डिएगो म्याराडोना

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
डिएगो म्याराडोना
Diego Maradona cropped.jpg
व्यक्तिगत विवरण
पुरा नाम Diego Armando Maradona
जन्म मिति (१९६০-१০-३০) ३০ अक्टोबर १९६০ (उमेर ५४)
जन्म स्थान Lanús, Argentina
उचाई १.६३ मी (५ फिट ४ इन्च)
खेल्ने स्थान Attacking Midfielder/Second Striker
सिनियर क्लब*
बर्ष क्लबहरु खेल (गोल)
1976–1981
1981–1982
1982–1984
1984–1991
1992–1993
1993–1994
1995–1997
Argentinos Juniors
Boca Juniors
Barcelona
Napoli
Sevilla
Newell's Old Boys
Boca Juniors
167 (115)
Total 490 (311)
राष्ट्रिय टीम
1977–1994 Argentina 91 (34)
Teams managed
1994 Mandiyú de Corrientes
1995 Racing Club
2008– Argentina
* बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) .

डिएगो आर्मैन्डो माराडोना (३० अक्टोबर १९६०मा लानुस, ब्यूनस आयर्स जन्म) अर्जेन्टीनाका एक पूर्व फुटबल खेलाडी र अर्जेन्टीनाका राष्ट्रिय टीम]]का वर्तमान प्रबंधक हुन्.

खेलाडी[सम्पादन गर्ने]

Club performance League Cup Continental Total
Season Club League Apps Goals Apps Goals Apps Goals Apps Goals
Argentina League Cup South America Total
1976 अर्जेंटीनो जूनियर्स प्राइमेरा डिविजन ११ - - ११
1977 ४९ १९ - - ४९ १९
1978 ३५ २५ - - ३५ २५
1979 २७ २६ - - २७ २६
1980 ४५ ४३ - - ४५ ४३
1981 बोका जूनियर्स प्राइमेरा डिविजन ४० २८ - - ४० २८
Spain League Copa del Rey Europe Total
1982–83 बार्सिलोना ला लिगा २० ११ ११ ३५ २३
1983–84 १६ ११ २३ १५
Italy League Coppa Italia Europe Total
1984–85 नापोली सेरिए A ३० १४ - ३६ १७
1985–86 २९ ११ - ३१ १३
1986–87 २९ १० १० ४१ १७
1987–88 २८ १५ ३९ २१
1988–89 २६ १२ १२ ५० १९
1989–90 २८ १६ ३६ १८
1990–91 १८ २५ १०
Spain League Copa del Rey Europe Total
1992–93 सेविला ला लिगा २६ - २९
Argentina League Cup South America Total
1993–94 न्यूएल्स ओल्ड बय्स प्राइमेरा डिविजन - -
1995–96 बोका जूनियर्स प्राइमेरा डिविजन ११ - - ११
1996–97 १३ - - १३
1997–98 - -
Total Argentina २४४ १५० - - २४४ १५०
Spain ६२ २७ १८ ८७ ४६
Italy १८८ ८१ ४५ २९ २५ २५८ ११५
Career total ४९४ २५८ ६३ ३६ ३२ १३ ५८९ ३११

प्रबंधक[सम्पादन गर्ने]

टीम नेट देखि सम्म अभिलेख (रिकर्ड)
G W L D जीत%
मैनडीयू डी कोरिएंटेस अर्जेन्टिना 1994 align=left 12 1 6 5 8.33
रेसिंग क्लब डी अवेलेंडा अर्जेन्टिना 1995 align=left 11 2 6 3 18.18
अर्जेन्टीना अर्जेन्टिना नवंबर 2008 वर्तमान 18 13 5 0 72.22

सम्मान[सम्पादन गर्ने]

क्लब[सम्पादन गर्ने]

देश[सम्पादन गर्ने]


