कालो मृत्यु

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

कालो मृत्यु विश्वको मानव इतिहासमा सबभन्दा विध्वंसकारी माहामारी रोगहरु मध्येको एक रोग हो । यसको महामारीबाट विश्वमा साडे ७ देखि २० करोड मानिस मरेको अनुमान गरिएको छ । यूरोपमा यो रोगको सबभन्दा बढि प्रकोप सन् १३४८ - ५० मा भएको थियो । [१][२][३] कालो मृत्यु सम्बन्धि रोग अध्ययन शास्त्र को अनुसार केहि फरक फरक किसिमका विचारधाराहरु भए पनि सन् २०१० र २०११ मा प्रकाशित उत्तर र दक्षिण यूरोपका मृतकहरुको DNA अध्ययन विवरण अनुसार यो रोग Yersinia pestis नामको जिवाणु द्वारा भएको थियो । सायद यो जिवाणु को कारण केहि अलग अलग किसिमका महामारी फैलिएका थिए । [४]

कालो मृत्यु मध्य एशिया का सुख्खा क्षेत्रमा शुरु भएको अनुमान लगाइएको छ । त्यहाँबाट यो महामारी रेशम मार्ग हुँदै सन् १३४६ मा क्राईमीया पुगेको थियो । त्यसपछि एक प्रकारको कालो मुसामा लाग्ने पुर्वेली मुसे उपियाँ , सामान ढुवानीका पानी जहाजमा सल्केका मुसा मार्फत भूमध्य घाटी र यूरोपका अन्य भागमा फैलिएको अनुमान गरिएको छ । कालो मृत्युले यूरोपका ३० देखि ६० प्रतिशत मानिसहरु मारेको अनुमान गरिएको छ । [५] समग्रमा कालो मृत्युले १४ औं शताब्दीमा विश्वको जनसंख्या अनुमानित ४५ करोड बाट घटाएर ३५ करोड सम्म बनाएको अनुमान गरिएको छ ।

कालो मृत्युको महामारीले यूरोपको इतिहासमा अनेकौं गम्भीर धार्मिक, सामाजिक र आर्थिक उथलपुथल ल्यायो । यूरोपलाई पुरानो जनसंख्या फेरि प्राप्त गर्न अर्को १५० बर्ष लाग्यो । कालो मृत्यको महामारी १९ औं शताब्दी सम्म पनि कहिलेकाँहि दोहोरिने गरेको थियो ।

अवलोकन[सम्पादन गर्ने]

कालो मृत्यु द्वारा प्रेरित, मृत्यु नाच अथवा भयावह नाच, मृत्युको सार्वभौमता सम्बन्धि रुपक, मध्यकालीन उत्तरार्ध चित्रकलाको सर्वाधिक मूल भाव

प्रमुख प्रकोपहरु[सम्पादन गर्ने]

प्लेग लसीका ग्रंथि महामारी (bubonic plague) का तीनवटा प्रमुख प्रकोप फैलिएका थिए । पहिलो थाहा भएको Justinian को महामारी छैठौं र सातौं शताब्दीमा फैलिएको थियो । यो पहिलो लसीका ग्रंथि महामारी थियो जसको प्रवल अभिलेख उपलब्ध छ । ऐतिहासिक अभिलेखहरुको आधारमा कन्सटाटिनोपल का ४० प्रतिशत मानिसहरु यो प्रकोपमा मरेका थिए । आधुनिक अनुमानका आधारमा युरोपको जनसँख्याको आधा भाग लसीका ग्रंथि महामारीमा मरेको थियो । यो महामारी ७०० को शताब्दीमा अन्य भयो । [६] सन् ७५० पछि यो महामारी १४ औं शताब्दीको कालो मृत्यु सम्म फर्किएन । [७] तेश्रो महामारी सन् १८९० मा चीनमा शुरु भयो र भारतलाई तहस-नहस तुल्यायो तर यूरोपमा भने केहि सिमित क्षेत्रहरुमा मात्र यसको प्रकोप फैलियो। [८]

प्रव्रजन[सम्पादन गर्ने]

संकटमा जनता[सम्पादन गर्ने]

यूरोपमा कालो मृत्युको फैलावट (१३४६–५३)

