कृष्ण पाउरोटी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कृष्ण पाउरोटी उद्योग नेपालको पुरानो पाउरोटी उद्योग हो । काठमाडौंको कमलपोखरीमा रहेको यो उद्योगको स्थापना बि. सं. २००५ मा कृष्णबहादुर राजकर्णिकारले गरेका थिए । [१]

राष्ट्रको समृद्धिका लागि एकनिष्ठ भएर व्यापार गर्नु, निस्वार्थभावले समाजसेवा गर्नु र जनउत्थानका लागि राजनीतिमा पनि संलग्न हुनु कृष्णबहादुर राजकर्णिकारको व्यक्तित्वको प्रमुख विशेषता थियो । वर्तमान सङ्कटग्रस्त समाजमा यिनै विशेषताका कारण उनी कालजयी बने । त्यतिमात्र होइन उनी आज र भोलिका पुस्ताका लागि समेत प्रेरक हुन पुगे ।

राजकर्णिकारले भारतको कोलकाताको नामी बेकरी कम्पनी फर्पोजमा पाउरोटी बनाउने कला सिकेका थिए । त्यो सीप, जाँगर र उत्साह बोकेर उनी नेपाल आए । अनि उनले आफ्नो घरमा आफ्नै नाउँबाट पाउरोटी कारखाना खोले ।बि. स. २००५ सालदेखि कृष्ण पाउरोटीका नाउँमा त्यस व्यापारिक संस्थाले नेपालमा पाउरोटी निर्माणका लागि गुरुत्तर भूमिका खेल्यो ।

काठमाडौंको कमलपोखरी स्थीत कृष्ण पाउरोटी भण्डार

इतिहास[सम्पादन गर्नुहोस्]

उत्पादनहरु[सम्पादन गर्नुहोस्]

नेपालीलाई खाजाका रूपमा पाउरोटी खान सिकाउने राजकर्णिकार ऐतिहासिक व्यक्ति थिए । उनी नेपालको पाउरोटी उद्योगका पहिलो व्यक्तिमा स्थापित भए । कृष्ण पाउरोटी स्थापनाहुनु पूर्व अधिकांश नेपालीलाई पाउरोटीका बारेमा ज्ञातै थिएन । वास्तवमा उनले जन्माएको कृष्ण पाउरोटी भण्डार नेपालका लागि गर्वको विषय नै बन्यो । कुपोषणग्रस्थ बालकको नियति भोगिरहेको नेपालका अल्पायु उद्योगधन्धाका अघिल्तिर यसको निरन्तरताले व्यवसायी जगतलाई समेत गतिलो पाठ पढाएको छ ।

कृष्णबहादुर राजकर्णिकार[सम्पादन गर्नुहोस्]

राजकर्णिकार साइकल चढेर पाउरोटीको बजारिकरण प्रायः आफै गर्थे । त्योभन्दा अघिदेखि नै बीपी कोइरालाको राजकर्णिकारसँग मित्रता गाँसिएको थियो । त्यसैले कोइराला कृष्ण पाउरोटी भण्डारमा बराबर जान्थे । सो भण्डार खुलेदेखि उनले राजकर्णिकारको पौरखको थप तारिफ गर्न पनि थालेका थिए । वास्तवमा राजकर्णिकार र वीपी कोइराला खुबै मिल्थे । त्यसबेला राजकर्णिकारको साइकल चढेर नै कोइराला आफ्नो काम गर्थे । अनि बेलुका राजकर्णिकारको घर कमलपोखरीमा साइकल छाडेर उनी आफ्नो घर चाबेल जान्थे । तर कहिलेकाही हप्तौं दिनसम्म पनि उनी त्यो साइकल आफ्नै घरमा राख्थे ।

राजकर्णिकारका घरमा वीपी कोइराला र गणेशमान सिंहहरूको भेला भैरहन्थ्यो । साथै कृष्ण पाउरोटी भण्डार अन्य राजनीतिक व्यक्तिहरूको पनि सम्पर्क केन्द्रका रूपमा चालु थियो । त्यहाँ चिया होटल पनि भएकाले राजनीतिज्ञलाई उधारो खान पनि सजिलो थियो । वास्तवमा राजकर्णिकारको सरलपन र सहयोगी विचारबाट धेरै मान्छे लाभान्वित थिए ।

