गौरी रायमाझी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गौरी रायमाझी

गौरी रायमाझी अङ्ग्रेजी (Gauri Rayamajhi)नेपाली समाजमा महिला विकास, महिला नेत्रित्व र महिला समाबेसिकरण को अगुवाइ गर्ने एउटा चिरपरिचित नाउ हो। उनको "गृह विकास" कार्यक्रमबाट उनले देश भरका महिलाहरूलाई विभिन्न किसिमका सल्ला, सुझब र उपाय दिने गर्थिन् । उनको साहित्यीक यात्रा भने नेपाल प्रज्ञा प्रतिष्ठानको "मधुर्य" भन्ने कबिता सग्रहबाट सुरु भयो । रायमाझीले मधुर्यमा २०२९, २०३० र २०३२ सालमा विभिन्न कबिता प्रकाशित गर्नुका साथै नेपाल प्रज्ञा प्रतिष्ठानको बिभीन्न कार्यक्रममा आफ्नो कविता बाचन गरिन् ।


जन्म[सम्पादन गर्नुहोस्]

पिता निबिन्द राज कंडेल र माता पद्ममा कंडेलको कोखबाट मङ्सिर २३, २००५ वि.सं. पजरकट्टी, नवलपरासीमा जन्मीएकी गौरी रायमाझी नेपाली साहित्य र महिला रेडियो कर्मीहरूको नाम लिनु पर्दा अग्र पङ्तीमा आउछ ।


योगदान[सम्पादन गर्नुहोस्]

महिला स्थानिय विकास प्रशिक्षण प्रतिस्ठान अन्तर्गत महिला प्रशिक्षण केन्द्रले रेडियो नेपालबाट प्रसारन गर्ने "गृह विकास कार्यक्रम" लाई १० वर्ष सम्म निरन्तर सन्चालन गरेकी रायमाझी, नेपालको ७५ जिल्लामा महिला प्रशिक्षण केन्द्रका विभिन्न महिला विकास, स्वरोजगार, आय मुल, महिला नेत्रित्व, महिला स्वास्थ, प्रौड शिक्षा तथाका कार्यक्रमहरू सन्चालन गरेकी छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाहिरी कडीहरू[सम्पादन गर्नुहोस्]