ओस्लो विमानस्थल, गार्डेरमोअन
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (मे २०१३) |
| ओस्लो विमानस्थल, गार्डेरमोअन Oslo lufthavn, Gardermoen |
|||
|---|---|---|---|
| 200px | |||
| IATA: OSL – ICAO: ENGM | |||
| विमानस्थल संक्षेप | |||
| विमानस्थलको प्रकार | सार्वजनिक | ||
| संचालक | Oslo Lufthavn AS (part of Avinor) | ||
| अवस्थित | Oslo, Norway | ||
| स्थान | Gardermoen, Ullensaker | ||
| उन्नतांश AMSL | 681 फिट / 208 मि | ||
| Coordinates | 60°12′10″N 011°05′02″E / 60.20278°N 11.08389°ECoordinates: 60°12′10″N 011°05′02″E / 60.20278°N 11.08389°E | ||
| वेबसाइट | |||
| धावनमार्गहरु | |||
| दिशा | लम्बाई | सतह | |
| मि | फिट | ||
| 01L/19R | 3,600 | 11,811 | Asphalt/concrete |
| 01R/19L | 2,950 | 9,678 | Asphalt/concrete |
| Statistics (2011) | |||
| Passengers | 21,103,623 | ||
| Aircraft movements | 230,422 | ||
| Cargo (tonnes) | 97,874 | ||
| Source: Norwegian AIP at Avinor | |||
ओस्लो विमानस्थल, गार्डेरमोअन् ओस्लो, नर्वेमा अवस्थित विमानस्थल हो। गार्डेरमोअन् बाहेक ओस्लो क्षेत्र वरिपरि थप दुईवटा सहुलियतदरका विमानस्साथलहरू सान्देफियोर्ड विमानस्थल, टोर्प तथा मोस विमानस्थल, रिग्गे पनि रहेका छन्। गार्डेमोअनले एकप्रकारले नर्वेको मुख्य अन्तराष्ट्रिय विमानस्थलको रूपमा भुमिका खेलेको छ। नर्वेजियन एअर सटल तथा स्कान्डिनेभियन एयरलाइन्सको हबको रूपमा परिचित यो विमानस्थल स्कानडिनाभियाको दोस्रो व्यस्त विमानस्थलको रूपमापनि प्रख्यात रहेको छ। यसले ओस्लोलाई २८ आन्तरिक तथा १०० भन्दा बढी अन्तराष्ट्रिय गन्तव्यहरू सँग जोडेको छ। सन २०११मा दुई करोड दश लाख भन्दा बढी यात्रीहरूको आवतजावत रहेको यो विमानस्थल यूरोपको १९ औं व्यस्त विमानस्थलपनि हो।
ओस्लोबाट ३५ किलोमिटर उत्तरपुर्वी दिशामा रहेको उल्लेनसाकरमा रहेको गार्डेरमोअनमा यो विमानस्थल अवस्थित छ। यसमा उत्तर-दक्षिण दिशामा रहेका ३६०० तथा २९५० मिटर लम्बाइका दुईवटा समानान्तर धावनमार्गहरू रहेका छन्। यहाँ ७१ वटा विमानस्ट्यान्ड रहेको छ जसमध्य ३४ वटामा जेटब्रिजको सुविधा उपलब्ध छ। विमानस्थललाई ओस्लो सँग द्रुत गतिको रेल्वे सेवा तथा एयरपोर्ट एक्सप्रेस बसहरूले जोडेका छन्।
ओस्लो विमानस्थल रहेको गार्डेरमोअन क्षेत्र नर्वेजियन सेनालाई सन् १७४०मा प्रयोगको निम्ति उपलब्ध गराइएको थियो। १९४०मा सेनाको प्रयोजनको त्यहाँ पहिलो पल्ट सैनिक हवाइ अड्डाको स्थापना गरिएको थियो। ८ अक्टोबर १९९८ सम्म गार्डेरमोअनलाई जगेडा विमानस्थलको रूपमा मात्र प्रयोग गरिँदै आएको थियो। १९९८मा ओस्लो विमानस्थल, फोर्नेबुलाई बन्द गरिएपछि तथा नयाँ गार्डेरमोअन्को निर्माणपछि यसलाई विधिवत रूपमा प्रमुख विमानस्थलको रूपमा प्रयोगमा ल्याइएको हो। नयाँ टर्मिनल तथा तेस्रो पियर सन् २०१७मा प्रयोगमा आउने लक्षका साथ निर्माण प्रकृया संचालनमा छ।
