गर्भपतन

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
Induced abortion
वर्गीकरण एवं बाह्य साधन

A woman receiving pennyroyal, a common medieval abortifacient. From Herbarium by Pseudo-Apuleius. 13th-century manuscript.
आईसीडी-१० O04.
आईसीडी- 779.6
डिजीज-डीबी 4153
मेडलाइन प्लस 002912
ईमेडिसिन article/252560

गर्भपतन(Abortion) भन्नाले महिनावारी भएको दिनबाट गणना गर्दा २८ हप्ता भन्दा पहिले गर्भमा भएका भ्रुण, विकसित भ्रुण अथवा शिशु बाहिर निस्कने प्रकृयालाई बुझिन्छ । जुनसुकै गर्भावस्थाको गणना गर्दा महिनावारी भएको पहिलो दिनबाट गणना गरिन्छ । उक्त दिनबाट २८० दिन वा ४० हप्ता वा ९ महिना ७ दिन पुगेपछि गर्भावस्था पूर्ण हुन्छ । विकसित देशहरूमा भने विभिन्न आधुनिक उपकरणको प्रयोग गरी बचाउन सकिने हुनाले २८ हप्ता अघिको १०० ग्राम तौलको शिशु बाहिरिएमा मात्र गर्भपतन भनिन्छ । सुरक्षीत गर्भपतन महिलाहरूको प्रजनन अधिकार हो। असुरक्षित गर्भपतन रोक्नु हाम्रो दाहित्व हो। नेपालमा सुरक्षित गर्भपतन सेवा प्रकृया २०६०ले १२ हप्तासम्मको गर्भ गर्भवती महिलाको मञ्जुरीमा पतन गर्न कानूनले मान्यता दिएको छ। उता जब्जस्ति करणि र हाडनाता भएको अवस्थामा १८ हप्तासम्मको गर्भ फाल्न पाइने व्यबस्था छ। लिङ्ग पहिचान गरेर, गर्भवती महिलाको सहमतिविना र १२ हप्ताभन्दा वढिको गर्भपतन गराउन कानूनले बन्देज लगाएको छ। अप्ठ्यारो परिस्थितिमा विशेषज्ञ र अनुमति प्राप्त चिकित्सकले मात्र १८ हप्तासम्मको गर्भ फाल्न पाउने व्यबस्था रहेको छ।

गर्भपतनका कारणहरू[सम्पादन गर्ने]

  • वंशाणुगत विकृति तथा गर्भवति महिलामा क्रोमोजोमको विकृति रहेछ भने पनि गर्भपतन हुनसक्छ
  • पाठेघरको विकृति भएका पनि गर्भपतन हुनसक्छ, जस्तैः अति सानो पाठेघर हुनु, पाठेघरको मुख खुकुलो हुनु आदि
  • पाठेघरको संक्रमण जस्तैः साइटो मेगालो भाइरस, सिफिलिस, रुबेला, हर्पिस जस्ता रोगहरूको कारणले पनि गर्भपतन हुने गर्दछ ।
  • कुनै कुनै महिलामा केही पुरुषको बिर्य ग्रहण नगर्ने समस्या हुन्छ । प्राकृतिक रूपमा देखापर्ने यो समस्याका कारण पाठेघरले भ्रुण बाहिर फ्यालिदिन्छ ।
  • हर्मनको गडबडी जस्तैः मधुमेह, थाइराइड, गलगाँड, ओभरी, अण्डाशय, साल आदिले अनियमित ढंगले हर्मन निकालेमा पनि गर्भपतन हुने सम्भावना हुन्छ ।
  • इडियोप्याथिक कारणले पनि गर्भपतन हुनसक्छ ।
  • गर्भवति अवस्थामा गह्रौ भारी उचाल्नु

गर्भपतनका तरिकाहरु[सम्पादन गर्ने]

सुरक्षित गर्भपतन[सम्पादन गर्ने]

असुरक्षित गर्भपतन[सम्पादन गर्ने]

निम्नलिखित अवस्थामा गरिएको गर्भपतनलाई असुरक्षित गर्भपतन भनिन्छ।

  • १२ हप्ता भन्दा बढि भएको गर्भ
  • गर्भपतन गर्न आवस्यक तालिम नलिएका स्वास्थ्यकर्मी वा गर्भपतन गर्ने अनुमति प्राप्त नगरेका व्यक्तिबाट गरिइको गर्भपतन
  • स्तरिय सेवा प्रदान गर्न आवस्यक पर्ने न्यूनतम सुविधा नभइका र अनुमति प्राप्त नगरेका सरकारी, निजि तथा गैरसरकारी स्वास्थ्य संस्थामा गरिइको गर्भपतन
  • ज्यानलाई जोखिम हुनेगरि कुनै खाएर वा प्रयोग गरेर गरिएको गर्भपतन [१]

