च्याउ
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
Amanita muscaria नामको च्याउ
च्याउमा प्रोटिन, भिटामिनहरूमा थाइमिन, राइवोˆलेविन, नाइसिन, वायोटिन, एसकर्भिक एसिड, विभिन्न मिनरल्स, विभिन्न एमिनो एसिडस् आदि तìवहरू पाइन्छ। त्यस्तै, भिटामिन ए, बी, सी, खनिज र क्याल्सियम पनि पाइन्छ। बोसो नगन्य मात्रामा पाइन्छ, च्याउमा स्टार्च हुँदैन, त्यसैले च्याउलाई पौष्टिक खानाको रूपमा लिइएको हो।
लगभग पाँच हजार वर्ष अगाडिदेखिको खोज र अनुसन्धानबाट संसारमा तीन हजार ८०० किसिमका च्याउहरू पत्ता लगाएका छन्। तीमध्ये एक हजार जाति विषालु दुई हजार जाती खान योग्य र २०० जाती औषधीय गुणयुक्त पाइएका छन्। तीमध्ये पनि ६ किसिमका च्याउ अद्वितीय गुणले भरिपूर्ण छन्।