विषयसूची |
सुविधाहरू [सम्पादन गर्ने]
विमानस्थलले झण्डै १३ किलोमिटर स्क्वायर क्षेत्रफल ओगटेको छ र दुइटा समानान्तर धावनमार्गहरू, एउटा टर्मिनल तथा दुइटा पियरहरू यसमा रहेका छन्। गार्डेरमोअनबाट व्यवसायिक उडानहरूमात्र संचालित हुन्छन। व्यक्तिगत तथा अन्य प्रयोगका उडानहरू मुख्यतया सेल्लेर, राक्केस्ताड र तोत्सबर्ग विमानस्थलहरूबाट संचालनमा आउँछन्। यात्री टर्मिनल १४८००० बर्गिय मिटर क्षेत्रफलमा फैलिएको तथा यसको लम्बाई ८१९ मिटर रहेको छ। टर्मिनल क्षेत्रमा ५२ वटा पार्किङ्स्टयान्ड छन् जसमध्य ३४ वटा पुल मार्फत तथा १८ वटा अलग पार्किङ रहेका छन्। आन्तरिक उडानका निम्ति ढोकाहरू पश्चिम क्षेत्रमा तथा अन्तराष्ट्रिय उडानका निम्ति ढोकाहरू पुर्वी भागमा अवस्थित छन्। अन्तराष्ट्रिय ढोकाहरू मध्यपनि शेंगेन क्षेत्र बाहिर रहेका मुलुकहरू प्रस्थान गर्ने ढोकाहरू सबभन्दा पछाडि, पासपोर्ट कन्ट्रोल कटिसकेपछि अवस्थित छन्।
विमानस्थलको आर्थिक आयको झण्डै आधा भाग यहाँ रहेका व्यवसायहरू मार्फत उठ्दछ। यहाँ २० वटा रेस्टुरेन्ट बारहरूका साथै अन्य खुद्रा सामाग्रीका पसलहरू, ब्याङ्क तथा हुलाक सेवा उपलब्ध छन्। समग्रमा ८००० बर्ग मिटर क्षेत्रफललाई हवाइ उड्ययन भन्दा अलग व्यवसाय जस्तै रेस्टुरेन्ट र पसलहरूको रूपमा प्रयोग गरिएको छ। प्रस्थान क्षेत्रको डिउटी फ्री पसलले १५३० बर्ग मिटर क्षेत्र ओगटेको छ जुन यूरोपमा सबैभन्दा ठूलो हो। आगमन क्षेत्रमा समेत ब्यागेज संकलन क्षेत्रमा एउटा अर्को डिउटी फ्री पसल रहेको छ।
मुख्य टर्मिनलको साथसाथै विमानस्थलमा भिआपी क्षेत्र समेत संचालित छ जसलाई नर्वेजियन राजपरिवार, मंत्रीमंडल तथा विदेशी राजपरिवारका सदस्य तथा सरकारी प्रतिनिधीहरूको सुविधाको निम्ति प्रयोगमा ल्याइन्छ।
विमान सेवाहरू तथा उडान [सम्पादन गर्ने]
चार्टर उडान संचालकहरू [सम्पादन गर्ने]
| विमानसेवा | गन्तवयस्थानहरु |
|---|---|
| Air Cairo | Sharm el Sheikh |
| Corendon Airlines | Antalya |
| Nouvelair Tunisie | Monastir |
| Novair | Burgas, Chania, Fuerteventura, Goa, Kefalonia, Larnaca, Preveza, Rhodes, Santorini, Zakynthos |
| Sky Airlines | Antalya |
| Thomas Cook Airlines Scandinavia | Banjul, Burgas, Cancun, Chania, Heraklion, Karpathos, Kos, Krabi, Las Palmas, Phuket, Rhodes, Sharm el Sheikh, Skiathos, Tenerife, Varna |
| TUIfly Nordic | Burgas, Isla de Margarita, Larnaca, Las Palmas, Phuket, Rhodes, Samos |