ग्यालिलियो ग्यालिली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(ग्यालिलिओबाट अनुप्रेषित)
ग्यालिलियो ग्यालिली
गिउस्टो सस्टर्म्यान्सले बनाएको ग्यालिलियो ग्यालिलीको चित्र ।
जन्म(१५६४-०२-१५)१५ फेब्रुअरी १५६४[१]
पिसा,[१] डची अफ फ्लोरेन्स, इटाली
मृत्यु८ जनवरी १६४२(1642-01-08) (उमेर ७७)[१]
आर्सेट्रि,[१] ग्राण्ड डची अफ टस्कानी, इटाली
वासस्थानग्राण्ड डची अफ टस्कानी, इटाली
राष्ट्रियताइटालियन (टस्कान)
मातृ शिक्षाप्रतिष्ठानपिसा विश्वविद्यालय
चिनारीको कारणKinematics
Dynamics
Telescopic observational astronomy
Heliocentrism
वैज्ञानिक करियर
क्षेत्रअन्तरीक्ष विज्ञान, भौतिक शास्त्र र गणित
शिक्षापिसा विश्वविद्यालय
पडुआ विश्वविद्यालय
शैक्षिक सल्लाहकारओस्टिलियो रिची[२]
उल्लेखनीय विद्यार्थीहरूबेनेडेट्टो क्यास्टेल्ली
मारियो गुइडुची
विन्सेनजियो विविआनी[३]
हस्ताक्षर
टिप्पणीहरू
ग्यालिलियो पिता विन्सेन्जो ग्यालिली एक संगितकार थिए । उनकि श्रीमती मारिना गाम्बा (१५७० अगस्ट २१- १६१२) एक lutenist थिइन, उनीबाट दुई छोरी (मारीया सेलेस्ट (१६००-१६३४) र लिभिया (१६०१ - १६३४), यि दुबै पछि भिक्षुणी भए), तथा एक छोरा विन्सेन्जो (१६०६ - १६४९) भए । पछि मारिनाले जिओभानी बारटोलुजीसँग विवाह गरिन् ।

ग्यालिलियो ग्यालिली (इटालीयन उच्चारण: ɡaliˈlɛːo ɡaliˈlɛi; १५ फेब्रुवरी १५६४ - ८ जनवरी १६४२),लाई सामान्यतया मात्र ग्यालिलियोको नामले चिनिन्छ । यिनी इटालीका भौतिकविज्ञानशास्त्री, गणितज्ञ, खगोलशास्त्रीदार्शनिक थिए जसले वैज्ञानिक क्रान्तिमा प्रमुख भूमिका निभाए । उनले टेलिस्कोपको विकास गरेर अन्तरिक्षको अवलोकनका साथै कपर्निक्यानिज्म (Copernicanism)को लागि सहयोग गरेका थिए । ग्यालिलियोलाई "आधुनिक अवलोकन खगोल विज्ञानका पिता", "आधुनिक भौतिकी विज्ञानका पिता", "विज्ञानको पिता" र "आधुनिक विज्ञानका पिता" जस्ता नामले चिनिन्छ ।

स्टीफन हकिंग भन्छन्, "ग्यालिलियो, शायद कुनै पनि अन्य व्यक्तिको तुलनामा अधिक आधुनिक विज्ञानको जन्मको लागि जिम्मेवार थिए ।" लगभग सबै हाई स्कूल र कलेजको परिचयात्मक भौतिक विज्ञानको पाठ्यक्रमहरूमा पढाईने समान त्वरित वस्तुहरूको गतिको बारेमा ग्यालिलियोले काइनेमेटीक्सको विषयको रूपमा अध्ययन गरेका थिए । उनले अन्तरिक्षको अवलोकन गरेर शुक्रग्रहको चरणको पुष्टि, बृहस्पतिका सबैभन्दा ठूला चार उपग्रहरूको (यिनीहरूको नाम उनको सम्मानमा ग्यालिली मुन राखिएको छ) खोज र सनस्पट्सको (sunspots)को अवलोकन तथा विश्लेषण गरी खगोल विज्ञानमा ठूलो योगदान पुर्‍याका छन् । ग्यालिलियोले सैन्य कम्पास र अन्य उपकरणहरूको विकास तथा आविस्कार गरी लागू विज्ञान र प्रविधिको क्षेत्रमा पनि काम गरेका थिए ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ १.३ O'Connor, J. J.; Robertson, E. F., "Galileo Galilei", The MacTutor History of Mathematics archive, University of St Andrews, Scotland, अन्तिम पहुँच २००७-०७-२४  |coauthors= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. F. Vinci, Ostilio Ricci da Fermo, Maestro di Galileo Galilei, Fermo, 1929.
  3. NODAK.edu[dead link]