कार्ल काउत्स्की
कार्ल काउत्स्की (सन् १८५४-१९३८) - जर्मन सामाजिक-प्रजातन्त्रवादका दोस्रो इन्टरनेसनलका एक जना नेत। पछि गएर मार्क्सवादीप्रति गद्दारी गरे, अवसरवादको एक अत्यन्त कतरनाक तथा अनिष्टकार धारा - केन्द्रवाद (काउत्स्कीवाद) का सिद्धान्तकार बने। जर्मन सामाजिक-प्रजातन्त्रवादी मुखपत्रिका Die Neue Zeit ('नयाँ समय') का सम्पादक। काउत्स्कीले सन् १८७४ देखि समाजवादी आन्दोलनमा भाग लिन थालेका थिए। त्यसबेला उनको विचारधाराले लासालवाद, नवमाल्थुसवाद र अराजकतावादको विशेष सम्मिश्रणको प्रतिनिधित्व गर्दथ्यो। सन् १८८१मा उनी मार्क्सवादी बने, परन्तु त्यसैबेला नै अवसरवादतर्फ उनको ढल्काइ देखापरिसकेको थियो। उन्नाइसौं शताब्दीको नवौं र दशौं दशकका वर्षहरूमा उनले मार्क्सवादी सिद्धान्तका प्रश्नहरूबारे केही कृतिहरू - 'कार्ल मार्क्सको आर्थिक सिद्धान्त', 'कृषिसम्बन्धी प्रश्न' इत्यादिको रचना गरेका थिए। यी कृतिहरूमा केही गल्तीहरू निश्चय नै थिए, तैपनि तिनले मार्क्सवादको प्रचार-प्रसारमा सकरात्मक भूमिका खेलेका थिए। पछि गएर सन् १९१०-१९११ तिर उनी मार्क्सवादीबाट अवसरवादी बन्न पुगे। सन् १९१४-१९१८को विश्वव्यापी साम्राज्यवादी युद्धका वर्षहरूमा काउत्स्कीले केन्द्रबाट अर्थात् इन्टरनेसनलसम्बन्धी नाराहरूद्वारा पर्दा हालिएको सामाजिक अन्धराष्ट्रवादको स्थिति अपनाएका थिए। उनी 'उग्रसाम्राज्यवाद' नामक प्रतिक्रियावादी सिद्धान्तका प्रर्वतक बने। महन् अक्टोबार क्रान्तिपश्चात् उनी खुल्लमखुल्ला रूपमा नै सर्वहारा क्रान्ति र मजदुरवर्गको अधिनायकत्वको विरोधी बने र सोभियतसत्ताको विरुद्ध खडा भए। [१]
स्रोतहरू [सम्पादन गर्ने]
- ↑ भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौं: ऐरावती प्रकाशन, २०६३. p. ४८४-४८५