ढाँचा:आजको लेख/२०१५-०४-०४

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चन्द्रमामा परेको पृथ्वीको छायाँको चित्र । छायाँको मध्यभागमा गाढा छायाँ (Umbra) रहेको स्थानबाट सूर्य पूर्ण रूपमा छेकिने हुनाले यो स्थानबाट खग्रास चन्द्रग्रहण देखिन्छ भने फिका छायाँ (Penumbra) रहेको स्थानबाट सूर्य आंशिक रूपमा छेकिने हुनाले यो स्थानबाट खण्डग्रास चन्द्रग्रहण देखिन्छ ।

पृथ्वीले सूर्यलाई घुम्ने गति र चन्द्रमाले पृथ्वीलाई घुम्ने गति समान छैन। यही असमानता नै ग्रहण हुने कारण मानिन्छ। गतिको असमानताले गर्दा समयको संयोगले कुनै बखत यी पिण्डहरू एउटै सीधा रेखामा पर्छन्। फलस्वरूप कहिले पृथ्वीको छायाँ चन्द्रमामा र कहिले चन्द्रमाको छायाँ पृथ्वीमा पर्छ। यसरी छायाँ परेको अवस्था नै ग्रहणको अवस्था हो। पृथ्वीको छायाँ चन्द्रमामा पर्दा चन्द्रग्रहण र चन्द्रमाको छायाँ पृथ्वीमा पर्दा सूर्य ग्रहणको स्थिति सिर्जना हुन्छ। (पूरा लेख...)