टाइटानिक (१९९७ चलचित्र)
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (मे २०१३) |
| Titanic | |
|---|---|
| चित्र:Titanic poster.jpg Theatrical poster |
|
| निर्देशक | James Cameron |
| निर्माता |
|
| लेखक | James Cameron |
| कलाकार | |
| Music by | James Horner |
| Cinematography | Russell Carpenter |
| सम्पादक |
|
| स्टुडियो | |
| बितरक |
|
| Release date(s) | [[Category:Expression error: Unrecognized punctuation character "�". films]]नोभेम्बर 1, 1997 (Tokyo International Film Festival) डिसेम्बर 19, 1997 (United States) |
| Running time | 194 minutes |
| देश | United States |
| भाषा | English |
| Budget | $200 million[२][३][४] |
| Box office | $2,185,372,302[५] |
टाइटानिक सन् १९९७मा बनेको अमेरिकी चलचित्र हो।
ह्वाइट स्टार लाइन कम्पनीको त्यस समयको सवै भन्दा विशाल एवम प्रविधि युक्त जहाज टाइटानिक जुन विभिन्न परीक्षणपछि २२२४ मान्छे बोकेर पहिलो औपचारिक यात्रामा बेलायतदेखि अमेरिका गइरहदा न्युयोर्क नजीकै विशाल हिम टुक्रा (iceberg) संग ठोक्किन पुगि डुवेको थियो| यस दुर्घटनामा १५१४ यात्रुले ज्यान गुमाएका थिए|
यहि दुर्घटनामा आधारित विभिन्न फिल्म हरू वनेका छन| जेम्स क्यामेरनद्वारा निर्देशित 'टाइटानिक' फिल्म यस मध्य अग्रपन्ग्तिमा आउछ| उत्कृष्ट फिल्म, निर्देशन, छायांकन र सम्पादनसहित ११ वटा अस्कर अवार्ड जित्न सफल 'टाइटानिक'ले जहाज डुब्दाको त्रासदीमात्र होइन तत्कालीन बेलायती अमेरिकी समाजमा रहेको वर्गीय विभेदलाई पनि कैद गरेको छ। दुर्घटनाको शतवार्शिकिको अवसरमा २०१२मा यो फिल्मको '३डि ' संस्करण पुन वजारमा आएको छ|दुर्घटनामा ज्यान गुमाउनेमा थर्ड क्लास यात्रु बढी थिए। निर्देशक क्यामेरनले फिल्ममार्फत् बढी सहानुभूति तिनै यात्रूप्रति पोखेको पाइन्छ। उनले फिल्मका लागि संगीतकार जेम्स हर्नरलाई आयरल्यान्डको लोकगीतमा आधारित भई गीत कम्पोज गर्न लगाए। थर्ड क्लासमा यात्रा गर्ने धेरैजसो आइरिस नागरिक थिए। टाइटैनिक फिल्म निर्माण का केहि रोचक पक्ष हरू-
१६० दिन सुटिङ टाइटानिक सेटमा मुख्य सुटिङ १९९६ सेप्टेम्बरमा सुरु भई १९९७ मार्चमा सकिएको थियो। १६० दिन लम्बिएको सुटिङ हरेक दिन १२-१४ घन्टा चल्थ्यो। निर्देशक क्यामेरन हरेक हप्ता भिटामिन बि सुई लगाउँदै काम गर्थे। पानीमा धेरै समय डुबेर काम गर्दा केही कलाकारको मिर्गौलामा खराबी आएको थियो। समुन्द्रको चिसो पानीमा यात्रुहरू कठ्यांग्रिएको दृश्य १३ लाख लिटर पानीमा खिचिएको थियो। सुटिङमा पानीको सम्पर्कमा आउने बित्तिकै क्रिस्टल बन्ने विशेष पाउडर प्रयोग गरिएको थियो भने कलाकारका कपाल र लुगामा मैनको पत्र लेपिएको थियो। ज्याक र रोजको समागम दृश्य जहाजभित्र राखिएको कारमा खिचिएको थियो। उक्त कार काल्पनिक थिएन। कारधनी विलियम इ कार्टरले उक्त कार डुबेवापत पछि २५ सय बिमा रकम असुलेका थिए। कार अझै समुन्द्रको पिँधमै छ।
