चुनढुङ्गा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चुनाको मत्रा बढि भएको पत्रे चट्टान

यसको प्रयोग निर्माण कार्यहरू मा(भवन बनाउन) र विशेष गरी सिमेन्टको कच्चा पदार्थको रूपमा हुन्छ । चुनढुङ्गाबाट बनेको विश्व प्रसिद्ध संरचनामा ईजिप्टको पिरामिड उल्लेख्य छ।

चुनढुङ्गाको नेपालमा करिब १ अर्ब मे.टन भन्दा बढीको भण्डार रहेको विभिन्न अनुसन्धानहरूले देखाएका छन्। यसमा हालसम्म ३१ करोड मे.टन प्रमाणित, ११ करोड मे.टन अर्ध प्रमाणित र थप ७४ करोड मे.टनको सम्भावना देखिएको छ।

चुनढुङ्गा खानी

नेपालमा चुनढुङ्गा उत्खननका लागि अनुमति प्राप्त खानीहरू[सम्पादन गर्नुहोस्]

कम्पनी खानीस्थल क्षमता
उदयपुर सिमेन्ट उदयपुर ७२ मिलियन टन
हेटौँडा सिमेन्ट मकवानपुर २४.४ मिलियन टन
भारदेउ सिमेन्ट लेले, ललितपुर ३.९८ मिलियन टन
पशुपति मुरारका दर्सन डाँडा, गोर्खा ०.०७ मिलियन टन
मारुती सिमेन्ट काकुरठाकुर, सिन्धुली १० मिलियन टन
बुटवल सिमेन्ट निगाले, धनकुटा १० मिलियन टन
डोलोमाइट चुन उद्योग मस्याम, पाल्पा १.२ मिलियन टन
स्टार लाईम शक्तिखोर, चितवन ३.२ मिलियन टन
अजयराज सुमार्गी पानद्राङ, मकवानपुर २.५६ मिलियन टन
डाइनेष्टी इ.प्रा.लि. नरपानी, अर्घाखाँची १७.४ मिलियन टन
अन्नपूर्ण क्वारिज जोगीमारा, मकवानपुर २.२ मिलियन टन
सेन्चुरी सिमेन्ट बुडीचौर, मकवानपुर २.८ मिलियन टन
सिवम सिमेन्ट बुडीचौर, मकवानपुर ०.१४ मिलियन टन
दाङ सिमेन्ट हापुरे, दाङ २६.५ मिलियन टन
विश्वकर्मा सिमेन्ट कजेरी, सल्यान १७ मिलियन टन
कन्चन क्वारिज पाल्पा १.६ मिलियन टन
सौर्य सिमेन्ट गल्टार, उदयपुर टन १८.७४ मिलियन