घुमाउने घर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

घुमाउने घर (गोल घर वा बाटुले घर पनि भनिने) पश्चिमी नेपालमा दाराई समुदायले निर्माण गर्ने परम्परागत घर हो। यसले बस्तु शास्त्रको पालना गर्दछ। घर बेलनाकार हुने भएकाले यस्ता घरमा दिनभर घाम लाग्ने गर्छ । यस्ता घरमा दुई तला हुने गर्दछ। भुइँ तल्ला चार कोठा मिलेर बनेको हुन्छ। एउटा भान्छाको रूपमा, दुई शयनकक्षको रूपमा र अर्को खेतीका उपकरणहरू भण्डार गर्न प्रयोग गरिन्छ। माथिल्लो तला कृषि उत्पादनहरू भण्डारण गर्न प्रयोग गरिन्छ। [१] घर ढुङ्गा र काठले निर्माण गरिन्छ। यी संरचना भूकम्प प्रतिरोधात्मक क्षमता भएको विश्वास गरिन्छ । [२]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "लोप हुन थाले दरै समुदायको घुमाउने घर", GorakhaPatra, अन्तिम पहुँच २०२२-११-०३ 
  2. Gautam, Dipendra; Chaulagain, Hemchandra; Rupakhety, Rajesh; Adhikari, Rabindra; Neupane, Pramod; Rodrigues, Hugo (२०१८), "Vernacular masonry construction in Nepal: History, dynamics, vulnerability and sustainability", Masonry: Design, Materials and Techniques. Nova Science Publishers Inc., New York