जापानको संविधान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जापानको आधुनिक संविधान (Shinjitai: 日本国憲法, Kyūjitai: 日本國憲󠄁法, Hepburn: Nihon-koku kenpō) मेइजी युगमा बनाइएको थियो। सो संविधान प्रसिया र ब्रिटिश मोडेल मा आधारित थियो र १८९० देखि १९४७ सम्म प्रयोग गरिएको थियो। त्यो संविधान अनुसार जापानका सम्राट सर्वोच्च थिए र मन्त्रिपरिषद् र प्रधानमन्त्री उनका अनुयायी थिए।

जापानको वर्तमान संविधान, दोस्रो विश्व युद्ध पछि लेखिएको थिए। उक्त संविधान अमेरिकी अधिकारीहरूले लेखेका थिए र १८९० को मेइजी संविधान को संशोधन को रूपमा ३ नोभेम्बर १९४६ मा जारी गरि ३ मे १९४७ देखी लागू गरिएको थियो। यस संविधानमा सम्राटलाई प्रतीकात्मक रूपमा चित्रण गरिएको छ भने वास्तविक राजनीतिक शक्ति सदन र मन्त्रि परिषदलाई दिइएको छ। संविधानले व्यक्तिगत अधिकारको संरक्षण र न्याय प्रशासन गर्न स्वतन्त्र न्यायपालिकाको स्थापना पनि परिकल्पना गरेको छ ।

जापानी संविधान संसारको सबैभन्दा पुरानो असंशोधित संविधान पनि हो। ७० वर्षमा यसमा कुनै संशोधन गरिएको छैन। यो संसारको छोटो संविधान मध्य एक पनि हो । [१]

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

  1. Joshi, Nirmal raj, जापानको संविधान 日本 国憲法, आइएसबिएन 979-8851610677