टाइटानिक बजेट फिल्म बनाउन सुरुमा ७ करोड ५० लाख डलर लाग्ने अनुमान थियो। तर, पछि बजेट २० करोड डलर पुग्यो। यो आफ्नो समयको सबैभन्दा महँगो फिल्मको रूपमा चिनियो। सय वर्षअघि सक्कली जहाज बनाउनभन्दा २२ गुणा बढी पैसा खर्च फिल्ममा भएको थियो। फिल्ममा लियोनार्दोले २५ लाख र केट विन्सलेटले १० लाख डलर पारिश्रमिक पाएका थिए। फिल्मलाई थि्रडीमा रूपान्तरण गर्दा १ करोड ८० लाख डलर लागेको थियो।
अकुत आम्दानी 'टाइटानिक' फिल्म ३ घन्टा १४ मिनेट लामो छ। निर्माण कम्पनी पारामाउन्ट पिक्चर्स् र ट्वेन्टिथ सेन्चुरी फक्सले निर्देशक क्यामेरनलाई फिल्मको लम्बाई दुई घन्टामा सीमित गर्न सुझाव दिएका थिए। दैनिक प्रदर्शनी संख्या घट्ने डर थियो निर्मातालाई। तर, क्यामेरनले फिल्म छोट्याएनन्। बरु, फिल्म धेरै हलमा आधा रातमा सुरु भएर बिहान ३ बजेसम्म चलिरहयो। एक अर्ब डलर कारोबार गर्ने पहिलो फिल्मको रेकर्ड यसले राख्यो। यसको कमाइ अहिलेसम्म दुई अर्ब नाघिसकेको छ। सन् १९९७मा फिल्म रिलिज भएदेखि १६ हप्तासम्म बक्सअफिसको पहिलो स्थानमा रहयो। फिल्मको गीति एल्बम अहिलेसम्मकै सर्वाधिक बिक्ने 'फिल्मी गीत' बनेको छ भने यसको निर्माण सम्बन्धी लेखिएको किताब न्युयोर्क टाइम्सको बेस्ट सेलर सूचीको पहिलो नम्बरमा थियो।
मेक्सिकोमा सेट मजदुरको ज्याला सस्तो पर्ने हुनाले 'टाइटानिक' खिच्न क्यालिफोर्नियादेखि नजीकै रहेको मेक्सिकोको सान्ता रोसारितो भन्ने ठाउँको समुद्री किनारमा सेट बनाइएको थियो। फिल्म निर्माण कम्पनी ट्वेन्टिथ सेन्चुरी फक्सले त्यहाँ १ लाख ६२ वर्गमिटर जग्गा किनेको थियो। सेटमा नक्कली टाइटानिक जहाज सक्कली (८८२ फिट)भन्दा १० प्रतिशत सानो ७७५ फिट लामो बनाइएको थियो। १० तल्ला अग्लो सेट बनाउन कम्पनीले २ करोड ४० लाख डलर खर्च गर्यो। नक्कली जहाज एकपट्टिको भाग मात्र बनाइएको थियो। अर्कोपट्टिको भाग जमीनसँग जोडिएको थियो। जहाजको तीनतिर मात्र पानी थियो। जहाज बनाउन प्रयोग गरिएको १६२ फिट अग्लो त्रे्कनबाट पछि फिल्म खिचिएको थियो। क्यामेरा गुडाउन ६०० फिट लामो ट्रयाकको व्यवस्था गरिएको थियो। सेटमा दुइटा 'पोखरी' बनाइएको थियो, एउटा ८०० फिट लामो र ९० फिट गहिरो, ६ करोड ४३ लाख लिटर पानी भएको र अर्को ३० फिट गहिरो, १ करोड ९० लाख लिटर पानीवाला। पानी सिधै समुन्द्रबाट ल्याइन्थ्यो। जहाजमाथि ६५ फिट अग्ला चारवटा चिम्नी ठड्याइएको थियो।
फ्लिप गरिएको दृश्य एकपट्टि मात्र जहाज बनेकोले कतिपय दृश्यलाई स्त्रि्कप्टभन्दा उल्टो (दायाँतिर हिँड्नुपर्ने मान्छेलाई देब्रेतिर हिँड्न लगाई) खिचेर पोस्ट प्रोडक्सनमा फर्काइएको (फ्लिप गरिएको) थियो। जमीनसँग जोडिएकोले जहाज चलायमान थिएन। चिम्नीबाट निस्किएको धुवाँ हावाको गलत दिशाले सोचेभन्दा विपरीत उड्दाखेरि पनि निर्देशकले यो चलाखी देखाएका थिए।
क्यामेरनले बनाए नग्न चित्र केट विन्सलेटको प्रसिद्ध नग्नचित्र निर्देशक क्यामेरन आफैंले बनाएका थिए। फिल्ममा ज्याकले रोजलाई देखाएका विभिन्न चित्रहरू पनि क्यामेरनकै सिर्जना थिए। चित्र बनाउँदाको दृश्य खिच्दा फ्रेममा देखिने हात क्यामेरनकै थियो। त्यो दृश्य सबैभन्दा पहिले खिचिएको थियो। लियोनार्दो र केटले सँगै रिहर्सल गरे पनि खिच्ने बेला अलगअलग अभिनय गरे। क्यानडामा जन्मिएका क्यामेरन सानो छँदा टोरन्टोको म्युजियममा बारम्बार गएर प्राचीन वस्तुहरूको चित्र कोर्थे।