असुरक्षित गर्भपतनका असरहरू[सम्पादन गर्ने]

तत्कालिन जटिलताहरु[सम्पादन गर्ने]
  • गर्भपतन पुर्णरुपमा नहुने
  • बढि रक्तश्राव हुने, ज्वरो आउने र बेहोस हुने
  • पाठेघरमा संक्रमण हुने
दीर्धकालिन जटिलताहरू[सम्पादन गर्ने]

गर्भपतनका प्रकारहरू[सम्पादन गर्ने]

इन्ड्युस्ड गर्भपतन[सम्पादन गर्ने]

आमाको स्वास्थ्यमा गर्भले घातक असर पर्न सक्ने देखिएमा चिकित्सक तथा स्त्रीरोग विशेषज्ञको सहयोगमा गर्भपतन गराउने कार्यलाई इन्ड्युस्ड गर्भपतन भनिन्छ । यसलाई अंग्रजीमा ‘मेडिकल टर्मिनेशन अफ प्रेग्नेन्सी’ भनिन्छ ।

आपराधिक गर्भपतन[सम्पादन गर्ने]

अवैद्यरूपमा गर्भपतनका लागि स्वास्थ्यकर्मी वा अरु कसैले केही पदार्थ, औषधी आदी प्रयोग गरी अनायास गर्भपतन गराउने प्रयासलाई आपराधिक गर्भपतन अथवा अवैधानिक गर्भपतन भनिन्छ । यस्तो क्रियाकलापले आमाको मृत्युसमेत हुने सम्भावना भएको हुनाले यसलाई आपराधिक गर्भपतन भनिएको हो । यसरी गर्भपतन गराउँदा संक्रमण, रक्तस्राव, मिर्गौलाले काम नगर्नु आदि कारणले आमाको मृत्यु हुन सक्छ ।

अपरिहार्य गर्भपतन[सम्पादन गर्ने]

महिलाको पाठेघरमा भएको भ्रुण परिपक्व नभइ अचानक गर्भाशयको मुख खुल्न थालेमा, रक्तस्राव बढी हुन थालेमा, दुख्न थालेमा अपरिहार्य गर्भपतन हुने सम्भावना भएको बुझिन्छ ।

अपूर्ण गर्भपतन[सम्पादन गर्ने]

गर्भवती महिलाको पाठेघरमा रहेको भ्रुण अथवा सालको केही भाग मात्र बाहिर निस्किएर हुने गर्भपतनलाई अपूर्ण गर्भपतन भनिन्छ । भु्रण अथवा सालको केही भाग मात्र बाहिर निस्कने र केही भाग भित्र नै रहने हुनाले बढी रक्तस्राव हुने, दुख्ने आदि हुनसक्छ । यस अवस्थामा बेलैमा उपचार नभएमा सेप्टिस तथा अत्याधिक रक्तस्रावका कारण मृत्यु समेत डर हुन्छ ।

पूर्ण गर्भपतन[सम्पादन गर्ने]

भु्रण अथवा सालनाल सबै बाहिर निस्किएको अवस्थालाई पूर्ण गर्भपतन भनिन्छ । यस्तो बेलामा गर्भवती महिलालाई बेथा लागेजस्तै गरी दुख्छ । गर्भमा रहेका सम्पूर्ण विकारहरू बाहिर निस्किने हुनाले पूर्ण गर्भपतन भएपछि बिस्तारै दुखाइ तथा रक्तस्राव कम हुँदै जान्छ । सेप्टिक गर्भपतन

ह्याबिचुअल एबोर्सन[सम्पादन गर्ने]

कुनै पनि कारणले एकै महिलाको दुई वा दुई भन्दा बढी पटक गर्भपतन भएमा यस्तो अवस्थामा ह्याबिचुअल एबोर्सन (गर्भपतन हुने बानी परिसकेको) भनिन्छ । साधारणतया यसको उपचार गर्न गाह्रो हुन्छ ।

मिस्ड एबोर्सन[सम्पादन गर्ने]

गर्भवती महिलाको पाठेघरमा रहेको भ्रुणको कुनै कारणले मृत्यु भएमा वा पाठेघर भित्रै शिशुको मृत्यु भएमा यस्तो गर्भपतनलाई मिस्ड एबोर्सन भनिन्छ । यस्तो अवस्था अल्ट्रासाउन्ड गरेर पत्ता लगाउन सकिन्छ । आमाले पेटमा रहेको बच्चा चले नचलेको महशुस गरेर पनि यसको पहिचान गर्न सकिन्छ ।[१]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ Human Sexuality & Reproductive Health Maharjan ISBN 978-9937-549-01-1