गौतम
नेपाली विकिपीडियाबाट
विषयसूची |
[सम्पादन गर्ने] परिचय र इतिहास
गौतम थर नेपाली(गोर्खा)को क्षेत्री तथा बाहुन परिवारमा पाइन्छ। यो थरको उत्पत्ति गौडबाट भएको विश्वास गरिएको छ। गौतमहरूको गोत्र अत्रि भएको हुंदा उनीहरू अत्रि ऋषिका सन्तान भएको विश्वास गर्दछन्। बोलचालमा गौतमलाई गोतामे पनि भनिन्छ|
[सम्पादन गर्ने] सगोत्रीहरु
चापगाईँ, बस्ती, मिश्र, खतिवडा, मल्ल, ओझा, अधिकारी
[सम्पादन गर्ने] बसोबास
गौतमहरु नेपाल, भारतको सिक्किम, आसाम, दार्जीलंग तथा अन्य राज्यहरू, भुटान, बर्मा, लगायत विश्वका अन्य धेरै देशका बासिन्दा हुन् ।
[सम्पादन गर्ने] योगदान
नेपाल तथा भारतको राजनैतिक तथा प्राज्ञिक क्षेत्रमा गौतमहरुको योगदान धेरै पहिलेदेखि रहेको पाइन्छ।
[सम्पादन गर्ने] स्रोत
- गौतम वंशावली भवानी गौतम