कान दुख्ने समस्या

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कान दुख्ने समस्या
विभाग:स्नायुविज्ञान, ओटोल्यारिंजियोलोजी Edit this on Wikidata

कान दुख्ने समस्यालाई अङ्ग्रेजीमा ओटाल्जिया भनिन्छ। कानको भित्रबाट सुरु हुने समस्यालाई अङ्ग्रेजीमा प्राइमरी ओटाल्जिया भनिन्छ भने कानभन्दा बाहिरबाट सुरु हुने समस्यालाई रिफर्ड ओटाल्जिया भनिन्छ।

कान दुख्ने समस्या कानमा रोग लागेर मात्र पैदा हुने समस्या होइन। यो समस्या अन्य विभिन्न कारणहरूले पनि देखिन सक्छ। दाँतहरू एकआपसमा खाँदिएर निस्कनु, पिनासको समस्या, टन्सिल बढ्नु, नाक तथा घाँटीमा हुने सङ्क्रमण, घाँटीको क्यान्सर र कहिलेकाहिँ माइग्रेन सुरु हुनुभन्दा पहिलाको पीडाले पनि कान दुख्ने समस्या निम्ताउन सक्छ।

कान दुख्ने समस्या बाहिरी, मध्य वा भित्रीकानमा रोग लागेर पैदा हुने गर्दछ तर पीडितले महशुस गरेको पीडाबाट यी तीन मध्ये कुन भागमा समस्या भएको हो भन्ने छुट्याउन सकिँदैन।

बाह्य कान दुख्ने समस्या निम्न कारणले हुन सक्छ:

  • मेकानिकल: मानसिक आघात; कपाल, कीराहरू वा कपासको टुक्रा जस्ता बाह्य वस्तुहरू कानमा छिरेर।
  • सङ्क्रामक (ओटाइटिस एक्स्टर्ना): स्टेफाइलोकक्कस, स्युडोमोनस, क्यान्डिडा, जनैखटिरा वा भाइरल माइरिन्जाइटिस

मध्य कान दुख्ने समस्या निम्न कारणले हुन सक्छ:

  • मेकानिकल: अचानक हावाको चाप परिवर्तन भएर हुने असर (प्रायजसो स्वास्थ्य उपचारको बेलामा हुने), मध्यकानलाई घाँटीको फ्यारिङ्क्ससँग जोड्ने युस्टासियन नलीमा अवरोध पैदा भएर मध्यकान सुन्निनु (एक्युट ओटाइटिस मिडिया)
  • सङ्क्रामक/ सुन्निएर हुने: एक्युट ओटाइटिस मिडिया, कानभित्र रहेको मास्टोइड प्रोसेस नाम गरेको भाग सुन्निने समस्या (मास्टोइडाइटिस)


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]