"मध्यकालीन न्यानो अवधि"तेह्रौं शताब्दीको अन्त तिर समाप्त भयो र "अल्प हिमयुग" को शुरुआत भयो । [९] जसको कारण कठोर शिशिर ऋतु र कमजोर फसल को अवस्था आयो । उत्तरी यूरोपमा भारी हलो वा फसल चक्र जस्ता नयाँ प्राविधिक पद्दति को प्रयोग द्वारा कृषि क्षेत्र विस्तार कार्य दक्षिण यूरोपको भूमध्य घाटी मा जस्तो सफल हुन सकेन जसको प्रमुख कारण उत्तरको कमसल माटो थियो । आलू जुन आजकल उत्तरी यूरोपकोलागि सर्वाधिक उपयुक्त फसल हो, त्यसबेला अमेरिकामा मात्र सिमित थियो, यूरोपेलीहरुलाई त्यतिबेला यसको जानकारी नै थिएन । कालो मृत्यु महामारीको एक शताब्दी अघि देखि खाद्यान्नको अभाव र आकशिँदो मूल्य त्यहाँको जीवनको अभिन्न अंग भएको थियो । गहूँ, जौ, पराल र त्यसको कारण पाल्तु जनावर को अभावले कुपोषण सर्वाधिक समस्या थियो जसको कारण मानिसहरुको रोग निरोधक क्षमतामा कमी आयो । त्यसको साथै हरेक महिलाले ५/६ बच्चाहरु पाउने गरेकाले जनसँख्याको लगातार वृद्धि भइरहेको थियो जसले गर्दा खाद्यान्न अभाव झन गहिरियो । सन् १३१५ को शरद ऋतुमा भारी बर्षा हुन थाल्यो र त्यसपछिका केहि बर्ष का शिशिर ऋतु हरु धेरै चिसो हुने र झरि पर्ने खाले भए । पहिल्यै कमजोर भैसकेका उत्तरका फसलको अवस्था झन खस्कियो । त्यस पछि सात बर्षे अनिकालको शुरुआत भयो । सन् १३१५ देखि १३१७ को उत्तर यूरोपेली महा अनिकाल शायद यूरोपेली इतिहासको सबभन्दा ठूलो अनिकाल होला, यसको कारण मर्ने मानिसहरुको जनसँख्या करीब १० प्रतिशत भन्दा बडि थियो ।

संक्रमण तथा प्रव्रजन[सम्पादन गर्ने]

लसीका ग्रंथि महामारी Yersinia pestis नामको जिवाणु द्वारा हुन्छ । यो जिवाणु कृंतक (मुसा, लोखर्के आदि) मा बस्ने उपियाँमा पाईन्छ । Yersinia pestis भेटिएका कृंतकहरु मध्य एशिया, कुर्दिस्तान, पश्चिम एशिया, उत्तर भारत, युगान्डा आदि स्थानहरुमा पाइएको छ । अक्टोवर १०, २०१२ मा क्यालिफोर्नियाको एउटा मरेको लोखर्केमा परिक्षण गर्दा Yersinia pestis पाइयो । [१०]किर्गिस्तान ईसिक कुल ताल को नजिकै पाइएको १३३८-१३३९ को नेस्टारी चिहानको अभिलेखमा लसीका ग्रंथि महामारीको बारेमा उल्लेख गरिएको छ । महामारीविदहरुको आँकलनमा यो नै १४ औं शताब्दीको माहामारीको उद्गमस्थल हो जहाँबाट यो महामारी सजिलै भारत र चीन तिर फैलिएको हुन सक्छ ।[११] सन् २०१० मा चिकित्सा वंशाणुविद हरुले दिएको रायमा भने महामारीको तीनै चरणको शुरुआत चीन मा भएको थियो । चीनमा तेह्रौं शताब्दीमा मंगोल आक्रमणको कारण खेतिपाति र व्यापार व्यवशायमा ह्रास आयो । तर १४ शताब्दीको शुरुमा भने केही आर्थिक उत्थान देखिएको थियो । सन् १३३० को दशकमा घरिघरिको दैविक प्रकोपहरुले १३३१ अनिकालको शुरु भयो र त्यसको एक बर्ष पछि महामारी फैलियो ।[१२] १३४७ मा कन्सटाटिनोपल मा प्रवेश गर्नु भन्दा अघिका १५ बर्ष हरुमा १४ औं शताब्दीको महामारीले साडे दुई करोड चीनिया र अन्य एशियालीहरुको मृत्यु गराएको थियो ।[१३] तर George Sussman को भनाई अनुसार भने चीनमा उपलब्ध चिकित्सक अभिलेखमा स्पष्ट रुपमा उल्लेख गरिएको लसीका ग्रंथि महामारी सन् १६४४ को भएको पाईएको छ । [१४]

लक्षण[सम्पादन गर्ने]