स्पेसल इफेक्ट टाइटानिक जहाजलाई बन्दरगाहबाट बिदा गर्न जम्मा भएको भीड कम्प्युटरबाट बनाइएको थियो। यसको लागि भिजुयल इफेक्ट सुपरभाइजर रब लेगाटोले आफू र आफ्ना परिवारका अनुहारको समेत स्क्यान गरेका थिए। इन्जिनको दृश्य, फस्ट क्लासको इन्टेरियर र जहाजको पिँधमा उर्लिएको पानीको धार कम्प्युटरबाट जोडिएको थियो। जहाज डुबेपछि रेलिङ र पंखामा ठोक्किँदै हाम फाल्ने मान्छेहरू पनि कम्प्युटरमै सिर्जिएको थियो। स्पेसल इफेक्टमा चार करोड डलर खर्च भएको थियो।
हटाइएका दृश्य टाइटानिक डुब्ने बेला केही माइल नजीकै क्यालिफोर्नियन नामक जहाज गइरहेको इतिहासमा उल्लेख छ। जहाजका चालक दलले राति रेडियो बन्द गरेकोले टाइटानिकसँग यसको सम्पर्क हुनसकेन। निर्देशक जेम्स क्यामेरनले त्यो जहाजको प्रसंग फिल्ममा समावेश गरेका थिए। जहाजमा कसैले मार्कोनी रेडियो सेट बन्द गरेको दृश्य खिचिएको थियो। तर, पछि क्यामेरनलाई क्यालिफोर्नियन जहाजको प्रसंगै अनावश्यक लाग्यो र हटाइदिए। जहाजभित्र पानी छिरेपछि रोजसँग हिराको माला खोस्न आउने पात्रलाई ज्याकले कुटेर मृत्त बनाएको दृश्य पहिले थियो। पहिलो आन्तरिक प्रदर्शनीमा केही दर्शकबाट लियोनार्दोलाई त्यो दृश्य नसुहाएको गुनासो सुनेपछि निर्देशक क्यामेरनले काटिदिए। वृद्धा रोजले सबैलाई देखाएर हिराको माला समुन्द्रमा फ्याँक्ने दृश्य पनि निर्देशकले बदले र रोजलाई माला कसैले नदेख्ने गरी फ्याँक्न लगाए।
पानीमुनि अनुसन्धान फिल्मको फाइनल स्त्रि्कप्ट लेख्नुअघि जेम्स क्यामेरनले ३ हजार ७ सय मिटरको गहिराइमा रहेको टाइटानिकको भग्नावशेष १२ पटक अवलोकन गरेका थिए। त्यतिबेला फुटेज संकलन गरिए पनि स्तरीय नभएकोले भग्नावशेष दृश्य सेट लगाएर खिचिएको थियो। जहाजको डिजाइन गर्न डन लिन्च र केन मार्सचालले दिएका सूचनालाई आधार बनाइएको थियो। जीवनभर टाइटानिकको अध्ययन अनुसन्धान गरेका डन पहिलोपटक सेटमा बनेको जहाजमा पुग्दा स्तब्ध भएका थिए। त्यस्तै टाइटानिकका आधिकारिक चित्रहरू बनाएर कहलिएका केनकै चित्रका आधारमा स्पेसल इफेक्ट खिचिएको थियो। फस्ट क्लासमा यात्रा गर्ने अभिजात वर्गका मान्छेको हाउभाउ र बोलीचाली कलाकारलाई सिकाउन विज्ञहरू उपलब्ध थिए। [६]
सन्दर्भ सामग्री [सम्पादन गर्ने]
- ↑ १.० १.१ १.२ "Titanic (1997)", Film & TV Database, British Film Institute
- ↑ Cite error: Invalid
<ref>tag; no text was provided for refs namedGarrett_.282007.29 - ↑ Cite error: Invalid
<ref>tag; no text was provided for refs namedSandler_.26_Studlar_1999 - ↑ Cite error: Invalid
<ref>tag; no text was provided for refs namedWelkos_.281998.29 - ↑ Cite error: Invalid
<ref>tag; no text was provided for refs namedbom - ↑ यसरी बन्यो 'टाइटानिक' फिल्म:दीपेन्द्र लामा