घनश्याम नेपाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

घनश्याम नेपाल (२०१६) पेसाले प्राध्यापक हुन् भने नेपाली साहित्यका क्षेत्रमा समालोचक हुन् । भाषा र साहित्यको अन्वेषणमूलक लेखनमा यिनको कलम राम्रोसँग चलेको पाइन्छ । यिनी नेपाली समालोचनाको एेतिहासिक सामग्रीहरूको खोजी गरी लेख्ने अन्वेषक समालोचक हुन् । नेपालका प्रकाशित कृतिहरूमा नेपाली साहित्यको परिचयात्मक इतिहास (२०४५) महत्त्वपूर्ण मानिन्छ । यस बाहेक यिनको शैलीविज्ञान नामक पुस्तक पनि प्रकाशित छ । यिनका फुटकर रचना र सम्पादित कृतिहरू पनि छन् ।