लसीका ग्रंथि महामारी को कारण हातमा भएको घाउ (Acral gangrene)। यो रोगले गर्दा छाला र मांसतंतुहरु मर्छन र काला हुन्छन ।
माथिको तिघ्राको लसिका ग्रंथि घाउ (inguinal bubo) । सुनिएको लसिका ग्रन्थि (buboes) : प्राय पिडितको घाँटी, काखी वा तिघ्राको कापमा आउने गर्छ ।

प्लेग महामारी का समकालीन विवरणहरु विविध र केहि फरक फरक भेटिएका छन । सबभन्दा बडि उल्लेख गरिएको लक्षण तिघ्राको कापमा, घाँटी वा काखीमा निस्कने घाउ bubo हो जुन फुटेपछि पिप र रगत बग्ने गर्छ । Boccaccio को विवरण विसतृत छ:

पुरुष होस वा महिला यो रोग तिघ्राको काप वा काखीमा निस्कने गाँठाहरु बाट शुरु हुन्थे, ती मध्ये कुनै बडेर स्याउ जत्रा ठूला हुन्थे भने कुनै अणडा जत्रा ... माथि भनिएका शरीरका दुई भागहरु बाट यी घातक घाउहरु बेरोकतोक रुपमा यत्रतत्र फैलिन थाल्दथे ; त्यसपछि यो रोग बदलिन थाल्दथ्यो, काला वा नीला टाटा हरु काखिमा, तिघ्रामा वा अन्यत्र देखा पर्दथे, कहिले थोरै र ठूला , कहिले धेरै र मसिना । यो घाउ पहिले देखि नै र अझ सम्म पनि अनिवार्य रुपमा नजिकिँदै गरेको मृत्युको संकेत थियो - यस्ता थिए यी दागहरु, चाहे जो सुकैमा किन नदेखिउन ! [१५]


Ziegler को भनाई के छ भने चिकित्सा विवरणमा "अपरिहार्य मृत्यु" एउटा मात्र प्रश्नवाचक पक्ष हो, किनभने जब घाउ बाट पिप र रगत बगेर जान्छ, रोगी बाँच्ने सम्भावना रहन्छ ।

यसपछि तीब्र ज्वरो आउने र रगत बान्ता हुने गर्दथ्यो । अधिकांस पिडितहरुको रोगको संक्रमण पछि २ देखि ७ दिनमा मृत्यु हुन्थ्यो । David Herlihy ले प्लेगको अर्को सम्भाव्य लक्षण लाई औंल्याउँछन - छालामा आउने झाई (rash) र राता दादुरा जस्ता टाटा [१६] जुन उपियाँको टोकाई बाट आएको हुन सक्छ ।

कुनै कुनै विवरण, जस्तै संगीतकार Louis Heyligen, जो सन् १३४८ मा प्लेगको कारणले मरेका थिए , भने विशेष थिए जस्मा फोक्सोको संक्रमण हुनेथियो र श्वास-प्रश्वास को समस्या आउँने गर्दथियो । यसलाई फोक्सोको प्लेग भनेर चिनिन्छ ।

कारणहरु[सम्पादन गर्ने]

Yersinia pestis (200x ठूलो पारिएको). जिवाणु जो लसीका ग्रंथि महामारी (bubonic plague) को कारक हो ।[१७]
रगतको खाना पछि पुर्वेली मुसे उपियाँ (Xenopsylla cheopis) . यो प्रजाति को उपियाँ Yersinia pestis जिवाणु (जो प्लेग महामारीको कारक हो) को प्राथमिक प्रवाहक(primary vector) हो । भाले तथा पोथी दुवै रगतको भोजन गर्छन, त्यसैले संक्रमण फैलाउन सक्छन
Yersinia pestis जीवाणु(जुन पेटको बीचमा गाढा पदार्थको रुपमा देखिएको छ )द्वारा संक्रमीत पुर्वेली मुसे उपियाँ (Xenopsylla cheopis) । यो उपियाँको पेटको अगाडिको भाग(proventriculus), Y. pestis जीवजालीले थुनिएको छ । जब यो उपियाँ निरोगी होस्ट बाट रगत खान खोज्छ, यो जीवजाली घाउमा ओकलिन्छ र रोगको सँक्रमण हुन्छ ।

