एक पटक गरेर ३ वा ४ पल्टसम्म मल पल्टाउदा प्राङ्गारिक मल तयार हुन्छ। अब यो तयारी मल खेति कार्यमा प्रयोग गर्न सकिन्छ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]