सधैँ चर्चामा र त्यसभन्दा पनि बढी त विवादमा रहनु सायद डिएगो अर्मान्डो म्याराडोनाको विशेषता हो । पहिले खेलाडीका रूपमा उनी चर्चामा छाइरहन्थे, अहिले अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक बनेर चर्चा बटुलिरहेका छन् । त्यसो त बालक छँदैदेखि उनको चर्चा सुरु भएको हो, जतिखेर उनी केवल दस वर्षका थिए। त्यतिबेला म्याराडोनालाई ठूला प्रतियोगिताहरूमा मध्यान्तरका बेला मैदानमा बोलाइन्थ्यो, जहाँ उनी आफ्नो फुटबल सन्तुलन कला देखाएर दर्शकलाई मन्त्रमुग्ध पार्थे। उनले खेलाउन थालेपछि बल कहिले खुट्टामा, कहिले टाउकामा, कहिले घुँडामा, ढाडमा, काँधमा अनि कहिले तिघ्रामा ! बल त खस्नै नपाउने ! पछि गएर, म्याराडोनाको यो बल-सन्तुलन कला स्थानीय एटलान्टा रंगशालामा लामो समयसम्म दर्शकको अनुरोधमा परम्पराजस्तै बन्यो। त्यसैताका दसवर्षे म्याराडोनालाई पहिलोपटक टेलिभिजनले अन्तर्वार्ता लिँदै भविष्यको योजनाबारे सोध्यो। म्याराडोनाले सहज पाराले जवाफ दिँदै भनेका थिए, "राष्ट्रिय टोलीबाट खेल्दै विश्वकप उपाधि जित्नु मेरो कल्पना, सपना र जपना हो ।" नभन्दै २६ वर्षको उमेरमा सन् १९८६मा उनले झन्डै आफू एक्लैको भरमा अर्जेन्टिनालाई विश्वकप उपाधि जिताइछाडे। त्यो विश्वकपलाई 'कोपा म्याराडोना' अर्थात् म्याराडोनाको विश्वकप भन्ने गरएिको छ। चार वर्षपछि उनकै नेतृत्वमा अर्जेन्टिना फेर िएकपटक विश्वकपको फाइनलमा पुग्न सफल भएको थियो। स्पेनको बार्सिलोना क्लबमा उनी सधैँ सम्मानित छन् । अझ, उनी लामो समयसम्म आबद्ध रहेको इटालीको नेपोली क्लब त उनलाई आफ्नो भगवान् नै मान्छ । जीवनमा अनेक उतारचढावहरू आए। तर, उनी जतिबेलासम्म खेले, दिलोज्यानका साथ इमानदारी र समर्पित भावनाले खेले। सन् १९९४मा अमेरकिामा भइरहेको विश्वकपको लिग चरणको खेलका बेला मूत्र- परीक्षणमा प्रतिबन्धित औषधी पाइएको आरोपमा अपमानजनक ढंगले विश्वकपबाट बाहिरएिका म्याराडोना १६ वर्षपछि नयाँ शैली, नयाँ जिम्मेवारी र नयाँ सम्मानसाथ फेर िएकपटक अर्जेन्टिनी टोलीका केन्द्र बनेर विश्वकपमा सहभागी हुँदैछन्। सन् १९८६को क्वार्टरफाइनलमा इङ्ल्याण्डविरुद्ध म्याराडोनाले गरेको दोस्रो गोललाई शताब्दीकै उत्कृष्ट गोल मानिन्छ तर त्यो पहिलो हाते गोल पनि थियो, जसको चाल रेप|mीले पनि पाएनन्। खेलको समाप्तिमा म्याराडोनाको भनाइ थियो, "द ह्यान्ड अफ गड स्कोर्ड द फस्ट गोल...!" अर्थात् 'यो पहिलो गोल ईश्वरको हातले गरेको गोल हो'। फुटबल जगत्मा त्यो क्षण र उनको त्यो भनाइ कहिल्यै कसैले बिर्सन नसक्ने प्रसँग हो, अझ खासगरी बेलायती फुटबल समर्थकहरूले। निःसन्देह, सन् १९८६को मेक्सिको विश्वकप एकल रूपमा अर्जेन्टिनी 'जिनियस' म्याराडोनाको विश्वकप थियो । २२ जून १९८६मा अर्जेन्टिना र इङ्ल्याण्डबीच क्वार्टरफाइनल खेल यस्तो पृष्ठभूमिमा भएको थियो, जुनबेला चार वर्षपहिले ती दुई देशले फकल्याण्ड टापूको स्वामित्वलाई लिएर संहारकारी युद्ध गरेका थिए । सैनिक युद्धभूमिमा पराजित भएको अर्जेन्टिना फुटबलको मैदानमा बदला लिन उत्सुक भएको पृष्ठभूमि थियो त्यसको। अर्जेन्टिनाका कप्तानका रूपमा उनले आफ्नो देशलाई सन् १९९०को इटाली विश्वकप फाइनलसम्म पुर्याए पनि प्रतिद्वन्द्वी पश्चिम जर्मनीविरुद्ध १-०ले पराजित हुनुपरेको थियो। छ वर्षको उमेरदेखि नै फुटबलसित नाता जोडेका म्याराडोना धेरैधेरै जनालाई फुटबल खेलप्रति आकषिर्त गराउने उत्प्रेरक पनि हुन्। उनले अर्जेन्टिनोज जुनियर्स, बोका जुनियर्स, नेपोली, सेभिलाजस्ता क्लबहरूबाट खेले र ती क्लबहरूलाई अभूतपूर्व सफलता दिलाए । खासगरी इटालियन क्लब नेपोलीका लागि त उनी भगवान् नै मानिन्छन् । कुल २७ वर्षको आफ्नो लामो र विवादग्रस्त सक्रिय फुटबल जीवनमा उनले जति सुनाम कमाए, त्यति नै बदनामी पनि पाए। जति आकर्षण कमाए, त्यति नै विकर्षण पनि पाए । उनी विश्वमै सम्भवतः एक मात्र त्यस्ता फुटबल खेलाडी हुन्, जसका जति धेरै प्रशंसक-समर्थकहरू छन्, त्यति नै आलोचकहरू पनि । खासगरी उनको हाते गोल चर्चा, पत्रकारमाथि गोली चलाएको प्रसंग, गाँजा, अफिम, कोकिनसमेतका नशालु पदार्थको दुव्र्यसन र प्रतिबन्ध आदि विवाद र चर्चाहरूले बाँचुन्जेल मात्र होइन, उनको शेषपछि पनि इतिहासका पानाहरूमा उनलाई सधैँ पछ्याइरहने छन्।