मध्यकालमा चिकित्सा सम्बन्धि ज्ञान ठप्प भएको थियो । सबभन्दा आधिकारिक विवरण तत्कालीन पेरिसको चिकित्सा वर्ग द्वारा फ्रान्सेली राजालाई पेश गरिएको प्रतिवेदन बाट आएको थियो जसमा उलेख थियो कि तीनवटा ग्रहहरुको सन् १३४५ मा भएको संगमको कारण "वायुमणडलमा विशाल महामारी" सृजना भएको थियो । यो प्रतिवेदन पिडितहरुलाई सल्लाह दिने उद्देश्यले प्रसारित प्रतिवेदनहरुको सृंखला मध्येको पहिलो र सर्वाधिक प्रसारित प्रतिवेदन बन्न पुग्यो । "खराब हावा" प्लेग सम्बन्धि सर्वाधिक मान्य सिद्धान्त बन्यो । प्लेग (plague) भन्ने शब्दको त्यतिबेला कुनै विशेष अर्थ थिएन । मध्यकालमा यो महामारी दोहोरिए आएपछि मात्र यो नामाकरण गरिएको हो ।

सरसफाई को महत्व १९ औं शताब्दीमा मात्र मान्य भयो । त्यतिबेला सम्म बाटा घाटा हरु फाहोर हुने, मरेका जनावर हरु यत्रतत्र फैलिएका हुने र जहाँताहाँ मानव परजीविहरु हुने जस्ता अवस्था एकदमै सामान्य थिए । यस्तो वातावरणमा संक्रामक रोग हरु सजिलै फैलिन सक्दथे । कालो मृत्युको कारण विकास भएको संक्रामक रोग बाट ग्रस्त मानिसहरुलाई केहि समय अलग्गै राख्ने क्वारेन्टिन को प्रथा बारम्बार दोहोरिएका महामारी पछि सन् १३७७ मा Dubrovnik मा शुरु गरियो ।[१८]

कालो मृत्युको सबभन्दा प्रवल ब्याख्या प्लेग मानिन्छ जसको कारण Yersinia pestis जीवाणु हो । सन् १८६५ मा दक्षिण चीनमा फैलिएर भारत तिर सल्किएको महामारी पनि यहि जीवाणुको कारणले भएको थियो । १९ औं शताब्दीको उक्त महामारीको कारक रोगजनक(pathogen) को अध्ययन एक बैज्ञानिकहरुको टोलीले शुरु गरेको थियो । यसै क्रममा उक्त टोलीले सन् १८९४ मा हँगकँग भ्रमण गरेको थियो । त्यस टोलीका एक सदस्य फ्रान्सेली-स्विस जीवाणु विशेषज्ञ Alexandre Yersin थिए । पछि उनैको नाम बाट यो जीवाणुको नाम राखियो । [१९] Y. pestis जीवाणुको एक बाट अर्कोमा सर्ने बिस्तृत प्रकृया सन् १८९८ मा Paul-Louis Simond ले स्थापित गरेका थिए । यो प्रकृयामा उपियाँको टोकाई सँगलग्न हुन्छ । रोगीको रगत भोजन गरेको केहि दिन पछि उपियाँको मध्य पेट लगातार विभाजन भएरहेका Y. pestis जीवाणुका कारण थुनिनन जान्छ । यो थुनाको कारण उपियाँ चौपट भोकाउँछ र आक्रामक तरिकाले खाने प्रकृया थाल्छ र यो थुना हटाउनकोलागि भरमार बल लगाएर ओकल्छ जसको कारण नयाँ ब्यक्ति (वा अन्य host) मा हजारौं Y. pestis का जीवाणुहरु सर्दछन र रोगको संक्रमण हुन्छ । लसीका ग्रंथि महामारी प्रकृया अन्य दुई जातिका कृंतक (मुसा, लोखर्के आदि ) हरुमा पनि आधारित भएको पाईयो । ती मध्ये एक प्रजाति जुनमा जो जीवाणुको संक्रमण पछि पनि रोग लाग्दैन, यो host को रुपमा काम गर्छ र जीवाणुलाई जीवन्त राख्ने काम गर्छ । अर्को कृंतक मा यो रोग निरोधक क्षमता हुँदैन र संक्रमण पछि रोग लागेर मर्छ । जब दोश्रो कृंतक प्रजाति मर्छ, उपियाँ नयाँ host खोज्छन र पहिलो प्रजातिको host मा सर्दछन , यसरी यो जीवाणु जीवन्त रहन्छ ।


परिणाम[सम्पादन गर्ने]

अत्याचार[सम्पादन गर्ने]