राणाशाहीले देश अन्धकारमा राखेको र जनशोषण गरेको बेहोराले राजकर्णिकार भित्रभित्रै मुर्मूरिएका थिए । तिनै राणा लखेट्नेबारेको बैठक राजकर्णिकारका पसलमा प्रायः हुने गथ्र्यो । उनी पनि भुसको आगोजस्तै भएर राजनीतिमा लागेका थिए । अनि उनी नेपालवादी थिए । त्यसैले उनले वीपी कोइरालाको पक्षधर भएर राष्ट्रप्रति चिन्तन गरे । वास्तवमा उनी नेपाल कै हीत मात्र सोच्ने गर्थे ।

कृष्णबहादुरको जन्म १९६० साल बैशाख २५ गते काठमाडौंको कमलपोखरीमा भएको थियो । उनका बुवा हिरामानसिंह राजकर्णिकार आफ्नो पुस्तैनी हलुवाई अथवा मीठाईको दोकान चलाउँथे र उनकी आमा लक्ष्मीकुमारी गृहणी थिइन् ।

कृष्णबहादुर सानामा राणाका दरबारमा मीठाई पु¥याउने काम गर्थे । उनले आफ्ना मालिकको भलाइका लािग मन, वचन र कर्म रोपेका हुन्थे । तर मान्छेले रोपेको कुनैकुनै बिरुवा पनि कुहिन्छ भन्नेको प्रमाण उनका मालिकहरु नै पनि साक्षत थिए । धनी भएर पनि किरनटोकी राणाको नाउँ लिनु पर्दा उनी इन्दुशमशेरकै नाउँ लिन्थे । तिनै इन्दुशमशेरको छत्रछायामा बस्ता उनी भोकभोकै पनि सुत्थे ।

श्री ३ जुद्धशमशेरले इन्दुशमशेरलाई बडाहाकिमको पगरी दिएर इलामतिर लखेट्ता राजकर्णिकार पनि आफ्ना मालिकका पछिपछि गए । त्यसबेला इन्दुशमशेरले यति दिन्छु र उती दिन्छु भनेर फकाउँदै उनीप्रति षड्यन्त्र मात्रै गरिरहे । केही वर्षसम्म घोटिदा पनि उनका हातमा राणाबाट चाराना पैसा पनि झरेन । त्यसैले त्यहाँ उनी तन्नम भए । त्यही रनाहामा उनी आँखा चिम्लेर भारतको कोलकाता पुगे । अनि त्यसैताका यिनले त्यहाँ पाउरोटी बनाउने इलम सिकेका थिए ।

राजकर्णिकारको बिहे २० वर्षका उमेरमा पाटन निवासी साहु रत्नलाल तम्राकार र साहुनी मानकुमारी ताम्राकारकी छोरी प्राणमायासँग भएको थियो । यी दम्पत्तिले ६ जना छोरा र ४ जना छोरी जन्माए । उनको एउटा छोरा घनश्याम राजकर्णिकार नेपाली भाषासाहित्यको प्रसिद्ध आरोही मानिन्छन् । साथै उनी नेपाली भाषासाहित्यको नियात्रा लेखनको अग्रस्थान हासिल गर्ने स्रष्टा मानिन्छन् ।

राजकर्णिकार बौद्धमार्गी थिए । त्यसैले उनले आफ्नो पुर्खाभूमि पाटनको हौगलबहालमा बुद्धमन्दिरको निर्माण गरे । त्यहीं उनले बुद्धको प्रतिमा पनि स्थापित गरेका थिए । पाउरोटी स्थापना गरेको पाँच वर्षपछि सोहीको आम्दानीबाट उनले त्यहाँ मन्दिर र मूर्ति बनाउन खर्च गरेका थिए । राजकर्णिकारले बनाएको मूर्तिमा सिद्धार्थ बुद्ध सिंहासनमा आरामका साथ ढल्केका छन् । अनि त्यस मूर्तिको विशेषता के छ भने सिंहासनमा सुतेर दायाँ हातले शिरलाई अडेस लगाइएको छ । बुद्धको यो सग्लो मूर्ति प्रतिष्ठापन गरिसकेपछि शहरमा उनको सुचर्चाले पनि ठाउँ ढाक्न थाल्यो । राजकर्णिकारको विशेषता उनी ठूलो कुरा गर्दैन थिए, तर ठूलो काम गर्थे । उनी धाक, रवाफ गर्दैन थिए तर जनमनमा जोडिएर सकेको सेवा गर्थे । उनी आडम्बर र घमण्डदेखि टाढा थिए तर उनी जनसाक्षर अभियानमा सक्रिय थिए । राजकर्णिकारको पाउरोटीमा लगानीका कारण उनको उद्योगले पनि अविश्रान्त रुप लिइरह्यो । उनीभित्रको सामाजिक चिन्तन र बौद्धधर्मप्रतिको आस्थाले पनि उनका समूहको सेरोफेरोले उनको जय मनाई रहे । वास्तवमा धैर्य नै जीवनको मुलबाटो हुन्छ भन्नेको सरल प्रमाण पनि यिनै थिए ।

