चेक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चेकको नमुना

चेक त्यो आदेशपत्र हो जसको माध्यमबाट बैङ्कबाट रकम वा पैसा निकाल्न सकिन्छ । बैङ्क खातामा जम्मा गर्ने ग्राहकले बैङ्कद्वारा तयार गरिएको पैसा झिक्न प्रयोजनको निमित्त ग्राहकलाई दिइन्छ । यो त्यस्तो विनिमयपत्र हो जुन बैङ्कमाथि खिचिएको हुन्छ र माग हुनासाथ तुरुन्तै भुक्तानी पनि हुन्छ । चेक भनेको ग्राहकले आफ्नो खातामा राखेको रकमको माग फाराम हो । ब्यक्ति वा व्यावसायिक सङ्गठनले बैङ्कमा रहेको आफ्नो खाताबाट निश्चित ब्यक्ती वा संस्थालाई दिन भनी बैङ्कलाई लेख्ने आदेश वा निर्देशन हो । यस्तो निर्देशन राष्ट्र बैङ्क ऐन अनुसार तोकिएको ढाँचामा सम्बन्धित बैङ्कले बनाएको कागजी प्रतीमा हुनु पर्दछ । लेखक ए.एन.अग्रवालका अनुसार "आदेश दिएको व्यक्ति वा उपकरण (चेक) को बाहकलाई मात्र माग गरिएको समयमा निश्चित रकम भुक्तानी दिनु भनी तोकिएको बैङ्कलाई जारीकर्ताले हस्ताक्षर गरी तोकिएको बैङ्कलाई दिने शर्तरहित आदेश चेक हो ।"

चेकका पक्षहरु[सम्पादन गर्नुहोस्]

  • चेक लेखक (Drawer)

बैङ्क तथा वित्तीय संस्थामार्फत चेकको भुक्तानी दिने आदेश दिइएको हुन्छ त्यसलाई Drawee भनिन्छ ।

  • भुक्तानी दिने पक्ष (Drawee)

यो पक्ष जसले चेक लिन्छ अर्थात् बैङ्कलाई निश्चित रकम भुक्तानी गर्न आदेश दिन्छ त्यसलाई Drawee भनिन्छ ।

  • भुक्तानी पाउने पक्ष (Payee)

यसलाई beneficiary पक्ष अर्थात् चेकको भुक्तानी पाउने पक्ष पनि भनिन्छ।

यी तीन प्रमुख पक्षहरुको अलावा चेक कारोबारका निम्न पक्षहरु समेत संलग्न हुन सक्दछन् ।

  • अधिकार हस्तान्तरण गर्ने पक्ष (Endorser)

जब एउटा व्यक्तिले चेकको आफ्नो अधिकार अर्को पक्षलाई भुक्तानी दिन अनिवार्य गर्दछ भने त्यस्तो पक्षलाई Endorser भनिन्छ ।

  • हस्तातरित अधिकार प्राप्त गर्ने पक्ष (Endorsee)

जुन पार्टीका पक्षमा चेकको भुक्तानी पाउने अधिकार हस्तान्तरण हुन्छ त्यो पक्षलाई Endorsee भनिन्छ ।

चेकका विशेषताहरु[सम्पादन गर्नुहोस्]

लिखित कागजात[सम्पादन गर्नुहोस्]

चेक एउटा लिखित कागजात हो, जसमा भुक्तानी पाउने पक्ष, चेकको रकम, मिति आदि लेखिएको हुन्छ । चेकको रकम अङ्क र अक्षर दुबैमा प्रष्ट लेखिएको हुनुपर्दछ ।

शर्तरहित आदेश[सम्पादन गर्नुहोस्]

चेकमा कुनै शर्त तोकिएको हुदैन । अर्कोतिर, यो खातावालाले आफ्नो खाताबाट झिक्न बैङ्कलाई दिने आदेश वा निर्देशन हो । तशर्थ चेकलाई शर्तरहित आदेश भनिन्छ ।

निश्चित बैङ्क[सम्पादन गर्नुहोस्]

चेक तोकिएको वा निश्चित बैङ्कको नाममा जारी गरिन्छ । चेक कुनै व्यक्ति वा गैरबैङ्किङ्ग सङ्गठनहरूको नाममा जारी गरिदैन ।

  • यो एउटा लोकप्रीय साखपत्र हो ।
  • यो खातावालाले समन्धित बैङ्कलाई दिइने लिखित आदेश हो ।
  • चेक निश्चित अवधिको लागि तयार गरिको हुन्छ ।

चेकका नियमहरु[सम्पादन गर्नुहोस्]

  • चेकमा लेखिएको मिती स्पस्ट हुनुपर्दछ । बैङ्कले तोकेको म्याद नाघेको र आगामी दिनको मितिको चेक भुक्तानी गर्दैन ।
  • भुक्तानी पाउनेको नाम स्पस्ट हुनुपर्दछ ।
  • अंक र अक्षरमा लेखेको ठीक दुरुस्त हुनुपर्दछ ।
  • चेक मा रहेको खातावालाको हस्ताक्षर नमुना अनुसारको हुनुपर्दछ ।
  • चेक खिच्ने ब्यक्तीको खातामा चेकमा लेखिएको वा सो भन्दा बढी रकम हुनुपर्दछ ।
  • चेक कार्यालयमा प्रयोग हुने भाषामा लेखिएको हुनुपर्दछ ।

चेकको प्रकारहरु[सम्पादन गर्नुहोस्]

बाहक चेक[सम्पादन गर्नुहोस्]

त्यो चेक जसले समन्धित बैङ्कमा प्रस्तुत गर्छ वा लिएर आउँछ उसलाई भुक्तानी दिनु भनि लेखिएको चेक नै बाहकचेक हो ।

आदेश चेक[सम्पादन गर्नुहोस्]

त्यस्तो चेक जसको भुक्तानी बैङ्कमा कुनै विशेष ब्यक्ति वा चेकवालाले गरेको आदेशित अन्य ब्यक्तिलाई गरिन्छ ।यो चेकको भुक्तान रकम पाउने ब्यक्तिले चेकको पछाडीपट्टी हस्ताक्षर गरेपछी मात्र गरिन्छ। बाहक चेक भन्दा केहि सुरक्षित हुन्छ ।

रेखांकित चेक[सम्पादन गर्नुहोस्]

बैङ्कको कुनै न कुनै खातामा जम्मा भएर मात्र भुक्तानी हुनुपर्ने सन्केतका लागि चेकमा रेखान्कित गरिदिने प्रकृया अनुरुप तयार भएको चेक रेखान्कित चेक हो । यसमा चेकको बायापट्टी दुइवटा समानान्तर रेखा कोरिएको हुन्छ ।

  • साधारण रेखांकित चेक

साधारण रेखान्कित चेक कुनै न कुनै खातामा जम्मा गर्न सकिन्छ । कहिलेकाही समबन्धीत ब्यक्ती बाहेक अरु कसैको खातामा जम्मा गरेर सो ब्यक्तीले भुक्तानी पाउने सम्भावना रहन्छ ।

  • विशेष रेखांकित चेक

रेखान्कित चेक मा समानान्तर धर्काभित्र A/C Payee लेखिएको हुन्छ । यो चेकको भुक्तानी जो ब्यक्ती वा संस्थालाई लेखिएको हो सोही ब्यक्ती वा संस्थाको खातामा जम्मा हुने गरी मात्र हुने भएकोले यो चेक एकदमै सुरक्षित हुने गर्दछ ।



सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

"https://ne.wikipedia.org/w/index.php?title=चेक&oldid=1133580" बाट अनुप्रेषित