जितारी मल्ल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जितारी मल्ल
खस राज्यको राजा
शासनकाल१३४४-१३५६
पूर्वाधिकारीअशोकचल्ल
उत्तराधिकारीरिपु मल्ल
सन्तानअक्षय मल्ल
आदित्य मल्ल
वंशखस मल्ल वंश
बाबुअशोक चल्ल
धर्महिन्दु

राजा जितारी मल्ल आफ्ना बाबू अशोकचल्ल जस्तै विजिगीषु थिए । आफ्ना पूर्वजहरूका झैँ राजा जितारी मल्ल आफ्नो बलिष्ठ सैन्य सङ्गठन गर्न पछि परेनन् । उनी आफ्ना पुर्खाको भन्दा पनि बढी क्षेत्र विस्तार गर्न सफल भए । विशेष गरी उनले जुम्ला देखि काठमाडौँ सम्मको विजय गरेर खसराज्यलाइ विशाल साम्राज्यमा परिणत गरेका थिए । उनले एक पटक मात्र नभएर , तीन - तीन पटक नेपाल मण्डलका चार भञ्ज्याङ उपत्यकाको केही भाग केही समय वशमा पारेका थिए त्यसै कार्यबाट उनी चल्लबाट मल्ल भनिए ।

चार भञ्ज्याङमा पहिलो आक्रमण[सम्पादन गर्नुहोस्]

राजा जितारी मल्लले वि सं १३४४ मा पहिलो चोटि नेपाल मण्डल माथी आक्रमण गरेका थिए । पौष महिनामा गरेको त्यो आक्रमण मा स्वायम्भुनाथ नेर भयानक युद्ध भयो । नेपाल मण्डलका राजा अनन्त मल्ललाई निकै समस्या पर्यो । युद्धमा ८०० खस सिपाही मारिए । नेपाल मण्डलका केही किल्लाहरू जस्तै नुवाकोट, फर्पिङ खस सेनाले तोडेका थिए तर नेपाल मण्डलको केन्द्रिय सत्ता भक्तपुर सुरक्षित नै रहेको थियो । [१]

चार भञ्ज्याङमा दोश्रो आक्रमण[सम्पादन गर्नुहोस्]

राजा जितारी मल्लको सेनाले वि सं १३४५ फागुन महिनामा दोस्रो पटक नेपाल मण्डल माथि आक्रमण गर्यो । यश पटकको खससेनाको आक्रमण पहिलेको भन्दा अझ भयानक थियो । खससेनाले गाउँभित्र पसेर आगो लगाउने गर्दा ज्यादै भयङ्कर भयो । जुम्लाका राजा जितारी मल्ल स्वयम्भू र लोकेश्वर (रातो मच्छिन्द्रनाथ) अनि पशुपतिनाथको विधिवत् पूजा गरेर फर्के ।

चार भञ्ज्याङमा तेश्रो आक्रमण[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. कहिँ त्यो सङ्ख्या ३५० मात्र रहेको व्याख्या गरिएको छ