कालो मृत्युको परिवेशमा नविकृत धार्मीक कट्टरपंथ र उग्रवाद मौलायो । केहि यूरोपेलीहरुले यहुदी, सन्यासी, विदेशी, तिर्थयात्री, भिखारी आदि समुदायका मानिसहरु माथि आक्रमण गर्न थाले ।[२०] रोमा जाति, कुष्टरोगी, छालाका रोगी हरु जस्तै acne वा psoriasis आदि माथि दोषारोपण भयो र यीनीहरु आक्रमणको शिकार भए । यी समुदायका मानिसहरुलाई यूरोप भरि निर्मूल पारियो । १४ औं शताब्दीका वैद्यहरुले यो रोगको कुनै व्याख्या नै गर्न सकेनन, यूरोपेलीहरु ज्योतिषी, भूकम्प तथा यहुदी द्वारा पानीका कुवाको विषाक्तीकरण आदिलाई महामारीको सम्भाव्य कारण मान्न थाले । यूरोपेली सरकारहरुले संकट निदानको कुनै कदम नै चालेनन किनकि रोगको कारण र फैलावट सम्बन्धि केहि जानकारी कसैलाई थिएन । रोग लाग्ने र फैलने प्रकृयाको जानकारी शून्य जस्तै थियो । यत्रो भयावह प्रदर्शन को एक मात्र कारण दैवको क्रोध हुन सक्दथियो !

मध्यकालीन यहुदी समुदायमाथि धेरै आक्रमण भए । [२१] अगस्त १३४९ मा मैन्जकोलोन का यहुदी समुदाय निर्मूल पारिए । त्यसै सालको फरवरीमा स्टासबर्ग का जनताले २००० यहुदीहरुको हत्या गरे ।[२१] सन् १३५१ सम्ममा ६० ठूला र १५० साना यहुदी समुदायहरु नष्ट पारिए ।[२२]


सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. ABC/Reuters. "Black death 'discriminated' between victims (ABC News in Science)", Australian Broadcasting Corporation, 29 January 2008. अन्तिम पहुँच मिति:3 November 2008.
  2. "Health. De-coding the Black Death", BBC, 3 October 2001. अन्तिम पहुँच मिति:3 November 2008.
  3. "Black Death's Gene Code Cracked", Wired, 3 October 2001. अन्तिम पहुँच मिति:3 November 2008.
  4. Bos, Kirsten I. (12 October 2011), "A draft genome of Yersinia pestis from victims of the Black Death", Nature, doi: 10.1038/nature10549 , <http://www.nature.com/nature/journal/vaop/ncurrent/full/nature10549.html> 
  5. Austin Alchon, Suzanne (2003), A pest in the land: new world epidemics in a global perspective, University of New Mexico Press, p. 21, ISBN 0-8263-2871-7, <http://books.google.com/books?id=YiHHnV08ebkC&pg=PA21&dq#v=onepage&q=&f=false> 
  6. "Plague, Plague Information, Black Death Facts, News, Photos", National Geographic 
  7. J. N. Hays (2005). "Epidemics and pandemics: their impacts on human history". p. 23. ISBN 1-85109-658-2
  8. Nicholas Wade. "Europe’s Plagues Came From China, Study Finds", The New York Times, 31 October 2010. अन्तिम पहुँच मिति:1 November 2010.
  9. World Regions in Global Context Third Edition
  10. Christine Roberts. "California squirrel tests positive for exposure to bacterium that causes bubonic plague", New York Daily News, 10 October 2010. अन्तिम पहुँच मिति:4 November 2013.
  11. Raoult & Drancourt (2008), Paleomicrobiology: Past Human Infections, Springer, p. 152 
  12. The Cambridge History of China: Alien regimes and border states, 907–1368, p.585
  13. Kohn, George C. (2008), Encyclopedia of plague and pestilence: from ancient times to the present, Infobase Publishing, p. 31, ISBN 0-8160-6935-2, <http://books.google.com/books?id=tzRwRmb09rgC&pg=PA31&dq#v=onepage&q=&f=false> 
  14. Sussman GD (2011). Was the black death in India and China? Bulletin of the History of Medicine, 85 (3), 319–55 PMID: 22080795
  15. Giovanni Boccaccio (1351/3), Decameron 
  16. D. Herlihy, The Black Death and the Transformation of the West (Harvard University Press: Cambridge, Massachusetts, 1997), p. 29.
  17. "Plague Backgrounder" 
  18. Sehdev, Paul S. (2002), "The Origin of Quarantine", Clinical Infectious Diseases 35(9): 1071–1072, PMID 12398064, doi: 10.1086/344062 , <http://cid.oxfordjournals.org/content/35/9/1071.full> 
  19. G. Christakos, Interdisciplinary Public Health Reasoning and Epidemic Modelling: the Case of Black Death (シュプリンガー・ジャパン株式会社, 2005), ISBN 3-540-25794-2, pp. 110–14.
  20. David Nirenberg, Communities of Violence, 1998, ISBN 0-691-05889-X.
  21. २१.० २१.१ Black Death, Jewishencyclopedia.com
  22. "Jewish History 1340–1349".