एउटा साधारण मान्छे पनि इतिहासमा प्रथम स्थान राख्छ भने ती हुन्– कृष्णबहादुर राजकर्णिकार । एउटा भद्र मान्छे पनि पसिनाले आफ्नो जातिको पहिचान राख्छ भने ती हुन्–कृष्णबहादुर राजकर्णिकार । अनि एउटा सुधो मान्छे पनि सफलताको चुचुरोमा पुग्न सक्छ भने ती हुन्– कृष्णबहादुर राजकर्णिकार ।


राजकर्णिकार जनसेवामा निक्कै, निक्कै र निक्कै उत्सर्गिक थिए । सेवाका क्रममा खास गरेर उनी स्कूल स्थापना गर्नेदेखि पुस्तकालय बनाउनसम्म सहयोग गर्थे । साथै पाटी र चौतारो बनाउने प्रस्ताव लिएर कोही आए भने उनी आर्थिक सहयोग जुटाई दिन्थे । बाँचुनजेलसम्म पनि उनले आफ्नो मन र कर्म नेपालको हीतमा नै रोपिरहे । नेपाल र नेपालीको जयगानमा डुबुल्किरहेका बेला उनी अपर्झट थला परे । अन्ततः २०१६ साल माघ ६ गते काठमाडौंमा उनी स्वर्गीय भए । त्यसबेला उनी सन्ताउन्न वर्षमा हिंडिरहेका थिए । [२]

कृष्ण पाउरोटी[सम्पादन गर्नुहोस्]

कृष्ण पाउरोटीको स्थापना १९४८सालमा, कृषण बहादुर राजकरणिकारबाट भएको हो [३] । कृष्ण पाउरोटीको स्थापना सँगै नेपालमा केक र पाउरोटीले आफनो पहिचान नेपालमा गराएको थियो [४] । कृष्ण पाउरोटी नेपालको एउटा प्रख्यात बेकरी उत्पादक कम्पनीको रूपमा चिन्निन्छ । यसको प्रमुख कार्यालय कमलपोखरीमा अवस्थीत छ

कृष्ण पाउरोटी भण्डार

स्थापनाकाल देखिनै कृष्ण पाउरोटी एउटा उत्कृष्त बेकरी उत्पादक कम्पनीको रूपमा चिनिन्छ । स्थापनाकालमा यस बेकरीबाट हातबाट बनाइएका उत्पादनहरू पाइन्थयो भने हाल यस कम्पनिमा नयाँ प्रविधिबाट बेकरीका सामानहरू उत्पादन गरिन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. कृष्ण पाउरोटीका “केक बूढा” वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०५ मिति सौंर्य दैनिक
  2. प्रसाई, नरेन्द्रराज, "नेपालमा पाउरोटीका निर्माता कृष्णबहादुर राजकर्णिकार", अन्तिम पहुँच २४ जुन २०१३ 
  3. तिमिल्सिना, भवानि, "द लेजेन्दरी बेकरी", अन्तिम पहुँच ११ नोभेम्बर २०१३  वेब्याक मेसिन अभिलेखिकरण ११ नोभेम्बर २०१३ मिति
  4. तिमिल्सिना, भवानि, "द लेजेन्दरी बेकरी", अन्तिम पहुँच ११ नोभेम्बर २०१३  वेब्याक मेसिन अभिलेखिकरण ११ नोभेम्बर २०१३ मिति