ग्रामीण दूरसञ्चार विकास कोष

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवाको विकास, विस्तार र संचालनका लागि दूरसञ्चार ऐन, २०५३ को दफा ३० को उपदफा (४) वमोजिम नेपाल दूरसञ्चार प्राधिकरणले स्थापना गरेको कोषको नाम ग्रामीण दूरसञ्चार विकास कोष हो।[१]

दूरसञ्चार सेवा प्रदायकहरूले प्राप्त गरेको वार्षिक आयको प्राधिकरणले तोके बमोजिमको रकम प्रत्येक वर्ष सो कोषमा जम्मा गर्नु पर्ने व्यवस्था छ। हाल सेवा प्रदायकहरूले आफ्नो वार्षिक आयको दुई प्रतिशतले हुन आउने रकम उक्त कोषमा जम्मा गर्न तोकिएको छ। कोषमा जम्मा भएको रकम प्राधिकरणले नेपाल सरकारको दूरसञ्चार सम्बन्धी नीतिको अधीनमा रही ग्रामीण क्षेत्रमा दूरसंचार सेवाको विकास, विस्तार र संचालनका लागि प्रयोग गर्ने गर्दछ। दूरसञ्चार सेवाको विकास, विस्तार र सञ्चालन गर्नको लागि प्राधिकरणले कुनै अनुमतिपत्र प्राप्त दूरसञ्चार सेवा प्रदायकलाई तोक्न सक्ने र त्यस्तो अनुमतिपत्र प्राप्त सेवा प्रदायकले प्राधिकरणले तोके वमोजिमको ग्रामीण क्षेत्रमा दूरसञ्चार को विकास, विस्तार र सञ्चालन गर्नु पर्ने व्यवस्थासमेत ऐनमा गरिएको छ ।

कोष अन्तर्गतका परियोजनाहरु[सम्पादन गर्नुहोस्]

ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरेर हाल मुख्यतः दुई परियोजनाहरु संचालनमा छन्।[२]

अप्टिकल ब्याकबोन नेटवर्क परियोजना[सम्पादन गर्नुहोस्]

यस परियोजनाका मुख्य लक्ष्यहरु यस प्रकार छन्।

  • मध्य पहाडि लोकमार्गलाई आधार बनाई राष्ट्रिय राजमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सडकहरु तथा उत्तर दक्षिण राजमार्गहुँदै पूर्व पश्चिम राजमार्ग जोड्ने गरी अप्टिकल फाइवर सञ्जाल बिच्छाइ सबै जिल्ला सदरमुकाम तथा नगरपालिकाहरूलाई सूचना मार्गले जोड्ने।
  • अप्टिकल फाईवरको सञ्जाल बनाउन तथा सञ्चालन गर्न ३ खण्डमा विभाजन गरी कार्य अगाडि बढाउने।
अप्टिकल ब्याकबोन नेटवर्क परियोजना
प्याकेज छनौट गरिएको सेवा प्रदायक
प्रदेश १, २ र ३ नेपाल टेलिकम
प्रदेश ४ र ५ युनाइटेड टेलिकम
प्रदेश ६ र ७ नेपाल टेलिकम


ब्रोडब्याण्ड एक्सेस नेटवर्क परियोजना[सम्पादन गर्नुहोस्]

यस परियोजनाका मुख्य लक्ष्यहरु यस प्रकार छन्।

  • नेपालका सबै जिल्लाहरुका नगरपालिका, गाउँपालिका, वडा कार्यलय, शैक्षिक संस्था, स्वास्थ्य संस्था आदिमा ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउन १८ वटा प्याकेज बनाइ कार्य अगाडि बढाउने।
  • भूकम्पबाट अति प्रभावित ११ जिल्ला (काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, गोरखा, धादिंग, मकवानपुर, दोलखा, रामेछाप, सिन्धुली र ओखलढुङ्गा) का नगरपालिका, गाउँपालिका, वडा कार्यालय शैक्षिक संस्था र स्वास्थ्य संस्थामा ब्रोडब्याण्ड सेवा उपलब्ध गराउने कार्य प्राथमिकताका साथ गर्ने।
    ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरेर ब्रोडब्याण्ड एक्सेस नेटवर्क परियोजना अन्तर्गत बैतडी जिल्लाको देहिमाण्डौँमा निर्माण गरिएको संरचना।
ब्रोडब्याण्ड एक्सेस नेटवर्क परियोजना
प्याकेज प्रदेश छनौट गरिएको सेवा प्रदायक
दार्चुला, बैतडी, डडेलधुरा र डोटी सुदूरपश्चिम भायानेट कम्युनिकेशन प्रा ल
बझाङ, बाजुरा र अछाम सुदूरपश्चिम मर्कन्टाइल कम्यूनिकेशन प्रा लि
कैलाली र कन्चनपुर तथा बाँके, बर्दिया र दाङ्ग, सुदूरपश्चिम तथा प्रदेश ५
कालिकोट, जाजरकोट, रोल्पा र रुकुम पश्चिम तथा रुकुम पूर्व कर्णाली तथा प्रदेश ५ वर्ल्डलिंक कम्युनिकेशन
हुम्ला, जुम्ला, मुगु, र डोल्पा कर्णाली वर्ल्डलिंक कम्युनिकेशन
सुर्खेत, दैलेख र सल्यान कर्णाली टेकमाइण्डस् कम्युनिकेशन प्रा लि
गुल्मी, पाल्पा, अर्घाखाँची र प्यूठान प्रदेश ५ भायानेट कम्युनिकेशन प्रा ल
नवलपरासी, रुपन्देही र कपिलवस्तु तथा चितवन र नवलपुर प्रदेश ५ तथा बागमती
लमजुङ, तनहुँ, स्याङजा, कास्की र पर्वत गण्डकी वर्ल्डलिंक कम्युनिकेशन
बागलुङ्ग, मनाङ्ग, मुस्ताङ्ग र म्याग्दी गण्डकी
गोरखा तथा धादिङ्ग र मकवानपुर (भूकम्पबाट अति प्रभावित) गण्डकी तथा बागमती सुबिसु केवलनेट प्रा लि
काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, र रसुवा (भूकम्पबाट अति प्रभावित) बागमती नेपाल टेलिकम
दोलखा, रामेछाप र सिन्धुली तथा ओखलढुङ्गा (भूकम्पबाट अति प्रभावित) बागमती तथा प्रदेश १ मर्कन्टाइल कम्यूनिकेशन प्रा लि
सर्लाही, रौतहट, बारा र पर्सा प्रदेश २ सुबिसु केवलनेट प्रा लि
सप्तरी, सिरहा, महोत्तरी र धनुषा प्रदेश २ सुबिसु केवलनेट प्रा लि
सुनसरी, झापा, मोरङ्ग, उदयपुर र इलाम प्रदेश १
पाँचथर, धनकुटा, तेहथुम, भोजपुर र खोटाङ प्रदेश १ टेकमाइण्डस् कम्युनिकेशन प्रा लि
ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बु प्रदेश १ मर्कन्टाइल कम्यूनिकेशन प्रा लि

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. दूरसञ्चार ऐन, २०५३[१] वेब्याक मेसिन अभिलेखिकरण २०२१-०१-२३ मिति
  2. नेपाल दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन २०७४/७५[२] वेब्याक मेसिन अभिलेखिकरण २०२२-०४-०८ मिति