उप्रेती

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

उप्रेती भारतको उत्तराखण्ड राज्य र कुमाउँ क्षेत्रमा जीवित मान्यता प्राप्त बाहुन को एक समुदाय हो। उप्रेतीहरूको केही संख्या नेपालसिक्किममा पनि रहेको छ । ईतिहास अनुसार यिनीहरु आफुलाई ऋषी भारद्वाजको वंशज मान्छन। यिनीहरु शैव सम्प्रदायको अनुयायी हुन्, आफ्नो ईष्ट देव शिव भगवानलाई मान्छन।[१]

मनकोटी राजाको पालामा शिवप्रसाद वाजपेयी आफूकहाँ आएपछि राजाले विद्वानहरूका लागि शाही पुजारी बनाएर उप्रेतयाडा गाउँमा जगिर दिएका पण्डित रामदत्त ज्योतिर्विद बताउँछन् । यसरी तिनीहरूका वंशहरूलाई उप्रेती भनिन्थ्यो। र कतिपय राजाका घरमा शाही पुजारी, राजमन्त्री, दिवान आदिलाई उच्च पदमा सम्मान गरिन्थ्यो।

पण्डित बद्रीदत्त पाण्डेको एतिहासिक पुस्तक "कुमाउँ र गढवाल को इतिहास" (हिन्दी: कुमाऊँ और गढ़वाल का इतिहास) अनुसार, उप्रेती मूल उत्तरि भारत क्षेत्रको मर्कट र कुमाउनि राज्य का वासिन्दाहरू थिए, तिनीहरू २ शताब्दीमा उत्तर को हिमालय र नेपाल क्षेत्रमा बसाइँ सरे। र ३ शताब्दीमा नेपाल को पस्चिम बाट बसाइ सर्दै हाल भारत को मनिपुर सम्म बसाइ सरेर गएका थिए ।

ख्यातीप्राप्त उप्रेती[सम्पादन गर्नुहोस्]

नन्दु उप्रेतीको जन्म पूर्वी नेपालको इलाममा वि.सं २०२३-०३-१५(सन् 1966, June 29) मा भएको हो । उनका प्रकाशित कृतिहरूमा १. नेपाली लघु उपन्यास : परम्परा र प्रवृति (साहित्यिक अनुसन्धान), २. कालापानी यात्रा, (नियात्रा सङ्ग्रह), ३. हृदयको ज्योति (अनुवाद), ४. हामी साना लालाबाला (बाल कविता सङ्ग्रह), ५. सानासाना पुतली (बाल कविता सङ्ग्रह), ६. फेवादेखि विवासम्म (नियात्रा सङ्ग्रह) छन् । उनीद्वारा सम्पादित कृतिहरूमा चर्चित व्यङ्ग्य लेखक विष्णु नवीनका कृतिहरू 'सोझा नवीनका बाङ्गा निबन्ध', 'केही सोधी केही खोजी' र 'धेरै कुरा एकै ठाउँमा' हुन् । उनले 'सम्झनामा माधव गुरु - प्रोफेसर माधव भण्डारी स्मृतिग्रन्थ' र नन्दकला सुवेदीको नियात्रा सङ्ग्रह'अठासी वर्षमा कैलाश मानसरोवर' जस्ता पुस्तकहरू पनि सम्पादन गरेका छन् । इहातोभ अवार्ड,जापान, नेपाल सम्मान, इलाम नगरपालिका साहित्य पुरस्कार आदि उनले प्राप्त गरेका सम्मान एवं पुरस्कार हुन् । साहित्यिक पत्रकारितामा पनि रुचि राख्ने उप्रेतीले झोक्का, अन्तु, साहित्य सन्ध्या, कविता आदि साहित्यिक पत्रिकाहरूको सम्पादन र सहसम्पादन गरेका छन् । उनले व्यावसायिक पत्रकारिता पनि गरे । यस अवधिमा उनी श्री सगरमाथा दैनिकको उपसम्पादक र विभिन्न राष्ट्रिय साप्ताहिक पत्रिकाको सम्पादक बने । उनी रेडियो नेपालबाट प्रशारण हुने ‘घटना र विचार’ कार्यक्रमका सह-निर्देशक थिए र उनले चलचित्र सेन्सर बोर्ड, नेपालका सदस्यका रूपमा पनि काम गरेका थिए। उप्रेती नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञसभा सदस्य बने । उनी कवि युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानको महासचिव र राष्ट्रिय जनसंस्कृतिक महासंघ नेपालको केन्द्रीय सदस्यका रूपमा कार्यरत छन् । साझा प्रकाशनले उनको कविता सङ्ग्रह प्रकाशित गर्ने भएको छ ।

यो पनि हर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. People of India Uttar Pradesh Volume XLII Part Three edited by A. Hasan & J. C. Das Part Three pages 1545 to 1549 Manohar Publications